Skip to main content

सोलुखुम्बुमा २८ सय घर पुर्ण रुपमा क्षति, ६ हजार घरमा आंशिक क्षति

बैशाख १२ गते गएको महाभुकम्पमा सगरमाथा क्षेत्रमा बाहेक अन्यत्र खासै क्षति नबेहोरेको सोलुखुम्बुमा मंगलबार गएको भुकम्पले धेरै भौतिक क्षति भएको छ । यो समचार तयार पार्दसम्मको तथ्याङ्क अनुसार सोलुखुम्बु भरि २८ सय घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी प्रमुखले जनाएको छ । प्रहरीका अनुसार ६ हजार घरमा आंशिक क्षति भएको छ । 
यस अघिको भुकम्पले चर्किएका घरहरु मगलबारको भुकम्पका कारण भत्किएका छन । प्राप्त खबर अनुसार सबैभन्दा धेरै क्षति सोलुखुम्बुको गोलि गा।वि।स र चौलाखर्क गा।वि।स। मा भएका बताईएको छ । गोलीका स्थानीयबासी तेन्जिङ शेर्पाका अनुसार गोली गा।वि।स। का सबै घरहरु पूर्णरुपमा भत्किएका छन । भुकम्पका कारण गोली गा।वि।स।मा रहेको पुरातात्विक सम्पदाहरु पनि भत्किएका छन । उक्त गा। वि। स। मा रहेको ७ वटा गुम्बा तथा गेप्चु गाउँमा रहेको स्तुपा पनि पुर्णरुपमा क्षति भएको जारकारी दिए । यस गाउँमा पुग्न सदरमुकाम बाट एक दिनको पैदल यात्र गर्नु पर्ने भएकोले हाल सम्म उद्धार टोलि पुग्न सकेको छैन । 
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पनि खुम्बुमा पनि भुकम्पले धेरै क्षति पु¥याएको छ । खुम्बुको नाम्चे, थामे, खुम्जुङ, खुन्दे लयायतका गाउँमा बढि क्षति भएको खबर प्राप्त भएका छ । थामे र खुन्देका अधिकांश घरहरु भत्किएको खबर प्राप्त भएको छ । 
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका अधिकांश वडाहरुमा क्षति पुरयाएको छ । अधिकांश मानिसहरु घरबाहिर बसिरहेका छन । 




Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।