
महेन्द्रोज्योति उच्च माध्यमिक विद्यालय चौंरीखर्कको भवन भत्किदा विद्यार्थी घाईते भएका हुन् । घाईते हुने विद्यार्थीहरुमा फुर्वायाङजी तामाङ, सुमित्रा शेर्पा र ङिमाडोल्मा तामाङ गम्भिर गाईते भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकाजी थामिले बताए ।
भुकम्पको केन्द्रविन्दु सोलुखुम्बु नजिकै भएर पनि सोलुखुम्बुमा धेरै भौतिक संरचाना ध्वस्त भएका छन् । जिल्लाको अधिकांश क्षेत्रका घरहरु बस्न नसकिने भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको माथिल्लो क्षेत्र अर्थात सगरमाथा क्षेत्रका हिमालबाट ठूला ठूला हिउँका ढिका र ढुंगा खस्दा नाम्चे, खुम्जुङ र चौंरीखर्क गाविसका स्थानीयहरु त्रसित बनेका छन् । झनै दुधकोशी तिरमा बसेका खुम्बुबासीहरु भुकम्प गए लगत्तै सुरक्षित ठाउँमा गएको उनीहरुले बताए ।
नाम्चेबासीहरु खुल्ला चउरमा पाल टागेर बसिरहेका छन् । सिमित मात्र पाल भएकाले पालभित्र बुढाबुढि, बिरामी र बालबच्चाहरुलाई मात्र राखिएको छ । अरु स्थानीयहरु खुल्ला आकाशमै भए पनि रात कटाउने सोचमा रहेको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए ।
Comments
Post a Comment