Skip to main content

भूकम्पका कारण सोलुखुम्बुका १८ वटा बस्ती उच्च जोखिममा....

भूकम्पका कारण सोलुखुम्बुका १८ वटा बस्ती उच्च जोखिममा....
सोलुुखुम्बु, १४ जेठ – भूकम्पका कारण पहिरोको समेत जोखिम बढेपछि सोलुखुम्बुका विभिन्न १८ वटा बस्ती अन्यत्र सार्नुपर्ने देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार जिल्लाको विभिन्न १५ गाविसमा पर्ने १८ वटा बस्तीका एक हजार ३५७ घरधुरीलाई अन्यत्र सार्नुपर्ने अवस्था भएको हो ।
ती बस्तीमा पहिरोका जोखिम बढेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार जोखिममा रहेका ती बस्तीमा रहेका छ हजार ७३९ जनसङ्ख्यालाई अन्यत्र सार्नुपर्ने अवस्था आएको हो ।
भूकम्पपछि पहिरोको जोखिममा परेका बस्तीमा चाँैरीखर्क–५ को टोकटोक, टाक्सिन्दु–४ र ६ को नुनथला र हवे गाउँ, बासा–६ को घिमिरे गाउँ, वाकु–२ को हाकुला, काकु–९ को लेवा र अम्रास, देउसा–१ को तेम्लाबाया र लुर, पावै–३ को चेमेदु रहेका छन् ।
त्यस्तै बुङ–१ को पात्ले, गुदेल–६ र ७ को चाचालुङ, छेस्काम–१ र ९ को सिमानामा रहेको खाम्हदो, लोखिम–८ को लिखिपे, भकाञ्जे–९ को किञ्जाबजार, गोली–५ को यर्माखु, केरुङ–२ र ३ को लाखोप र खाम्चे तथा नेचाबतासे–७ को अँधेरी गाउँ रहेका छन् ।
यो प्रारम्भिक विवरण भएकाले यस्ता जोखिमपूर्ण बस्तीको सङ्ख्या अझै बढ्न सक्ने जिल्ला दैवी प्रकोप उद्धार समिति सोलुखुम्बुका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।
स्रोतःहाम्रो नेचा राम्रो नेचा

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।