Skip to main content

Posts

Showing posts from March, 2015

इमेल र एसएमएस बाट यसरी फैलिरहेको छ हावामा बिख

मोबाइल मार्फत टेक्स्ट म्यासेज पठाउनु, इन्टरनेट मार्फत इमेल पठाउनु, टेलिभिजन हेर्नु वा स्याउ खानु- यी सबै क्रियाकलापको वातावरणीय मूल्य हुन्छ । हाम्रा यावत् गतिविधिले वातावरणमा कार्वन उत्सर्जन गर्न सहयोग गरी प्रत्यक्ष असर पुर्‍याउँछन् जसलाई कार्वन फुटपि्रन्ट पनि भनिन्छ । सन् २०१० मा विश्वमा ४९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको तथ्यांक छ । आउँदो मार्च २८ मा विश्वभरका मानिसहरुले एक घण्टा बत्ती निभाएर अर्थ आवर मनाउने तयारी गरिरहेका छन् । हामीलाई थाहा नहुन सक्छ, हामीले सुरक्षित र स्वस्थ ठानेका कतिपय दैनिक क्रियाकलापले कार्वन डाइअक्साइड सँगै अन्य हानिकारक हरित गृह ग्यास उत्सर्जनमा योगदान गरिरहेका हुन्छन् । हाम्रा कुन क्रियाकलापले कति हरितगृह ग्यास उत्सर्जन गर्छन् त ? १. इमेल र इन्टरनेट चलाउँदा तपाइँले एउटा छोटो इमेल पठाउनु भनेको वातावरणमा ४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो । इमेल पठाउने क्रममा कम्प्युटर, सर्भर तथा राउटर चलाउनका लागि चाहिने उर्जाका साथै ती सबै सामान उत्पादनमा चाहिने उर्जा उत्पादन गर्दा वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यासको हिसाब हो । त्यस्तै ठूलो अट्याचम...

Tourism sector generated 487,000 jobs in 2014: Report

March 26: Nepal's tourism sector is providing 3.5 percent of the total employment in the country, directly providing 487,000 jobs in 2014, according to a research report published by World Travel and Tourism Council (WTTC) and research partner Oxford Economics. The report, however, shows that direct job from travel trade sector is decreasing. In 2012, tourism sector had employed 553,500 people. It went down to 504,000 in 2013. However, WTTC expects that number of jobs to increase by 4 percent to 507,000 in 2015. The report has included jobs provided by hotels and restaurants, travel agents, airlines, passenger transportation services and leisure industries. Bhola Bickram Thapa, managing director of President Group of Companies, said that employment from tourism sector declines with the drop in tourist arrivals. "People working the tourism sector are attracted toward overseas jobs. This has also resulted to decline in number of jobs in the tourism sector," s...

स्मार्टफोनको लत लाग्यो ? यसरी हटाउनुहोस्

आजकल मानिसहरुमा स्मार्टफोनको क्रेज यति धेरै छ कि फोन नचलाई एकछिन पनि बस्न सक्दैनन् । ब्यस्त सडकमा हिड्दै गर्दा, गाडीमा यात्रा गर्दैगर्दा वा कार्यालयमा काममा खटिइरहेका बेलामात्र हैन, ट्वाइलेट बस्दा, खाना खाँदा वा मस्त निद्रालाई ब्रेक दिएर पनि मानिसहरु स्मार्टफोनमै झुण्डिइरहेका हुन्छन् । अर्थात् स्मार्टफोनको प्रयोग एक सिमितको लत अर्थात नशा बन्न थालेको छ । जसले गर्दा उर्वर समय स्मार्टफोनले खाइदिन थालेको छ भने घर परिवार र सम्बन्धहरुमा पनि समस्या ल्याउन थालेको छ । यसले तपाईको खुसी, तपाईको मानसिक बिकाश, शैक्षिक एवं सामाजिक सम्भावनालाई समेत नष्ट गरिरहेको हुनसक्छ । बिभिन्न अध्ययनहरुले दिनमा दुई घण्टाभन्दा धेरै समय स्मार्टफोनमा सक्रिय हुनुलाई नशाको रुपमा ब्याख्या गरेका छन् । स्मार्टफोन यस्तो नशा कसरी घटाउने ? कहिलेकाहीं तपाईलाई लाग्छ होला स्मार्टफोनको नशामा यति धेरै डुबिसकें कि अब छुटकारा पाउनै सक्दिन् । लागूऔषध, मध्यपान र धूमपानको कूलत त हटाउन सकिन्छ भने स्मार्टफोनको लत हटाउन नसकिने कुरै छैन् । मात्र तपाईंले चाहनुपर्छ । यदि तपाईले स्मार्टफोन प्रयोगको दायरा आफैले निर्धारण गर्नुभयो, क...

