गत बर्ष हिउँ पहिरोले रद्ध भएको आरोहण यस बर्ष भुकम्पका कारण रद्ध भएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) ले जनाएको छ ।
यस बर्ष सगरमाथा, ह्लोत्से, नुप्से लगायतका हिमाल आरोहणका लागी ४२ आरोहण दलले अनुमति लिएपनि भुकम्पपछि पुमारी हिमालमा हिउँपहिरो गएकाले क्याम्प १ र २ पुग्ने भरयाङ र बाटो भत्किएकाले निर्माण गरी आरोहण संम्भव नरहेकाले रद्ध गरिएको एसपिसिसिका महासचिब लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
अहिले आधार शिविर खाली छ । आरोहणको अन्तिम मिति मे अन्तिमसम्म मात्र भएकाले बाटो निर्माण गरि आरोहण सुचारु संभव नदेखिएको हो । आरोहणको संभावना टरेपछि आधार शिविर सरसफाईको तयारी थालेको छ ।
स्रोतःहिमाल एफ एम
Comments
Post a Comment