Skip to main content

लगातार २ बर्ष आरोहण रद्ध हुनुले आरोहण पेशा नै संकटमा गरेको सरोकारवालाको भना

प्राकृतिक विपत्तीकै कारण लगातार २ बर्ष हिमाल आरोहण रद्ध हुनुले पर्यटन व्यवसायीलाई मात्र घाटा भएको छैन्, समग्र देश नोक्सानमा छ । कुन पक्षलाई कस्तो घाटा परेको छ ?

रेडियो रिपोटको आधारमा ।

गतबर्ष आरोहण रद्धको कारक बन्यो हिमपहिरो र १६ जनाको निहत्थामा ज्यान जानु । यस बर्ष भुकम्पपछिको हिमपहिरो कारक बन्यो, आरोहण रद्धको । यस बर्ष आरोहणका लागी ४२ दलले अनुमति लिएपनि एउटा पनि आरोहण हुन नपाई अघिल्लो बर्षकै अवस्था दोहोरियो ।

यसबर्ष सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणका लागी आरोहण दल सगरमाथा आधारशिविरबाट शिबिर नम्बर १ र २ तर्फ प्रस्थान गरेकै केहि घण्टामा भुकम्प आयो र पुमरी हिमालमा हिँउ पहिरो गयो । सो पहिरोले १८ जना स्वदेशी तथा विदेशी आरोहि तथा सहयोगीको ज्यान लियो ।

यो घटना लगत्तै खाली भएको आधारशिविरमा यहि बर्ष फेरी आरोहण दल नपुग्ने निश्चित भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसिले क्षतिभएका भरयाङ तथा बाटो निर्माण गरी आरोहण संम्भव नभएकाले रद्धको निर्णय गरिसकेको छ ।

एसपिसिसिका महासचिब लाक्पा शेर्पाका अनुसार आरोहण रद्धले भरिया र राज्यले लिने राजस्वमा घाटा नभएपनि आरोहण दलमा सहभागी सहयोगीका साथै विदेशी तथा स्वदेशी आरोहिको हिमाल आरोहण गर्ने सपना टुटुनुका साथै आर्थिक नोक्सान मात्रै भएको छ ।

लगातार २ पटक आरोहण रद्ध हुनुले आरोहण पेशा नै संकटमा परेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाको भनाई छ । उनले आरोहण पर्वतीय क्षेत्रको विकासको मेरुदण्ड भएकाले प्रकोपमा परी दर्जनौ आरोहिहरुको ज्यान जानुले पेशा प्रति नै अबिश्वास पैदा भई धरापमा परेको बताए ।

नोम्याड नेपाल ट्रेक एण्ड एक्पिटिसनका कर्मा शेर्पाले प्रकोपका कारण आरोहण रद्ध हुनुले अन्तराष्ट्रिय समुदायमा नेपाल असुरक्षित भएको सन्देश गएकाले राज्यले पहिलेकै अवस्थामा ल्याउन स्पष्ट खाकाका साथमा अघि बढ्नुपर्ने बताए । उनले आरोहण रद्धले पर्यटन क्षेत्रलाई रोजगारी बनाई जिविकोपार्जन गरिरहेका सयौको गाँस खोसिएको बताए ।

यता पर्यटन मन्त्रालयको पर्यटन महाशाखाका प्रमुख तुलसी गौतमले यस बारेमा अहिले नै आकलन गर्नु हतार हुने बताए । जे होस पर्यटन ब्यबसायीहरुको बुझाइृमा संकटमा परेको आरोहण पेशालाई सक्रिय बनाउन राज्यले विशेष योजना बनाई अघि बढ्नु आवश्यकता बनेको छ । 
यसतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जाओस। 
स्रोतःहिमाल एफ एम

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।