Skip to main content

वेकसुर एक्लियो सोलुखुम्बु : राहतको पोको हैन, पर्यटक आउने वाताबरण बनाऊ ! (फोटो फिचर)

IMG_3199
फोटो : नवराज तिमल्सिना
इन्द्र आचार्य सोलुखुम्बु, लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा यो सिजन पर्यटकहरु टनाटन हुन्थे । खुम्बु क्षेत्रमा त पर्यटकहरु बाक्लै चहलपहल हुन्थ्यो । सोलुखुम्बुका विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा, दृश्यावलोकन गर्ने स्थल सबैजसो ठाउँ यतिबेला विदेशी पर्यटकले खचाखच भएका हुन्थे ।
तर विश्वकै मानिसहरु एकठाउँ भेला हुँने, विश्वकै मानव अनुहार एकै भेगमा देख्न पाइने विश्वको एकमात्र स्थान सोलुखुब्वु सुनसान बनेको छ । महाविनासकारी भूकम्पले जनधनको क्षती मात्र गरेको छैन, विश्वका मानिसहरुलाई एक्ल्याएको छ, उनीहरु सबैलाई भेला पार्नें सुन्दरता भएको नेपालको सोलुखुम्बुलाई सुनसान बनाएको छ । सोलुखुम्बुका मुख्य पर्यटकीयस्थल गोक्यो, गोक्योरी, चोलापास, कालापत्थर, एभरेस्ट बेस क्याम्पलगायतका स्थानमा यो मौषममा पर्यटकको ओइरो लाग्थ्यो, नाम्चे, खुम्जुङ, गोक्यो लेक, दिङबोचे, फाक्दिङस्थित होटल पर्यटकले टनाटन भरिएका हुन्थे, लुक्ला, फाप्लु, सोलु सल्लेरी र नाम्चेका विमानस्थल र हेलिप्याड छेउछाउको कोलाहाल एकैछिन रोकिदैन थियो ।
पर्यटन कार्यालय नाम्चेकी प्रमुख विन्दा आचार्य बताउछिन् यो मौषममा यहाँ आएको मानव सागर देख्दा, यहाँका मानिसले एकैछिन सासपनि फेर्न पाउदैनन् होला जस्तो हुन्थ्यो तर भुकम्प पछि त्यो क्रम ठप्प भएको छ । उनका अनुशार यति सुन्दर विश्वकै केन्द्रविन्दु मानिने सोलुखुम्बुमा भूकम्पको क्षती अत्यन्तै न्युन छ, र जोखिम पनि अति न्युन देखिएको छ । तसर्थ हल्लाका भरमा फर्काइएका विदेशी पाहुँनालाई ढुक्कसँग सोलुखुम्बुमा राख्न सकिन्थ्यो त्यो हुन सकेन ।
IMG_3074
फोटो : नवराज तिमल्सिना
विन्दा भन्छिन् “सोलुखुम्बुमा रहेका पर्यटक फर्काउन आवश्यक नै थिएन, यो त अत्यन्तै सुरक्षित ठाँउ रहेछ, अन्य हिमाली क्षेत्रमा हज्जारौ मानिसको ज्यान लिने गरि मानवीय क्षती भयो तर यहाँ त घर भत्किएकै कारण केवल ४ जनाले मात्र ज्यान गुमाएका छन् ।”
सञ्चार माध्यमले पनि यो स्थान सुरक्षित छ पर्यटक फर्काउन आवश्यक छैन भन्ने सन्देश प्रवाह गर्न भुले र सरकारी निकायले राहत र उद्धारका कार्यमा खटिरहदा पर्यटक राख्ने सन्र्दभमा योजना बनाउन नसक्दा सोलुखुम्बुबाट पर्यटक फर्किनु परेको उनको भनाई छ ।
