Skip to main content

सोलुखुम्बुलाई ७५ जिल्लाकै उत्कृष्ठ बनाउनेछु–केसी

सोलुखुम्बुलाई ७५ जिल्लाकै उत्कृष्ठ बनाउनेछु–केसी

बिपीको विचारमा शिक्षा र पिछडिएको क्षेत्रको विषयका विचार गोष्ठीको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा दोस्रो संविधान सभाका सभासद बलबाहदुर केसीले सोलुखुम्बु जिल्लालाई ७५ जिल्ला मध्ये एक नमूना बनाउने उद्घोष गरेका छन् । सोलेखुम्बुमा विकासको प्रचुर सम्भावनाहरू रहेको भन्दै उनले पर्यटन, जलविद्युत, जडीबुटी, कृषि लगायतको विकासलाई अगाडि बढाउने हो भने सोलुखुम्बुको कायापलट हुन सक्ने उक्त विचार गोष्ठीमा आफ्नो भनाई राखे । 
पूर्वीय तीन जिल्ला सोलु, ओखलढुङ्गा र खोटाङ जोड्ने सुनकोसी पुल बनिसकेपछि सोलुखुम्बुमा विकासको ढोका खुल्ने पनि उनले बताए । बिपीको सतवार्षिकीको अवसरमा भएको कार्यक्रममा शिक्षा क्षेत्र नेपालमै व्यवस्थित र गुणस्तरिय नभएको समेत बताए । शिक्षाको विकासको लागि उत्कृष्ट श्रेणीमा पास गरेका विद्यार्थीहरु र प्राध्यापकहरु हुनुपर्ने बताए । शिक्षामा हुनुपर्ने गुण भएको व्यक्तिहरु मन्त्रालयमा विभिन्न सरकारी निकायमा भएकाले गुणस्तरहिन शिक्षा व्यवस्था भएको बताएका छन् । उनले थपे ‘सोलुखुम्बुका अन्य नेताहरुले जातीय र पहिचानका कुरा मात्र उठाउ“छन, सगरमाथाको पहिचान र विकासको कुरामा चुप लाग्छन् ।’ त्यसैले अबदेखि सगरमाथाको पहिचानबाट उठ्ने रोयल्टीले जिल्लामा विकास गर्ने प्रशस्त आधार रहेको केसीले बताए । तर यसको लागि सबै जनाले क्लिएर भएर काम गर्नु पर्ने उनले सुझाव दिए । 
यसैगरी विशेष अतिथि नेवि संघका पूर्व अध्यक्ष तथा दोस्रो संविधान सभामा कांग्रेसबाट सभासद भएका धनराज गुरूङले नेपालको विभिन्न धार्मिक तीर्थस्थलहरु लुम्बिनी, हलेसी, मुक्तिनाथलाई व्यापक रुपमा प्रचार गरी धार्मिक पर्यटकहरु भित्र्याउनु पर्नेमा जोड दिएका थिए । भगवान बुद्ध जन्मेको देश लुम्बिनी क्षेत्रमा एक भव्य र सुविधा सम्पन्न प्रस्तुतिगृहको निर्माण गरे विश्वको विभिन्न बौद्ध देशहरुमा उनीहरुकै भाषामा विज्ञापन गरी प्रचार प्रसार गरेको खण्डमा पर्यटनको ओइरो लागि गुणात्मक आर्थिक विकास हुने सम्भावना रहेको पनि उनले बताए । लुम्बिनीमा जन्मेको बच्चाहरु बुद्ध जस्तै हुने छन् भन्ने रणनीतिमा विज्ञापन गरेको अवस्थामा धेरैको संख्यामा पर्यटकहरु ीभत्रिने उनले दावी गरे । कार्यक्रममा विशेष अतिथि कांग्रेस नेता नागिन्द्र राज जोसी बिपी चिन्तन प्रतिष्ठानका सभापति गणेश बहादुर बस्नेत लगायतले बिपीको बारेमा आ–आफ्नो धारण राखेको थिए । उक्त कार्यक्रम नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको पहलमा सम्पन्न भएको थियो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।