Skip to main content

जानी राखौंः के हो ईबोला भाइरस रोग?

मंगलबार मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यक्तव्यका अनुसार गत फेब्रुवरीबाट पश्चिम अफ्रिकामा फैलिएको ईबोला भाइरस रोग (इभीडी) बाट मर्नेको संख्या १,०१३ पुगिसकेको छ भने यस रोगबाट १,८४८ जना संक्रमित भइसकेका छन् । अगस्त ७ देखि ९ सम्ममा मात्र, ६९ वटा इबोला भाइरसका नयाँ रोगीहरु गिनिया, लाइबेरिया र सेयेरा लियोनमा देखापरेका छन् । यिनीहरुमध्ये ५२ को अवस्था चिन्ताजनक रहेको छ ।
गत डिसेम्बर महिनामा पहिलोपटक यो भाइरस देखापरेको गिनियामा यस रोगका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३७३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश लाइबेरियामा ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । इबोला भाइरस रोगका कारण नाइजेरियामा पनि दुई जनाले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्र पश्चिम अफ्रिकामा सबैभन्दा बाक्लो जनसंख्या भएको मानिन्छ ।
ईबोला भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन स्थितिको घोषणा गरेको छ ।

के हो ईबोला भाइरस रोग?

विश्व स्वास्थ संगठनले ईबोला भाइरस रोग (इभीडी)लाई ‘एक गम्भिर, प्रायः घातक रोग, जसको मृत्युदर ९० प्रतिशतसम्म रहेको छ’ भनेर ब्याख्या गरेको छ । ईबोला भाइरस रोगलाई ईबोला हेमोरागिक फिभर (इएचएफ) पनि भनिन्छ । यसबाट मानिस तथा जनावर दुवै संक्रमति बन्न सक्छन् । यस भाइरसबाट संक्रमित भएपछि मानिसलाई उच्च ज्वरो आउने, आन्तरिक रक्तश्राव हुनेगर्दछ । यसबाट मानिसलाई हेमोरेजिक ज्वरो आउने गर्दछ र अन्ततः मृत्यु हुने गर्दछ ।
ईबोला पहिलोपटक सन् १९७६ मा दुई पटक सुडान र कंगोमा देखिएको थियो । कंगोकै ईबोला नदी नजिकै रहेको एक गाउँमा यो रोग देखापरेको हुनाले यस भाइरसको नाम ईबोला राखिएको हो ।

‘फिलोभाइराडे’ नामक आरएनए भाइरसको दुई सदस्य मध्ये एक भाइरस, ईबोला हो । यसका चार प्रकारहरु रहेका छन् जसमध्ये तीन मानिसका लागि घातक मानिन्छ – १) ईबोला–आइभोरी कोष्ट २) इबोला सुडान ३) ईबोल–जाइरे । चौथौं ईबोला–रेस्टोन भाइरस भने गोरिल्लालगायतका जनवारमा मात्र पाइएको छ । फलफूल खाने चमेरोलाई ईबोला भाइरसको प्राकृतिक होस्ट मानिन्छ । यस रोगको आधिकारिक उपचारविधि वा भ्याक्सिन बनेको छैन । वैज्ञानिकहरुले अझै ईबोला भाइरसको विस्तृत अध्ययन गर्न पाएका छैनन् । यद्यपि, अहिले विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक औषधी प्रयोग गर्न अनुमति दिएको छ । यो रोगबाट मानिस मात्र नभएर गोरिल्लाहरु पनि खतरामा रहेका छन् । पछिल्लो १५ वर्षमा ईबोलाका कारण संरक्षित क्षेत्रमा रहेका १÷३ गोरिल्लाहरुको मृत्यु भइसकेको छ । 


