Skip to main content

गाउँलेले यसरी पहिल्‍याए अमेरिकी हेलिकोप्टर दुर्घटनास्थल

आगो र रातो कपडा चिनो राखेपछि बल्‍ल पहिचान, आठमध्‍ये पाँ शव फेला
काठमाडौं : बिनाशकारी भूकम्प पछि घाईतेको उद्धारका लागि अमेरिकी सरकारले नेपाल पठाएको अमेरिकी सेनाको 'यू एच वान वाई हु वे' हेलिकोप्टर दोलखाका र सिन्धुपाल्चोकको सीमाना कालिन्चोकस्थित घोर्थली जंगलमा भेटिएको छ। स्थानीय वासिन्दाको फोन सम्पर्कले दुर्घटनास्थल पत्ता लागेको हो।

शुक्रबार बिहान सात बजे सिन्धुपाल्चोक घोर्थलीका स्याङबो शेर्पाले ९८१८०३४२२७ नम्बरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा फोन गरेर दुर्घटनास्थलबारे जानकारी गराएका थिए। 

शेर्पाको सुचना अञ्चल प्रहरी कार्यालय बाग्मति हुँदै प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआईजी हेमन्त बहादुर पालसम्म पुगेको थियो। पालले गृह मन्त्रालयको राष्ट्रिय आपत
कालिन उद्धार केन्द्रमा जानकारी गराएपछि शेर्पाले भनेको स्थानमा सेनाको हेलिकोप्टर पठाउने निर्णय भएको हो।

सुरूमा सेनाको हेलिकोप्टर पुगेर दोलखा र सिन्धुपाल्चोकको पुरी गाउँको डाडाको फेदी हुँदै फर्किएपछि शेर्पाको सुचना गलत रहेको निष्कर्षमा पुगिएको थियो।

 शेर्पालाई पुन: फोन गरेर गलत सुचना दिएको भन्ने जानकारी गराएपछि शेर्पाले सेनाको हेलिकोप्टर फेदीफेदी मात्रै उडेको तर दुर्घटना डाँडामा भएको बताएका थिए।

 शेर्पा बस्ने स्थान घोर्थलीबाट दुर्घटनास्थलमा पुग्न चार घण्टा लाग्ने भएपछि उनले आफू हिंडेरै भए पनि उक्त स्थानमा पुग्ने र आगोको धुनी बाली रातो कपडा टाँग्ने बताएपछि पुन: सेनाको हेलिकोप्टर पठाउने निर्णय भएको थियो। 

दोस्रो पटक साढे ११ बजे शेर्पाले आगोको धुनी र रातो कपडा टाँगेको सेनाको हेलिकोप्टर टोलीले देखेपछि ल्याण्ड गरेर हेर्दा शेर्पाको सुचना सत्य सावित भएको थियो।

शेर्पाले दिएजस्तै सुचना प्रहरीलाई बुधबार पनि आएको थियो। स्थानीय घोर्थलीकी बिनु मगरले प्रहरीलाई १०० मा फोन गरेर यसबारे जानकारी गराएकी थिईन्। 'डँडामा ठूलो आवाज आएको छ, हेलिकोप्टर दुर्घटना भएजस्तो छ' भन्दै मगरले जानकारी गराएपछि सेनाको हेलिकोप्टर पठाईएको थियो। 

नेपाली सेना, अमेरीकी र भारतीय हेलिकोप्टर पठाई नभेटिएपछि मगरको सुचना गलत रहेको भन्दै वेवास्ता गरिएको थियो। जमिनमा नभेटेपछी हेलिकोप्टर तामाकोसी नदीमा हराएको आशंकामा समेत सेनाको टोलीले खोजबिन गरेको थियो।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमल सिंह बमले भने,' शुक्रबार विहान भेटिएको अमेरीकी सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टर भेटिएको पहिलो सुचना नेपाल प्रहरीलाई आएको थियो, प्रहरीमा आएको सुचना सेनासँग समन्वय गरेर खोजी गर्दा भेटिएको हो।'

 गत मंगलबार देखि बेपत्ता भनिएको उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी मरिन रहेको नेपाली सेनाले जनाएको छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।