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने मोरक्ककोको माराकेच सहर परेको छ। दोस्रोमा कम्बोडियाको साएम रिप सहर छ। काठमाडौंले ग्रिसको एथेन्स, हंगेरीको बुडापेस्ट, न्युजिल्यान्डको क्विन्सटाउन, चीनको हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई र अस्ट्रेलियाको सिड्नीलाई सूचीमा पछाडि पारेको छ। ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो। यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर टि्रप एडभाइजरले सूची सार्वजनिक गरेको हो।  ‘ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु खुसीको कुरा हो र हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि पनि हो,' मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले ...

आँखाको ज्योती बचाउने अचुक उपा

शरिरका  सबै अंगहरुमध्ये आँखालाई निकै महत्वपूर्ण मानिन्छ। आँखा तपाईंको त्यो ऐना हो जसले तपाईंलाई संसारको निकै राम्रा कुराहरु देखाउने गर्दछ। संसार नियाल्नका लागि एउटा महत्वपूर्ण अंग भएका कारण यसलाई विशेष रेखदेखको आवश्यक छ। के छन् त आँखालाई बचाउने अचुक उपाएहरु: १- आँखाको व्यायाम: आँखाको व्यायाम गर्नाले आँखाका तन्तुहरु लचिलो हुनुका साथै आँखाको रक्तसंचार पनि राम्रो हुने गर्दछ जसको असर आँखाको ज्योतीमा पर्ने गर्दछ। -कसरी गर्ने आँखाको व्यायाम  एउटा कलम लिनुहोस्, त्यसलाई एउटा हातले टाढाबाट समात्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र कलमलाई बिस्तारै बिस्तारै आफ्नो नाक नजिक लानुहोस् र फेरि टाढा राख्नुहोस्। याद राख्नुहोस्, तपाईंको नजर कलमबाट कतै नजाओस्। यस्तो तपाईंले दिनको १० पटक गर्नुभयो भने यो निकै फाइदाजनक हुन्छ। यसका साथै आँखामा दबाब नपर्ने गरि कुनै पनि वस्तुमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। सबैभन्दा राम्रो तरिका भनेको चन्द्रमामाथि ध्यान केन्द्रित गर्नु हो। यस्तो हरेक दिन पाँच मिनेटसम्म गर्नुहोस्। राम्रो परिणामको लागि आँखाको व्यायाम हरेक दिन गर्नुहोस्।...

