
यस अघिको भुकम्पले चर्किएका घरहरु मगलबारको भुकम्पका कारण भत्किएका छन । प्राप्त खबर अनुसार सबैभन्दा धेरै क्षति सोलुखुम्बुको गोलि गा।वि।स र चौलाखर्क गा।वि।स। मा भएका बताईएको छ । गोलीका स्थानीयबासी तेन्जिङ शेर्पाका अनुसार गोली गा।वि।स। का सबै घरहरु पूर्णरुपमा भत्किएका छन । भुकम्पका कारण गोली गा।वि।स।मा रहेको पुरातात्विक सम्पदाहरु पनि भत्किएका छन । उक्त गा। वि। स। मा रहेको ७ वटा गुम्बा तथा गेप्चु गाउँमा रहेको स्तुपा पनि पुर्णरुपमा क्षति भएको जारकारी दिए । यस गाउँमा पुग्न सदरमुकाम बाट एक दिनको पैदल यात्र गर्नु पर्ने भएकोले हाल सम्म उद्धार टोलि पुग्न सकेको छैन ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका अधिकांश वडाहरुमा क्षति पुरयाएको छ । अधिकांश मानिसहरु घरबाहिर बसिरहेका छन ।
Comments
Post a Comment