Skip to main content

भूकम्पले संकटमा पर्‍यो पर्यटन व्यवसा

होटेल बुकिङ धमाधम रद्द
काठमाडौं : विनाशकारी भूकम्पको कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको छ। देशको अर्थतन्त्रमा ठूलो योगदान रहेको सेवा क्षेत्रमध्ये सबैभन्दा महत्वपूर्ण क्षेत्र पर्यटनमा विनाशकारी महाभूकम्पको असरले सम्पूर्ण अर्थतन्त्रलाई नै धक्का दिने निश्चित छ।

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सगरमाथा, अन्नपूर्ण आधार शिविर, लाङटाङ, मनास्लु, काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक धरोहरमा भएको क्षतिले पर्यटन क्षेत्रलाई पनि तहसनहस बनाएको छ। प्राकृतिक विपतले होटेलका बुकिङ धमाधम रद्द भएको छ। 

भूकम्पको कारण सगरमाथा आधार शिविर र लाङटाङ गएको हिउँपहिरो र अन्य स्थानमा गरी मंगलबारसम्म विभिन्न ३५ देशका ६६ जना पर्यटकले ज्यान गुमाइसकेका छ। 

अझै एक सय १३ जना पर्यटक हराइरहेकोले विपतकाकारण ज्यान गुमाउने पर्यटकको संख्या एक सय नाघ्ने अनुमान नेपाल पर्यटन बोर्डको छ। भूकम्पकै कारण गएको हिउँपहिरोले यो वर्ष पनि सगरमाथा आरोहण नहुने भएको छ भने लाङटाङमा गएको हिउँपहिरोको कारण लाङटाङ गाउँको पर्यटकीय सौन्दर्य पूर्ण रूपमा हराएको छ। 

भूकम्पले ल्याएको विपतका कारण नयाँ पर्यटक आएका छैनन। भएका पर्यटक पनि सबै फिर्ता गइसकेको होटेल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए।

उनका अनुसार अहिले राजधानीका सीमित होटेलमा उद्धार तथा अन्तर्राष्ट्रिय मिडियाको टोली बसिरहेका छन्। पर्यटक भने सबै फिर्ता गइसकेका छन्। अहिले अफ सिजन भएकोले त्यति ठूलो समस्या नभए पनि अबको पर्यटकीय सिजन सेप्टेम्बर र अक्टोबरका लागि कसरी होटेल व्यवसाय बढाउने भन्ने चिन्ताले सताउँन थालेको शाहको भनाइ छ। 
नेपालमा आएको विपत्तिका कारण अहिले काठमाडौंका होटेलमा विपतको उद्धारका लागि आएका टोली मात्रै छन्। यी टोली पर्यटक होइनन्। यो टोली फर्कन सुरु भइसकेकोले दुई तीन दिनभित्र सबै होटेल नै खाली हुने पनि होटेल संघको भनाइ छ। यो विपतको समयको व्यवस्थापन मिलाउन र पर्यटक भित्र्याउनै समस्या पर्न थालेको पनि संघको भनाइ छ।

देशमा विपत परेको अवस्थामा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र पर्ने स्पष्ट देखिएको शाहले बताए। यसले पर्यटनमा दीर्घकालीन प्रभाव पर्ने देखिएको एभरेस्ट होटेलका महाप्रबन्धक प्रल्हाद कुँवर बताउँछन्।
नेपालको प्रमुख पर्यटकीय क्षेत्र सगरमाथा, अन्नपूर्ण आधार शिविर, लाङटाङ, मनास्लु, काठमाडौं उपत्यकाका एेतिहासिक तथा सांस्कृतिक धरोहरमा भएको क्षतिले पर्यटन क्षेत्रलाई पनि तहसनहस बनाएको छ।
विपत्तिकै कारण पाँचतारे होटेल सोल्टीले गत वैशाख १२ गतेदेखि नयाँ पर्यटकको बुकिङ लिएको छैन भने भएका पर्यटकलाई पनि सुरक्षित रूपमा फिर्ता पठाएको होटेलले जानकारी दिएको छ। होटेलका एक कर्मचारीका अनुसार अब एकदुई दिनमै पर्यटकको बुकिङ लिने भनिए पनि पर्यटक नै नआउने चिन्ताले सताएको छ।

विपतका कारण नयाँ पर्यटक नआउनु र भएका पर्यटक पनि फर्कनुले साना होटेल र लजसमेत प्रभावित भएको रस्टुरेन्ट एन्ड वार एसोसिएन (रेवान)का पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए। उनका अनुसार भत्किएको संरचना बनाएर नयाँ पर्यटकीय वातावरण बनाउन नसके पर्यटन व्यवसाय लामो समयसम्म प्रभावित हुन सक्छ।

भूकम्पले पर्यटनको प्रमुख धरोहर मानिएको काठमाडौं उपत्यकाका ९० प्रतिशत सांस्कृतिक धरोहर ध्वस्त भएका छन्। यी धरोहर पुर्ननिर्माण गर्न र पर्यटकीय गन्तव्यको रूपमा पुन: विकास गर्न निकै चुनौतीपूर्ण देखिएको छ।

पर्यटनलाई नेपालको सांस्कृतिक धरोहर ध्वस्त भएपनि पर्यटक गाइडले यस अघि भएको र अहिले बिग्रिएको संरचनाको बारेमा पर्यटकलाई जानकारी दिन सक्छन।

नेपालमा परेको विपतको बारेमा भएकै संरचना देखाउदाँ पनि पर्यटकले सकारात्मक रूपमा नै हेेर्छन। सबै भौतिक संरचना ध्वस्त नभएको र सबै पर्यटकीय गन्तव्य नसकिएकोले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बरालको बुझाइ छ।

नेपालमा आएको यो विपतले पर्यटन क्षेत्रलाई केही वर्ष पछाडि धकेलेको बुझाइ संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक तथा नेपाल एसोसिएस अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा)का अध्यक्ष डीबी लिम्बुले बताए। उनका अनुसार गत वर्ष आएको करिब आठ लाखको पर्यटक पुन: यो वर्ष पनि भित्र्याउन चुनौती रहेको छ।

नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। 'त्रिभुवन विमानस्थलमा कुनै समस्या नआउँनु नै सबैभन्दा ठूलो खुशिको विषय हो,' लिम्बुले भने। 

कुनै पनि समय हुने प्राकृतिक विपत्ति तथा आवश्यकताको सिद्धान्तलाई ध्यानमा राखेर भए पनि सरकारले तत्कालै अर्को पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जरूरी रहेको पनि लिम्बुले बताए। 

साँच्चै पर्यटलाई बचाउने र पर्यटन क्षेत्रमा भविष्य देख्ने हो भने पर्यटकीय पूर्वाधार र पुननिर्माणमा तत्काल जुट्नुपर्ने उनको सुझाव छ।
-

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।