NOTICE:
काठमाडौँमा कलेज पढने खुम्बुका केहि यूवाहरुको अनुरोध :
खुम्बुमा अहिलेको परिस्थिति :
हिमाली मौसम,वर्षातको समय,एउटा ट्रप्लिंङ्को साहारामा खुल्ला आकाशमुनिको बास त्यसमाथि आज असिना पानी संगै हुरिवातासले गर्दा जनजीवन निकै कष्टकार भएको छ l त्यसैले सहयोगको लागि हार्दिक अपिल l
------------------------------------------
विगतमा :
सामान्यतया खुम्बुमा एक गाउमा तिन चार ओटा भन्दा बढी घर संगै बनाउने चलान छैन l त्यसैले घर निर्माण गर्ने ति तिन चार घरलाई आवस्यक पर्ने सम्पूर्ण ट्रप्लिंङ गाउको छेमिकीहरु संग दुई-तिन पिस दुई तिन पिस गरि करिब नौ दस घर बाटा २ पिसको दरले २० देखि २५ पिस ट्रपलिंङ् लिएरा काम हुन्थ्यो l साथै (रोल्ल सिस्टम) जनशक्ति सहयोग गर्न सबै गाउले कम्तिमा प्रत्येक घर बाटा २ जना ४-५ दिन साथी आउने गरिन्छ l
----------------------------------------
वर्तमानमा :
तर अहिले गाउमा ९५ % को घर संगै निर्माण गर्नु पर्दा, आफ्नो घर निर्माण गर्न आफु संग भएको स्रोत र साधनमाथि सिमित हुनु पर्ने भएको छ lसाथै जनशक्ति नि त्यहि तवरले आफूमै सिमित हुनु पर्ने भएको छ l
----------------------------------------
परिस्थितिको तुलना :
यि ढुई परिस्थितिलाई हेर्दा ,घर निर्माण गर्ने सिमित संख्यामा रहेको कर्मीको मागको तुलनामा निकै काम छ l
---------------------------------------
तपाई हामीले के गर्न सकिन्छ ?
धेरै अध्ययन पछि हामी काठमाडौँमा बसेरा ट्रप्लिंङ् (त्रिपाल) पठाउन सके धेरै राहत मिल्छ जस्तो लाग्यो l अहिले खुम्बुमा ट्रपलिंङ् (त्रिपाल) किन ?
१) आफ्नो परिवार बस्न l
२) घरबाटा बहिरा निकालेको घरायासी सामान छोप्न l
३) घर भत्काउने कर्मी बस्न l
४) भत्काएको काठको सामान जस्तै पलाई,ज्याल,ढोका,खम्बा,काठको दराज आदि छोप्न l
५) घर निर्माण गर्न कर्मी काम गर्ने ठाउँ निर्माण गर्न l
-------------------------------------
तपाईको सहयोगको विवरण दिना तलको लिंक CLICK गर्नुहोस l
------------------------------------
Source : Help Khumbu Networking Team
http://goo.gl/forms/JjKQ9S1Urik
Comments
Post a Comment