फोटो : नवराज तिमल्सिना इन्द्र आचार्य सोलुखुम्बु, लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा यो सिजन पर्यटकहरु टनाटन हुन्थे । खुम्बु क्षेत्रमा त पर्यटकहरु बाक्लै चहलपहल हुन्थ्यो । सोलुखुम्बुका विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा, दृश्यावलोकन गर्ने स्थल सबैजसो ठाउँ यतिबेला विदेशी पर्यटकले खचाखच भएका हुन्थे । तर विश्वकै मानिसहरु एकठाउँ भेला हुँने, विश्वकै मानव अनुहार एकै भेगमा देख्न पाइने विश्वको एकमात्र स्थान सोलुखुब्वु सुनसान बनेको छ । महाविनासकारी भूकम्पले जनधनको क्षती मात्र गरेको छैन, विश्वका मानिसहरुलाई एक्ल्याएको छ, उनीहरु सबैलाई भेला पार्नें सुन्दरता भएको नेपालको सोलुखुम्बुलाई सुनसान बनाएको छ । सोलुखुम्बुका मुख्य पर्यटकीयस्थल गोक्यो, गोक्योरी, चोलापास, कालापत्थर, एभरेस्ट बेस क्याम्पलगायतका स्थानमा यो मौषममा पर्यटकको ओइरो लाग्थ्यो, नाम्चे, खुम्जुङ, गोक्यो लेक, दिङबोचे, फाक्दिङस्थित होटल पर्यटकले टनाटन भरिएका हुन्थे, लुक्ला, फाप्लु, सोलु सल्लेरी र नाम्चेका विमानस्थल र हेलिप्याड छेउछाउको कोलाहाल एकैछिन रोकिदैन थियो । पर्य...