शिखरजंग श्रेष्ठ, २६ बैशाख – भुकम्पवाट क्षति भएका सोलुखुम्बुका १५५ वटा विद्यालयमध्ये २९ वटा विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ ।
बैशाख १२ गते आएको विनाशकारी महाभुकम्पले जिल्लामा संचालनमा रहेका १५५ पुर्ण तथा आशिंक क्षति भएका भएका छन् । ति मध्ये २९ वटा विद्यालयमा पठनपाठनमा समस्या देखिएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
पठनपाठनमा भएका समस्या समाधानका लागी त्रिपाल प्रदान गर्ने लगायतका वैकल्पिक उपाय अपनाउने कार्य समेत शुरु गरिएको जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा प्रावि, निमावि, माध्यमिक र उच्चमाविसहित २६७ वटा विद्यालय संचालनमा छन् । क्षति नपुगेका र कम क्षती पुगेका बिद्यालयहरुमा पठनपाठन सुरु गरिएको भए पनि बढि क्षती पुगेको बिद्यालयहरुमा कहिले देखि सुरु गर्ने भन्ने अन्योलता रहेको छ ।
स्रोतःहिमाल एफ एम
Comments
Post a Comment