मोबाइल हातमा छ की गोजीमा ? पत्ता लगाइ दिनेछ गुगलले

प्रविधि जगतमा आफ्नो अग्रणी स्थान सुरक्षित गरिरहनका लागि इन्टरनेट बादशाह गुगलले विभिन्न नयाँ-नयाँ प्रडक्ट तथा फिचर्सहरु ल्याइरहन्छ । यही सिलसिलामा गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एउटा यस्तो प्रविधि विकाश गर्न गृहकार्य गरिरहेको छ जसले तपाइँको स्मार्टफोन प्रयोगको अनुभवलाई थप आनन्ददायी बनाइदिनेछ । समाचार अनुसार एन्ड्रोइड स्मार्टफोनले अब छिटै तपाइँको स्प र्श अनुभुति गर्न सक्नेछ र सोही बमोजिम आफै लक मोड एडजस्ट गरिदिनेछ । स्मार्टफोनमा हुने एक्सेलरोमिटरका माध्यमबाट उक्त फिचरले स्मार्टफोन हातमा रहेको वा गोजीमा रहेको वा प्रयोगकर्ताको साथमै नरहेको भन्ने कुरा पत्ता लगाउनेछ र सोही बमोजिम फोनलाई लक वा अनलक गर्नेछ । यदि स्मार्टफोनमा तपाइँले एक पटक अनलक गर्नुभयो भने तबसम्म लक हुनेछैन जबसम्म त्यो तपाइँको हात वा गोजीमा हुनेछ । जब तपाइँले फोनलाई आफ्नो हात वा गोजीबाट छुटाएर बाहिर राख्नुहुन्छ वा फोन तपाइँभन्दा टाढा हुन्छ तब यो आफै लक्ड हुनेछ र त्यसरी लक भैसकेको फोन अनलक्ड गर्न चाहेमा हातैले सामान्य झैँ गरी अनलक्ड गर्नुपर्नेछ । एन्ड्रोइडमा हुने नयाँ परिवर्तन तथा विकाशका विषयमा जानकारी दिने वे...

६ महिनासम्म नचलाए सिमकार्ड निष्क्रिय हुने

निरन्तर प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने भएको छ । सिम खरिद गर्ने तर त्यसको प्रयोग नहुने प्रवृत्ति बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो ब्यवस्था सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको गत चैत २ गते बसेको बोर्ड बैठकले निष्क्रिय सिमकार्डलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता भएको भन्दै यस्तो योजना अघि सारेको अभियान दैनिकमा खबर छ । योजनालाई पूर्णरुपमा कार्यान्वनयमा ल्याउन प्राधिकरणले छुट्टै अध्ययन समिति पनि गठन गर्ने भएको छ । प्राधिकरणका कर्मचारी सदस्य रहने सो समितिबाट प्राप्त सुझावका अनधारमा बढीमा ६ महिनाभित्र यो योजना कार्यान्वयनमा ल्याउने तयारी भएको सहप्रवक्ता अच्यूतानन्द मिश्रले जानकारी दिए । दूरसञ्चार सेवा प्रदायकले दावी गर्दै आएको मोबाइल सिम प्रयोगकर्तामध्ये धेरै निष्क्रिय रहेकाले पनि यस्तो योजना अघि सारिएको उनी बताउँछन् । यसरी सिमकार्ड प्रयोग नगर्ने प्रवृतिका कारण ब्यवस्थित नम्बरिङ योजनामा समस्या हुँदा पनि प्राधिकरण यस्तो निर्णयमा पुगेको हो । निष्क्रिय रहेको सिमकार्डमा रहेको रकम भने पछि पनि प्रयोग गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणले अघि सारे...

Notice of National Parks Nepal.

This is to hereby notice that each entry permit for entering protected areas of Nepal subjected to Pay extra 13% vat(Tax) according to Financial Act 20171.

फेसबुकले लगायो यी कुरा राख्न बन्देज

एजेन्सी – विश्वभर लग भग १ अर्ब ३९ करोड (१.३९बिलियन) प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो,फेसबुक । यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन् । त्यसमा के–के पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।’ गत सोमबार फेसबुक कम्पनीले फेसबुकमा केके पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ । समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामाग्री फेसबुकमा राख्न पाइने छैन । यद्यपि,यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कुण्ठित हुन नहुनेमा फेसबुक सचेत रहेको बताइन्छ । फेसबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का ,धर्म र समुदायका छन् । जसले गर्दा पनि फेसबुकमा के गर्न हुने वा नहुने भन्नेमा फेसबुक आफैं द्विविधामा थियो । अब फेसबुक कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन । हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ । त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री पनि राख्न पाइँदैन । कसैलाई गाली बेइज्जती गर्न फेसबुकमा निषेध गरिएको छ । आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सू...

