Skip to main content

भुकम्पले सोलुखुम्बुको ९८ विद्यालय भवनमा क्षति पुग्दा पठनपाठनमा समस्या





गत हप्ता गएको महाभुकम्पले ठूलो धनजनको क्षति भएको छ । विद्यालयमा समेत क्षति पुग्दा शैक्षिक सत्रको शुरुवातमै पठनपाठनमा कठिनाई देखा परेको छ । सोलुखुम्बुमा दर्जनौ भवन भत्किएका छन् भने पुरापुर ९८ वटा विद्यालयमा क्षति पुगेको छ । यो क्षतिसंगै सुरक्षित वातावरणमा अध्ययन अध्यापनका लागी समस्या उत्पन्न भएको हो ।
जलेश्वरी निमावि सल्यानको विद्यालय भवन भत्किएपछि शिक्षक अविभावक अलमलमा परेका छन् । शैक्षिक सत्रको शुरुवातीमै भुकम्पको धक्का र क्षतिले शैक्षिक सत्रकै पठनपाठनमा धक्कमा पुगेको महसुस भएको हो । पठनपाठन सुचारु गर्न उनीहरुले अविभावकको सहयोगमा चित्राले बार्ने मानसिक योजना बुनेको प्रध्यानाध्यापक थिलराज निरौलाले बताए ।

उनीहरु पठनपाठन सुचारु गर्नका लागी पालको खोजिमा छन् । यदि पाल नपाए विकल्प चित्रा नै हो । भवनमा क्षति पुगेपछि न विद्यार्थी सुरक्षित भई अध्ययन गर्न सक्छन्, न अध्यापन गराउनै सकिन्छ ढुक्क संग । शैक्षिक सामाग्रीमा समेत क्षति पुगेपछि चिन्ता थपिएको हो ।

सोलुखुम्बुका ९८ विद्यालयमा भुकम्पले क्षति पुर्याएको मध्ये दर्जनौ विद्यालय पठनपाठनको लागी उपयुक्त छैन् । व्यवस्थापन समिति र स्वयम् प्रध्यानाध्यापक मात्र चिन्ता छैनन् । अविभावक पनि उत्तिकै चिन्तामा थलिएका छन् । बारम्बार महसुस भईरहने भुकम्पका स साना कम्पन र विद्यालयको पुर्वाधारको अवस्था देख्दा सुरक्षाको दृष्टिकोणले पनि अविभावक त्रसित छन् । यो पिडा धेरै अविभावक, शिक्षकको हो । तर, समस्याका बीच पनि पठनपाठन सुचारु गर्ने गार्मा मावि गार्माका प्रअ विनोद तामाङको भनाई छ ।

यता, जिल्लाको शैक्षिक संस्थाहरुमा भएको क्षतिलाई लेखाजोखा गर्दै निकट भविष्यमा पुर्ननिर्माण गर्न तर्फ पहलकदमी शुरु गरेको जिल्ला शिक्षा कार्यलय सोलुखुम्बुले जनाएको छ । जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्काका अनुसार सरकारी तथा गैरसरकारी निकायसंगको समन्वय शुरु भएकाले उनीहरुको सहकार्यमा पुननिर्माण शुरु गरिने छ ।

समस्याका बीच भवन भत्किएको र चर्किएको दृष्य अगाडी राखेर शुरु भएको पठनपाठन र त्रास बाँचेको मनले पठनपाठनमा भाग लिदा सिकाई क्रियाकलाप कति प्रभावकारी होला भन्ने प्रश्न उठेको छ । त्यस कारण अविलम्ब शिक्षाक्षेत्रमा काम गर्ने निकायहरुको पहलकदमीमा निकट भविष्यमा सुरक्षित पठनपाठनको वातावरणको व्यवस्था मिलाईनुपर्छ ।
स्रोतःहिमाल एफएम 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।