Skip to main content

तपाईको घर बस्न लायक छ कि छैन, कसरी थाहा पाउने?


विज्ञले दिएको फर्मूलाअनुसार आफ्नो घरको सुरक्षा जाँच आफै गर्नुहोस्। हाम्रा पुस्ताले अनुभव गरेको सबैभन्दा ठूलो विपत्तीले हजारौं सर्वसाधारणको ज्यान लियो। प्रभावित जिल्लाका लाखौं परिवार घरबारविहिन भएर आकाशमुनि शरण लिन बाध्य छन्। गाउँ खेतबारी, चौर लगायत फराकिलो ठाउँ पाउन गाह्रो नहुने रहेछ। 

पाल लगायत ओत पाए पनि नपाए पनि उनीहरु सानो सानो समूहमा बसेर विपत्तसँग जुधिरहेका छन्। गाउँका बासिन्दासँग स्याउला, पत्कर लगायतको प्रयोग गरेर छाप्रो सीप पनि हुन्छ। 

काठमाडौं, पाटन, भक्तपुर, किर्तिपुर, लगायत उपत्यकाका नगर क्षेत्रमा जनघनत्व व्यापक छ। खुला आकाशमुनि रात काट्नेहरुको एकै ठाउँमा ठूलो घुइँचो लागेको छ। खुला ठाउँ चौर वा खाली जग्गामा सयौंको संख्यामा बसिरहेका मानिसले पानी, सरसफाई लगायत शौचालयको समस्याको झन् बढी सामना गर्नु परिरहेको छ। 

घर भत्किएर बस्नै नहुने अवस्थामा पुगेका मात्रै खुला ठाउँमा पालमुनि बसिरहेका छैनन्। भुकम्पको कुनै क्षति नपु:याएको र सामान्य असर गरेपनि घर सुरक्षित नै रहेकाहरु पनि आश्रयस्थलमा छन्। आफ्नो घर बस्न लायक रहेकाहरुले घर फर्किन आँट गरे खुला ठाउँ होलो हुन्थ्यो। 

सरकारलाई राहत वितरण गर्न सजिलो हुन्थ्यो। सयौं मानिसको भीडले निम्त्याउन सक्ने कुनै पनि संक्रमण वा जनस्वास्थ्यको सम्भावित जोखि टथ्र्यो। 

ढलान गरेर बनाएको आफ्नो घर वा डेरा बस्न सुरक्षित छ कि छैन भन्ने कसरी थाहा पाउने? तपाईंको अप्राविधिक आँखाले पनि त्यसको परस गर्न सक्छ। त्यसपछि तपाईंले घर फर्कने आँट गर्न सक्नुहुन्छ। 


पिलर सिस्टमको घरको अवस्था यस्तो भयो भने पूरा सुरक्षित 

१. घर ठाडो अर्थात् घन्टीमा हुनुपर्छ। 

२. घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ। 

३. पिलर र बीममा क्रयाक नआएको हुनुपर्छ। 

४. कुनै बरण्डा वा बल्कुनी क्रयाक नभएको हुनुपर्छ । (यसले घरको मजबुतीमा खासै अस गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।) 

५. पार्टेसन गरी चर्किदैमा खतरा हुँदैन। 

(पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ) 

६. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन। 

७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भूइताल वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ। 

८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन। 

९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला। 


वाल वियरिङ घर 

१. घर ठाडो अर्थात् घन्टीमा हुनुप:र्यो। 

२. घरका सुरहरु घन्टीमा हुनुप:र्यो। 

३. गारेमा वारपार वा ठाडो क्रयाक आएको हुनुभएन (उदाहरणको लागि कोठाको उचाई आठ फिट छ। त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरै भाग वारपार चर्किएको भए असुरक्षित हुन्छ) 

४. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन 

५. कुनै वरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन। (यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर वरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।) 

६. पार्टेसन गारो चर्किदै खतरा हुँदैन। (वाल वियरिङ घरमा पनि कतिपय गारोले छेकबारको काम मात्र गरेको हुन्छ। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ।) 

७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भूइँतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ। 

८. घरको पेटी वा पेटीभन्दा बहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन। 

९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूलो झ्यालढोकाबाट जोगिएर बस्नुहोला। 
थापा इन्जिनियर तथा पूर्वसचिव हुन्। थापाको यो लेख सेताेपाटीमा पनि प्रकाशित भएको छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।