‘विण्डोज १०’ सवैले निःशुल्क प्रयोग गर्न पाउने

माइक्रोसफ्टले केही महिनाभित्रै बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टम सार्वजनिक गर्दै छ । यसअघि माइक्रोसफ्टले नयाँ भर्सन सार्वजनिक गर्दा बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो । तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् । माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर चलाएका किन नहुन् । माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् । बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो । यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो । ‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहर...

आयो ‘स्मार्ट छाता’, अब हराउने चिन्तै छैन

गर्मी होस् वा बर्षात, हरदम छाताको जरुरी पर्छ । तर, छाता बोक्नु जति झण्झटिलो छ त्यति नै धेरै हराउने समस्या पनि । हराउने समस्याकै कारण आजकल बजारमा सस्तो मूल्यका छाता बढि चल्न थालेका छन् । छातासँगै धेरै पैसा नगुमोस् भनेरै मानिसहरु राम्रा र महंगा छाता किन्न डराउँछन् । तर, अहिलेको स्मार्ट दुनियाँमा छाता हराउने समस्याको पनि उपाय निस्किएको छ । हालै अमेरिकाको एक कम्पनीले यस्ता स्मार्ट छाता उत्पादन गर्न थालेको छ जसको सिधा सम्बन्ध तपाईको स्मार्टफोनसँग हुन्छ । यदि तपाईले छाता हराउने अबस्था आयो भने तत्कालै स्मार्टफोनमा नोटिफिकेसन बज्छ- तपाईर्ंले छाता छाड्नुभयो भन्दै । न्यूयोर्कमा रहेको दाभोक कम्पनीले बनाएको यस्तो स्मार्ट छाता ब्लुटुथयुक्त छ । छाता समाप्त्ने पिंधको डण्डीमा एउटा चिप्स राखिएको छ जसले ब्लुटुथसँग कनेक्ट गर्दछ । उदाहरणका लागि यदि तपाई छाताभन्दा ३० मिटर पर पुग्नुभयो तपाईंले छाता छाड्नुभयो भन्दै मोबाइलमा स्वतः म्यासेज आउँछ । त्यसो हुँदा तपाईले छाता छाडेर हिड्ने समस्या स्वतः समाधान हुने कम्पनीको बिश्वास छ । कम्पनीले एन्ड्रोइड र एप्पल स्टोरमा एप पनि उपलब्ध गराएको छ । एपम...

प्याक्टमा १२८ वटा प्रस्तावना सम्भाव्य, सोलुमा करिब ७ करोड लगानी

www.Facebook.com/onlinesolukhumbu सोलुखुम्बु, व्यवसायीक कृषि तथा व्यापार आयोजना मार्फत सोलुखुम्बुमा करिब ७ करोड लगानी हुने भएको छ । आयोजनाले लघुउद्यमको लागी माग गरी परेको १३० वटा प्रस्तावना मध्ये १२८ वटालाई सम्भाव्य छनौट गरेपछि करिब ७ करोड कृषि तथा पशुपालनको क्षेत्रमा लगानी हुने भएको हो । विभिन्न लघु उद्यम अन्तरगत कृषि कार्यलयमा दर्ता भएका ६६ वटा प्रस्तावना मध्ये प्रारम्भिक मुल्यांकनमा शतप्रतिशत पास भएपनि स्थलगत मुल्यांकनमा २ वटा प्रस्तावना अस्विकार भएको वरिष्ठ कृषि विकास अधिकृत हस्त बहादुर विष्टले जानकारी दिनुभयो । हिमाल एफ एम संग कुरा गर्दै विष्टले भोली देखि सम्भाव्य उद्यमी तथा संस्थालाई सम्झौताको लागी आह्रवान गरेको जानकारी दिदै उद्यम संचालन गर्नेलाई मात्र अनुदान प्रदान गरिने स्पष्ट पार्नुभयो । त्यस्तै, जिल्ला पशुसेवा कार्यलयमा दर्ता भएका ६४ वटा मध्ये शतप्रतिशत प्रस्तावना प्रारम्भिक तथा स्थलगत अनुगमनमा पनि पास भएको वरिष्ठ पशुसेवा अधिकृत रामअषिश दासले जानकारी दिनुभयो । उहाँले हिमाल एफ एमसंग कुरा गर्दै सम्झौता गर्न आउदा आफ्नो लगानीको स्रोत खुलाउने कागजात, व्यवस्थापकलाई...