हुन पनि हो सोलुखुम्बुमा १२ गतेको महाविनाशकारी भूकम्पले घर भत्किएर ४ जना र सगरमाथाको वेशक्याम्पमा हिम पहिरोबाट १४ जना गरि २२ जनाले मात्र ज्यान गुमाएका थिए । पर्यटकीय नगरी बनिसकेका अधिकांश शहर सुरक्षित छन् । सामान्य चर्किन बाहेक केही क्षती भएको छैन । हामि सुरक्षित छौ, यो सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा यस भेगका होटललाई सेवा दिनसमेत धौधौ परिरहेको हुन्थ्यो हल्लाले मात्र सोलुखुम्बुबाट पर्यटकले छोड्दा भूकम्पको भन्दा बढी पिडा भएको छ, होटल व्यवसायीहरू गुनासो गर्छन् ।
IMG_3349
फोटो : नवराज तिमल्सिना
अरु महिना सुनसान, भएपनि यही मौषममा एकैपटक ठूलो संख्यामा आउँदा हाम्रो व्यवसायले फड्को र्माथ्यो, यही मौषममा परेको विपत्तिले हामि दोहोरो मारमा परेका छौ, दिङ्बोचे होटल एन्ड लजका सञ्चालक ग्याल्जे शेर्पाले भने । कतिपय होटल तथा लजहरू पहिले नै ‘बुकिङ’ भएका थिए, धेरै पर्यटकले पहिले नै बुकिङ गरेकाले उनीहरू नेपाल आउन चाहान्थे, तर अहिले आफ्नै देशबाट के भइरहेको छ भनेर सोधिमात्र रहेका हुन्छन् । देशभरी विपत्तिले सक्यो, हामिलाई त विपत्तिको पिडा त छदैछ, पाहुँना आउने सिजन परेकाले हामि काम र खाने माम विहिन हुनै लाग्यौँ गोक्यो रिसोर्टका सञ्चालक सुरेन्द्र शर्माले बताए ।
IMG_3075
विदेशी पर्यटकका गाइड, पर्यटकको भारी बोक्ने चौपायाँ तथा पर्यटक भरियालाई पनि काम छैन । सोलुखुब्वु हेर्दा सबै ठिकै छ, पर्यटक नआएपनि हाम्रो काम खोसिए जस्तै भएको छ दिन कटाउनै हम्मे हम्मे परेको छ, पर्यटक गाईडले गुनासो गरे । विपत्तिमा परेकालाई उद्धार, राहतसँगसँगै सोलुखुम्बुमा पुर्ननिमार्णको काम थालिहाल्नुपर्ने स्थानीय वुद्धिजीविको माग छ । राज्यले अनुगमन गरेर पुननिमार्ण गर्नुपर्ने स्थानलाई तत्काल पुननिमार्ण गर्नुपर्छ र प्राविधिक रुपमा निरीक्षण गरेर सुरक्षित स्थान छुट्याएर पर्यटक आह्वानपनि सरकारी तवरबाटै गरिहाल्नुपर्छ ढिलो गर्ने हो भने सोलुखुम्बुबासी र राज्यलाई दोहोरो मार पर्छ, पर्यटन कार्यालय नाम्चेका प्रमुख विन्दा आचार्यको धारणा छ ।
यो मौषममा पर्यटक नहाउने हो भने सोलुखुम्बु र समग्र देशलाई नै दोहोरो पिडा थपिन्छ, हज्जारौले रोजगारी गुमाउनुपर्छ त्यसैले यता तर्फपनि अहिले नै ध्यान दिनुपर्छ पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पाको भनाई छ ।
फोटो : नवराज तिमल्सिना
म यहाँकी स्थानीय पनि भएकाले यहाँको भरोसा भनेकै पर्यटक हुन् यही क्षेत्रको पर्यटकबाट प्राप्त आम्दानीले राज्यको अर्थतन्त्रलाई पनि टेवा पु¥याएको छ तसर्थ यो क्षेत्रमा पर्यटक आउने बनाउनु राज्यको पहिलो दायीत्व हो शेर्पाको माग छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।