बिक्रम श्रेष्ठ, २८ बैशाख – नेपाली काँग्रेस सोलुखुम्बुका सभाषद बल बहादुर केसीले भुकम्पमा परि ज्यान गुमाउने जिल्लाका १८ परिवारलाई आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
सगरमाथाको आधारशिबिरमा र अन्य स्थानमा गरि सोलुखुम्बुमा १८ जनाले ज्यान गुमाएका थिए । उनीहरुलाई १ लाख ८० हजार रुपैयाँ दिने पत्रकार सम्मेलन गरि जानकारी गराएको हुन् । आज सल्लेरीमा जिल्लाका संचारकर्मीहरु संग कुराकानी गर्दै जिल्लामा ठुलो धनजनको क्षती भएको भन्दै उचित राहत बितरणका लागि सहयोग गर्ने भन्दै निर्बाचन क्षेत्र भुकम्प पिडित तथ्याङ संकलन तथा राहत सहयोग समिति गठन गरेको जानकारी दिएका छन् ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीले सोलुखुम्बु जिल्लालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार संग माग समेत गरे । हाल भुकम्पबाट अत्यन्त क्षतीग्रस्त १ दर्जन भन्दा बढि जिल्लाहरु संकटग्रस्त क्षेत्र घोषणा भए पनि सोलुखुम्बुलाई अझै सम्म संकटग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारसंग संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरे ।
भुकम्पबाट सोलुखुम्बुमा २२ जनाको निधन भएको थियो भने करिब ३ हजार घर पुर्ण रुपमा भत्किएको छ । यस्तै ६ हजार ५ सय २३ घरमा आंशिक क्षती पुगेको छ । तर हाल सम्म यस जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न कसैले प्रभाबकारी पहल गरेको भने छैन । केसीले प्रेस बिज्ञप्ती मार्फत सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घाषणा गर्न आफुले सक्ने पहल गर्ने बताएका छन् ।
भुकम्प गएको १७ दिन बितिसक्दा पनि हाल सम्म क्षतीको यकिन बिबरण नआएको भन्दै स्थानीय प्रशासन गैर जिम्मेवार बन्दा यस्तो परिस्थीति आएको केसीले आरोप लगाएका छन् ।
स्रोतःहिमाल एफ एम
स्रोतःहिमाल एफ एम
Comments
Post a Comment