माइक्रोसफ्टले बन्द गर्दैछ इन्टरनेट एक्स्प्लोरर

माइक्रोसफ्ट कम्पनीले आफ्नो बहुचर्चित वेब ब्राउजर इन्टरनेट एक्स्प्लोररलाई प्रतिस्थापन गर्ने निर्णय गरेको छ । एक्स्प्लोरर बन्द हुने हल्ला गएको डिसेम्बर देखि नै चल्दै आएको भएपनि माइक्रोसफ्टले बल्ल आएर आधिकारिक रुपमा यसको पुष्टि गरेको हो । इन्टरनेट एक्स्प्लोररलाई नयाँ वेब ब्राउजरले प्रतिस्थापन गर्नेछ जसलाई माइक्रोसफ्टले कोड नाम ‘प्रोजेक्ट स्मार्टन’ दिएको छ । माइक्रोसफ्टको नयाँ ब्राउजर गुगलको क्रोम जस्तै स्वरुपको हुने विश्वास गरिएको छ जुन विद्यमान इन्टरनेट एक्स्प्लोरर भन्दा निकै तिब्र गतिको हुनेछ । माइक्रोसफ्टका बजार विभाग प्रमुख क्रिस क्यापोसेलाका अनुसार कम्पनीले नयाँ ब्राउजरको नाम जुराउन गृहकार्य गरिरहेको छ र नयाँ अपरेटिङ सिस्टम विन्डोज १० मा सम्भवतः यसलाई देख्न पाइनेछ । माइक्रोसफ्टले यहीँ वर्षमै विन्डोज १० ल्याउँदैछ । दि भर्जमा छापिएको खबर अनुसार माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टममा नयाँ ब्राउजर राख्ने भएपनि इन्टरनेट एक्स्प्लोररलाई पनि निरन्तरता दिनेछ । तर इन्टरनेट चलाउने मुख्य ब्राउजरको रुपमा भने नयाँ आउने ब्राउजर नै रहनेछ । माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोरर ब्राउजरको पछि...

अब याहु मेलको अकाउण्ट खोल्न पासवर्ड नचाहिने

तपाइँलाई आफ्नो याहु अकाउण्टको पासवर्ड सम्झिनुपर्ने आवश्यकता रहनेछैन । किनकी याहुमेलको अकाउण्ट लगइन गर्नका लागि तपाइँलाई पासवर्डको आवश्यकता पर्नेछैन निकट भविष्यमै । पासवर्ड सम्झिनैपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिलाउनका लागि याहुले एक नयाँ अन डिमान्ड पासवर्ड प्रणाली लागु गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो याहु अकाउण्टलाई कुनैपनि बेला व्यक्तिगत रुपमा सिर्जिन युनिक कोड अर्थात् इन्डिभिजुअल्ली जेनेरेटेड युनिक कोडका माध्यमबाट लगइन गर्न सक्नेछन् । यो कोडलाई याहुले प्रयोगकर्ताको मोबाइल फोनमा टेक्स्ट म्यासेज गरेर पठाइदिन्छ । यसले टू फ्याक्टर अथेन्टिकेसन जस्तै गरी काम गर्नेछ । याहाुका प्रमुख सूचना सुरक्षा अधिकृत एलेक्स स्ट्यामोसले आइतबार साउथवेष्ट इन्टर्याक्टिभ फेस्टिवलको अवसरमा यो सेवाको बारेमा जानकारी गराएका थिए । याहुका प्रडक्ट म्यानेजमेन्ट फर कन्जुमर प्लाटर्फमका उपाध्यक्ष डाएलेन केसीका अनुसार पासवर्ड अन्त्य गर्ने दिशामा यो पहिलो कदम हो । आफ्नो याहुमेलमा यो फिचर एक्टिभेट गर्नका लागि सुरुमा आफ्नो खास पासवर्ड राखेरै याहु अकाउण्ट लगइन गर्नुपर्छ । त्यसपछि सेटिंग अप्स...

