Skip to main content

सञ्चै छ नाम्चेलाई

सोलुखुम्बु-‘नाम्चे बजार पूरै ध्वस्त भनेर हल्ला चलाइयो, बजारका केही आवायीय घरबाहेक केही भएको छैन,' नाम्चे बजारका आङछिरिङ शेर्पाले वास्तविकता सुनाए।

भूकम्पले तर्सिएर पर्यटकहरु फर्किनु स्वाभाविक भए पनि यहाँका होटल र लजहरु जस्ताको तस्तै छन्। ‘हामी पर्यटकलाई जतिखेर पनि सेवा दिन तयार छौं,' होटेल व्यवसायी शेर्पाले भने। हिमपहिरोले गरेको बाहेक खुम्बु क्षेत्रमा बाहिर हल्ला गरे जस्तो क्षति नभएको उनको भनाइ छ।
सगरमाथाको प्रवेशद्वार नाम्चेले प्रचार गरिएजस्तो क्षति बेहोरेको छैन। केही घर सामान्य चर्किएका छन्। त्यसबाहेक नाम्चे बजारमा ठूलो क्षति भएको छैन। नाम्चेका ग्रामीण भेगमा भने अढाइ सय जति निजी घर पूर्णक्षति र डेढ सय जतिमा आंशिक क्षति भएको छ।
‘बजारका ४ जटा होटल र लज क्षतिग्रस्त छन् अरु सामान्य। नाम्चे बजार पूरै ध्वस्त भनियो तर त्यो वास्तविकता होइन,' नाम्चेका अगुवा आङफिन्जो शेर्पाले नागरिकसँग भने, ‘अहिले पनि यहाँका सबै पर्यटन व्यवसायी पर्यटकको सेवा गर्न तयार छन्, नाम्चेको मुहार जस्ताको तस्तै छ।' 
५३ वटा होटल र लज रहेको नाम्चे बजार विश्वकै आकर्षक पर्यटकीय नगरी हो। सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गएको हिमपहिरोमा नाम्चेका परी २ जनाले ज्यान गुमाएबाहेक यहाँ मानवीय क्षति भएको छैन।
नाम्चे पूरै क्षतिग्रस्त भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमा समाचार आएपछि अवस्था बुझ्न चार दिन पैदल हिँडेर पुग्दा अवस्था पहिलाको जस्तै पाएको खुम्बु क्षेत्रको रिपोर्टिङपछि सदरमुकाम सल्लेरी फर्किएका स्थानीय एफएम रेडियोका पत्रकार विक्रम श्रेष्ठले बताए। ‘आधा दर्जन होटल–लज चर्किएको देख्यौं, तुलनात्मक हिसाबले नाम्चेभन्दा खुम्जुङमा क्षति रहेछ।' चौंरीखर्क गाविसभरि १ सय १५ र खुम्जुङमा ९० वटा सुविधासम्पन्न होटल र लज छन्। खुम्बु क्षेत्रमा महाभूकम्पका कारण होटल र लजभन्दा व्यक्तिगत घरमा बढी क्षति भएको सरकारी तथ्यांकले देखाएको छ। 
खुम्बु क्षेत्रमा यो सिजनमा घुम्न गएका अधिकांश पर्यटक फर्किए पनि फेरि भित्रिनेको संख्या विस्तारै बढेको छ।
सस्तो ब्याजदरमा ऋण दिन माग
खुम्बु क्षेत्रका बासिन्दाले सुलभ ब्याज दरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन माग गरेका छन्। ग्रामीण भेगमा पक्की घर बनाउनेलाई १५ लाख र सहरी क्षेत्रमा २५ लाखसम्म ऋण दिने तयारी भइरहँदा यस क्षेत्रमा पक्की घर बनाउन अन्य क्षेत्रको तुलनामा महँगो हुने भन्दै सहरी क्षेत्रमा जस्तै २५ लाख रुपैयाँ उपलब्ध गराइदिन माग गरिएको हो। नाम्चेका होटल व्यवसायी आङनुरु शेर्पाले एक बोरा सिमेन्टकै ७ हजार तिर्नुपर्ने भएकाले घर बनाउन महँगो पर्ने बताए। घर निर्माण गर्न कच्चा पदार्थ ढुवानी खर्च नै महँगो हुने भएकाले सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन नाम्चेबासीले माग गरेका छन्।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।