
गत डिसेम्बर महिनामा पहिलोपटक यो भाइरस देखापरेको गिनियामा यस रोगका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३७३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश लाइबेरियामा ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । इबोला भाइरस रोगका कारण नाइजेरियामा पनि दुई जनाले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्र पश्चिम अफ्रिकामा सबैभन्दा बाक्लो जनसंख्या भएको मानिन्छ ।
ईबोला भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन स्थितिको घोषणा गरेको छ ।
के हो ईबोला भाइरस रोग?
विश्व स्वास्थ संगठनले ईबोला भाइरस रोग (इभीडी)लाई ‘एक गम्भिर, प्रायः घातक रोग, जसको मृत्युदर ९० प्रतिशतसम्म रहेको छ’ भनेर ब्याख्या गरेको छ । ईबोला भाइरस रोगलाई ईबोला हेमोरागिक फिभर (इएचएफ) पनि भनिन्छ । यसबाट मानिस तथा जनावर दुवै संक्रमति बन्न सक्छन् । यस भाइरसबाट संक्रमित भएपछि मानिसलाई उच्च ज्वरो आउने, आन्तरिक रक्तश्राव हुनेगर्दछ । यसबाट मानिसलाई हेमोरेजिक ज्वरो आउने गर्दछ र अन्ततः मृत्यु हुने गर्दछ ।
ईबोला पहिलोपटक सन् १९७६ मा दुई पटक सुडान र कंगोमा देखिएको थियो । कंगोकै ईबोला नदी नजिकै रहेको एक गाउँमा यो रोग देखापरेको हुनाले यस भाइरसको नाम ईबोला राखिएको हो ।
‘फिलोभाइराडे’ नामक आरएनए भाइरसको दुई सदस्य मध्ये एक भाइरस, ईबोला हो । यसका चार प्रकारहरु रहेका छन् जसमध्ये तीन मानिसका लागि घातक मानिन्छ – १) ईबोला–आइभोरी कोष्ट २) इबोला सुडान ३) ईबोल–जाइरे । चौथौं ईबोला–रेस्टोन भाइरस भने गोरिल्लालगायतका जनवारमा मात्र पाइएको छ । फलफूल खाने चमेरोलाई ईबोला भाइरसको प्राकृतिक होस्ट मानिन्छ । यस रोगको आधिकारिक उपचारविधि वा भ्याक्सिन बनेको छैन । वैज्ञानिकहरुले अझै ईबोला भाइरसको विस्तृत अध्ययन गर्न पाएका छैनन् । यद्यपि, अहिले विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक औषधी प्रयोग गर्न अनुमति दिएको छ । यो रोगबाट मानिस मात्र नभएर गोरिल्लाहरु पनि खतरामा रहेका छन् । पछिल्लो १५ वर्षमा ईबोलाका कारण संरक्षित क्षेत्रमा रहेका १÷३ गोरिल्लाहरुको मृत्यु भइसकेको छ ।
जैविक–आतंकवादको हतियार ? धेरैले ईबोला भाइरसलाई जैविक आतंकवादको हतियारको रुपमा प्रयोग हुने हो कि भनेर आशंका व्यक्त गरेका छन् । सुंगुरमा देखिएको ईबोलाको एक प्रकार ‘रेस्टोन’ भाइरसले अहिलेसम्म कुनै पनि मानिसलाई असर गरेपनि यो भाइरस फैलिने र म्युटेट हुने राम्रो स्रोत भएको वैज्ञानिकहरु बताउँछन् । यसरी बिस्तारै मानिसलाई असर गर्ने रोगका रुपमा विकासित हुन सक्ने उनीहरुको आशंका रहेको छ । तर, अमेरिकाको जेनेरल एकाउन्टिङ अफिसले भने यस कुराको संभावनालाई नकारेको छ । सन् १९९९ को रिपोर्टका अनुसार यो भाइरस संकलन र प्रशोधन गर्न निकै कठिन, सम्हाल्न असुरक्षित र अस्थिर भएका कारण यसलाई जैविक हतियारका रुपमा विकास गर्न नसकिने उनीहरुको दाबी रहेको छ । यद्यपि, अहिले अमेरिकामा यसलाई प्रयोग गरेर हुन सक्ने जैविक आतंकवादको खतरालाई कसरी न्यूनीकरण गर्ने भनेर ब्रुम फिल्ड ल्याबोरेटरीमा यसबारे अन्वेषण शुरु भइसकेको छ । यसका लागि नेसनल इन्सटिच्युट अफ हेल्थले कोरजेनिक्स मेडिकल कर्पोरेसनलाई २.९ मिलियन डलर उपलब्ध गराइसकेको एबिसी न्युज बताउँछ । ईबोलाको लक्षण ईबोलाको लक्षण अकास्मात रुघा लागेको जसरी शुरु हुन्छ । शरीर थाक्ने, ज्वरो आउने, टाउको दुख्ने, माशंपेशी, हड्डीको जोर्नी र पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । धेरैलाई बान्ता हुने, डाइरिया र खाना नरुच्ने पनि हुनसक्छ । कोहीलाई भने घाँटी सुख्खा हुने, छाती दुख्ने, बाडुली लाग्ने, स्वास प्रश्वासमा गाह्रो हुने र खाना निल्न गाह्रो पनि हुने गर्छ । औसत रुपमा रोगबाट संक्रमित भएपछि पहिलो लक्षण देखापर्न ८ देखि १० दिन लाग्दछ तर यो २ देखि २१ दिनसम्म पनि लाग्ने गरेको पाइएको छ । कसैको छालामा घाउ पनि देखापर्न सक्छ जसलाई म्याकुलोप्यापुलर ¥यास पनि भनिन्छ । शरीरबाट रक्तश्राव हुने चरणमा पुग्नुभन्दा पहिले ईबोला भाइरस रोगको लक्षण मलेरिया, डेंगु र अन्य ज्वरोको लक्षणसँग मिल्छ ।

Comments
Post a Comment