जैविक–आतंकवादको हतियार ? धेरैले ईबोला भाइरसलाई जैविक आतंकवादको हतियारको रुपमा प्रयोग हुने हो कि भनेर आशंका व्यक्त गरेका छन् । सुंगुरमा देखिएको ईबोलाको एक प्रकार ‘रेस्टोन’ भाइरसले अहिलेसम्म कुनै पनि मानिसलाई असर गरेपनि यो भाइरस फैलिने र म्युटेट हुने राम्रो स्रोत भएको वैज्ञानिकहरु बताउँछन् । यसरी बिस्तारै मानिसलाई असर गर्ने रोगका रुपमा विकासित हुन सक्ने उनीहरुको आशंका रहेको छ । तर, अमेरिकाको जेनेरल एकाउन्टिङ अफिसले भने यस कुराको संभावनालाई नकारेको छ । सन् १९९९ को रिपोर्टका अनुसार यो भाइरस संकलन र प्रशोधन गर्न निकै कठिन, सम्हाल्न असुरक्षित र अस्थिर भएका कारण यसलाई जैविक हतियारका रुपमा विकास गर्न नसकिने उनीहरुको दाबी रहेको छ । यद्यपि, अहिले अमेरिकामा यसलाई प्रयोग गरेर हुन सक्ने जैविक आतंकवादको खतरालाई कसरी न्यूनीकरण गर्ने भनेर ब्रुम फिल्ड ल्याबोरेटरीमा यसबारे अन्वेषण शुरु भइसकेको छ । यसका लागि नेसनल इन्सटिच्युट अफ हेल्थले कोरजेनिक्स मेडिकल कर्पोरेसनलाई २.९ मिलियन डलर उपलब्ध गराइसकेको एबिसी न्युज बताउँछ । ईबोलाको लक्षण ईबोलाको लक्षण अकास्मात रुघा लागेको जसरी शुरु हुन्छ । शरीर थाक्ने, ज्वरो आउने, टाउको दुख्ने, माशंपेशी, हड्डीको जोर्नी र पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । धेरैलाई बान्ता हुने, डाइरिया र खाना नरुच्ने पनि हुनसक्छ । कोहीलाई भने घाँटी सुख्खा हुने, छाती दुख्ने, बाडुली लाग्ने, स्वास प्रश्वासमा गाह्रो हुने र खाना निल्न गाह्रो पनि हुने गर्छ । औसत रुपमा रोगबाट संक्रमित भएपछि पहिलो लक्षण देखापर्न ८ देखि १० दिन लाग्दछ तर यो २ देखि २१ दिनसम्म पनि लाग्ने गरेको पाइएको छ । कसैको छालामा घाउ पनि देखापर्न सक्छ जसलाई म्याकुलोप्यापुलर ¥यास पनि भनिन्छ । शरीरबाट रक्तश्राव हुने चरणमा पुग्नुभन्दा पहिले ईबोला भाइरस रोगको लक्षण मलेरिया, डेंगु र अन्य ज्वरोको लक्षणसँग मिल्छ ।

४० देखि ५० प्रतिशत रोगीहरुमा नाक, यौन अंग, मलद्वार, गिजा आदिबाट रक्तश्राव भएको पाइएको छ । यो चरण पहिलो पटक लक्षण देखिएको ५ देखि ७ दिन भित्र देखिने गरिएको छ । आन्तरिक रक्तश्रावको लक्षणको रुपमा आँखा रातो हुने र बान्तामा रगत देखिने हुनसक्छ । त्यस्तै दिसामा पनि रगत देखिनसक्छ । रक्तश्रावको लक्षण देखिनु भनेको यो रोगको अन्तिम चरण मानिन्छ जसबाट मानिसको मृत्यु पनि हुनसक्छ । प्रायः ७ देखि १६ दिन भित्र शरीरका विभिन्न अंगले काम गर्न छाड्छ, जसबाट मानिसको मृत्यु हुने गरेको छ । कसरी सर्छ यो रोग ? ईबोला भाइरस रोग लागेको मानिसको रगत, पसिना र शरीरको अन्य तरल पदार्थको सम्पर्कमा आउँदा यो रोग सर्दछ । यो जनवारबाट सर्ने गरेको पनि पाइएको छ । अफ्रिकामा ईबोला भाइरस रोगबाट ग्रसित चिम्पान्जी, गोरिल्ला, फल खाने चमेरो, बाँदर आदिबाट यो रोग सरेको पाइएको छ ।   मानिस–मानिसबीचको सम्पर्कले यो रोग फैलिरहेको छ । विशेष गरेर ईबोला भाइरस रोग लागेर मरेका व्यक्तिको अन्तिम संस्कारको बेला रोगीको शरीरको सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्ने गरेको पाइएको छ । यही कारणले गर्दा अहिले ईबोलाबाट प्रभावित अफ्रिकाका केही देशहरुमा रोग सर्ने डरले ईबोला भारइस रोगका कारण मृत्यु भएकाहरुको लासलाई दाहसंस्कार गर्न समेत मानिसहरु डराइरहेका छन् । उनीहरुको लास बाटोमा यत्रतत्र छरिएका छन् । यो रोग लागेर ठीक भएका पुरुषहरुको वीर्यबाट पनि यो रोग सर्न सक्छ । रोग लागेर ठीक भए पनि ७ दिनसम्म यौनसम्पर्क नगर्न डाक्टरहरुले बताएका छन् ।   उपचार तथा रोकथाम डाक्टरहरु अझै पनि ईबोला भाइरस रोगका बारेमा रनभुल्ल छन् । यसको उपचार, औषधी वा भ्याक्सिन केही पनि छैन । हालै मात्र विश्व स्वास्थ्य संगठनको बैठकले जेडम्याप नामक प्रयोगात्मक औषधी प्रयोगमा ल्याउने निर्णय गरेको छ । यद्यपि यो औषधी कति प्रभावकारी हुने हो भन्ने हेर्न बाँकी नै छ । यस रोग लागेका मानिसलाई पनि डाक्टरहरुले विशेष हेरचार गर्नुपर्ने हुन्छ जसलाई ब्यारियर नर्सिङ पनि भनिन्छ । यसमा विशेष प्रकारको कपडा जस्तै मास्क, ग्लोब र गाउन र चस्मा लगाउनुपर्छ । ईबोलाका रोगीहरुलाई अन्य मानिसहरुबाट टाडा र विशेष क्षेत्रमा राखिनुपर्छ । छोएरै यो रोग सर्ने हुँदा त्यस्ता रोगीसँग सम्पर्क नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।