Skip to main content

भुकम्पले सोलुखुम्बुको ९८ विद्यालय भवनमा क्षति पुग्दा पठनपाठनमा समस्या





गत हप्ता गएको महाभुकम्पले ठूलो धनजनको क्षति भएको छ । विद्यालयमा समेत क्षति पुग्दा शैक्षिक सत्रको शुरुवातमै पठनपाठनमा कठिनाई देखा परेको छ । सोलुखुम्बुमा दर्जनौ भवन भत्किएका छन् भने पुरापुर ९८ वटा विद्यालयमा क्षति पुगेको छ । यो क्षतिसंगै सुरक्षित वातावरणमा अध्ययन अध्यापनका लागी समस्या उत्पन्न भएको हो ।
जलेश्वरी निमावि सल्यानको विद्यालय भवन भत्किएपछि शिक्षक अविभावक अलमलमा परेका छन् । शैक्षिक सत्रको शुरुवातीमै भुकम्पको धक्का र क्षतिले शैक्षिक सत्रकै पठनपाठनमा धक्कमा पुगेको महसुस भएको हो । पठनपाठन सुचारु गर्न उनीहरुले अविभावकको सहयोगमा चित्राले बार्ने मानसिक योजना बुनेको प्रध्यानाध्यापक थिलराज निरौलाले बताए ।

उनीहरु पठनपाठन सुचारु गर्नका लागी पालको खोजिमा छन् । यदि पाल नपाए विकल्प चित्रा नै हो । भवनमा क्षति पुगेपछि न विद्यार्थी सुरक्षित भई अध्ययन गर्न सक्छन्, न अध्यापन गराउनै सकिन्छ ढुक्क संग । शैक्षिक सामाग्रीमा समेत क्षति पुगेपछि चिन्ता थपिएको हो ।

सोलुखुम्बुका ९८ विद्यालयमा भुकम्पले क्षति पुर्याएको मध्ये दर्जनौ विद्यालय पठनपाठनको लागी उपयुक्त छैन् । व्यवस्थापन समिति र स्वयम् प्रध्यानाध्यापक मात्र चिन्ता छैनन् । अविभावक पनि उत्तिकै चिन्तामा थलिएका छन् । बारम्बार महसुस भईरहने भुकम्पका स साना कम्पन र विद्यालयको पुर्वाधारको अवस्था देख्दा सुरक्षाको दृष्टिकोणले पनि अविभावक त्रसित छन् । यो पिडा धेरै अविभावक, शिक्षकको हो । तर, समस्याका बीच पनि पठनपाठन सुचारु गर्ने गार्मा मावि गार्माका प्रअ विनोद तामाङको भनाई छ ।

यता, जिल्लाको शैक्षिक संस्थाहरुमा भएको क्षतिलाई लेखाजोखा गर्दै निकट भविष्यमा पुर्ननिर्माण गर्न तर्फ पहलकदमी शुरु गरेको जिल्ला शिक्षा कार्यलय सोलुखुम्बुले जनाएको छ । जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्काका अनुसार सरकारी तथा गैरसरकारी निकायसंगको समन्वय शुरु भएकाले उनीहरुको सहकार्यमा पुननिर्माण शुरु गरिने छ ।

समस्याका बीच भवन भत्किएको र चर्किएको दृष्य अगाडी राखेर शुरु भएको पठनपाठन र त्रास बाँचेको मनले पठनपाठनमा भाग लिदा सिकाई क्रियाकलाप कति प्रभावकारी होला भन्ने प्रश्न उठेको छ । त्यस कारण अविलम्ब शिक्षाक्षेत्रमा काम गर्ने निकायहरुको पहलकदमीमा निकट भविष्यमा सुरक्षित पठनपाठनको वातावरणको व्यवस्था मिलाईनुपर्छ ।
स्रोतःहिमाल एफएम 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an