आप्पाको सपनालाई गुगलको साथ

  अब लुक्ला विमानस्थलदेखि सगरमाथा फेदीस म 'भर्चुअल टुर'  २१ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका 'सुपर शेर्पा' आप्पालाई आफ्नो गाउँठाउँका लागि केही गर्न नसकेको थकथकी लागिरहेको थियो। दुई वर्षअघि उनकै नेतृत्वमा ताप्लेजुङदेखि दार्चुलासम्मको ९९ दिने पैदलयात्राका क्रममा सहयात्रीसँग सगरमाथा क्षेत्रमा के गर्न सकिन्छ भन्नेबारे लामै छलफल भयो। १६ सय किलोमिटर यात्रा सकिने बेला आप्पाले निष्कर्ष निकाले, अब फेरि पनि सोलुखुम्बुका युवाले मेरोजस्तै हिमाल चढ्ने बाध्यात्मक पेसा नअपनाऊन्। यात्रामा सँगै रहेका पत्रकार सौरभ ढकालले सम्झिए, 'त्यसपछि आप्पा शेर्पा फाउन्डेसनको सोच बन्यो, खुम्बु क्षेत्रको विकास सपनाले गुगलसँग जोडियौं।' गाउँघरका कथा 'स्टोरी साइकल' मार्फत विश्वलाई देखाउँदै-सुनाउँदै आएका सौरभ र आप्पाले छलफल गरे, सुन्दर र दुर्लभ सगरमाथा क्षेत्रलाई विश्वबजारमा अझै चिनाउनुपर्छ। उनीहरूको सोचलाई विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले साथ दियो र बन्यो सगरमाथाको भर्चुअल टुर। गुगलसँगको सहकार्यमा स्टोरी साइकल र आप्पा शेर्पा फाउन्डेसनले लुक्ला विमानस्थलदेखि सगरमाथ...

पासवर्ड यसरी राख्नुभयो भने कहिल्यै कसैले थाहा पाउँदैनन्

यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतिको विषय भनेकै सुरक्षा हो । तपाईंको कम्प्युटरको सिस्टम होस् या कुनैपनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मेडिया, अनलाईन बैंकिड्ड, अनलाईन सपिड्ड, महत्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाईटहरु आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । यहि पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साईबर दुर्घटनाहरु हुने गरेका छन् । कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । तर तपाईं हामी कसैले पनि यसको प्रयोगमा विशेष सावधानी अपनाईएको हुंदैन । यहि पासवर्डको असावधानिक प्रयोगले अनाधिकृत व्यक्तिहरुले तपाईंको सिस्टममा प्रवेश गर्ने मौका पाउंदछन । त्यस्ता व्यक्तिहरुले तपाईंको कम्प्युटर भित्र रहेका फाईलहरुमा मात्र अधिकार जमाउने नभई तपाईंका व्यक्तिगत विवरण समेत पत्ता लगाउन सक्षम हुनेछन जसको फलस्वरुप तपाईंलाई गलत रुपमा प्रयोग गरी विविध फाईदा उठाईरहेका हुन्छन । यदि तपाईंले कमजोर पासवर्डको प्रयोग गर्नुभएको छ भने ह्याकरहरुलाई तपाईंको पासवर्ड पत्...

