
प्रमुख पर्यटकीय सिजनको यो याममा गएको महा विनाशकारी भूकम्पमा उनीहरु परेको हुनसक्ने आशंका गरिएको छ । भूकम्प गएको एक सातासम्म पनि उनीहरुको अवस्था अज्ञात रहेपछि यस्तो आशंका गरिएको बीबीसीले जनाएको छ ।
नेपालका लागि इयूका राजदूत रेन्से टिर्निकलाई उधृत गर्दै बीबीसीले उनीहरुको अवस्थाबारे सरकारी निकायबाट कुनै जानकारी आउन नसकेको जनाएको छ ।
ट्रेकिङ तथा आरोहणको सिजन भएकोले धेरै पर्यटक हिमाली क्षेत्रमै हराइरहेका छन् । खास गरी सगरमाथाको ट्रेकिङ क्षेत्र र लाङटाङ क्षेत्रमा उनीहरु हराएको हुनसक्ने इयू अधिकारीले बताएका छन् ।
१२ जना युरोपियनहरु अहिलेसम्म मृत अवस्थामा भेटिएका छन् । हराइरहेका युरोपियनहरुको खोजी कार्य प्रभावकारी रुपमा भइरहेको इयूका नेपालस्थित राजदूत रेन्सले दिएका छन् ।
Comments
Post a Comment