Trek the mountains of Khumbu, Nepal in Google Maps

थाहा छ ? पासवर्ड बिना अरुले खोल्छन् तपाइँको फेसबुक अकाउण्ट

फेसबुक अकाउण्ट लगइन गर्नका लागि पासवर्ड चाहिन्छ । आफ्नो पासवर्ड गोप्य राखेपछि फेसबुक अकाउण्ट सुरक्षित रहन्छ र अरु कसैले खोल्न बिगार्न सक्दैन भनेर तपाइँ ढुक्क हुनुहुन्छ होला । तपाइँ हाम्रो फेसबुक अकाउण्ट कोही कोही मानिसहरुले पासवर्ड बिनै खोल्न सक्छन् भन्ने कुरा सायद थाहा छैन होला । तर हाम्रो फेसबुक अकाउण्ट खोल्नका लागि केही मानिसहरुलाई पासवर्ड नै चाहिँदैन र सिधै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोलेर हेर्न र चाहेको कुरा गर्न सक्छन् । आखिर को होलान् त त्यस्तो शक्तिशाली मानिस जसले पासवर्ड बिनै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोल्न सक्छन् ? अरु कुनै अनधिकृत व्यक्ति वा तेश्रो पक्षलाई त्यस्तो अधिकार हुने कुरै भएन । फेसबुकका केही कर्मचारीहरुले नै यस्तो गर्न सक्छन् । फेसबुकले आफ्नो केही कर्मचारीलाई जो कोही प्रयोगकर्ताको अकाउण्ट पासवर्ड बिनै खोल्ने सुविधा प्रदान गरेको हो । प्रविधि सम्बन्धि वेबसाइट भेन्चरबिटले यस्तो गोप्य तथ्यको खुलासा गरेको हो । फेसबुकका अनुसार पासवर्ड बिनै आफ्ना केही कर्मचारीलाई प्रयोगकर्ताको अकाउण्ट लगइन गर्ने सुविधा प्रदान गरिएको विषय निकै व्यवस्थित, गोप्य तथा सख्त अनुशासित ...

सोलुमा ब्रोण्डब्याण्ड ईन्टरनेटको परीक्षण सफल

सोलुखुम्बु तल्लो क्षेत्रमा पहिलो पटक निजि क्षेत्रको ईन्टरनेट सेवाको परिक्षण सेवा शुरु गरिएको छ । ईभरेष्ट लिंक प्राईभेट लिमिटेड र पिके सञ्चार प्राईभेट लिमिटेडको साझेदारीमा जडान गरिएको ईन्टरनेट सेवाको आज सदरमुकाम सल्लेरीमा पिके संचार प्रालिका संस्थापक कर्मा शेर्पा र ईभरेष्ट लिंकका संस्थापक बुद्धि तामाङले ल्यापटपमा क्लिक गरेर उद्घाटन गर्नु भएको हो । सप्तरिको राजविराजबाट सल्लेरीको सेलगुडी डाँडा हुँदै ताररहित प्रविधिबाट सल्लेरी भित्र्याईएको ब्रोडब्याण्ड ईन्टरनेटको परीक्षण सफल भएको संस्थापक बुद्धि तामाङले बताउनु भयो । दु्रत गतिको ईन्टरनेटको उद्घाटन गर्दै पिके संचार प्रालिका संस्थापक कर्मा शेर्पाले परिक्षण सफल भएसँगै सोलुखुम्बुको सबै गाविसमा चाँडैनै ईन्टरनेट सेवा वितरण गर्ने समेत वताउनु भयो । साथै उहाँले विज्ञान र प्रविधिको युगमा सोलुबासिलाई डोहोर्याउने कम्पनीको लक्ष्यका साथ एभरेष्ट लिंक सँगको साझेदारीमा इन्टरनेट सेवा विस्तार गर्ने समेत बताउनुभयो । ईन्टरनेट विस्तार गरेसँगै सोलुखुम्बुको दुरदराजका नागरिकलाई विश्वसँग जोड्ने विचार ब्यक्त गर्नुभयो ।  एक महिना भित्र सोलुखुम्बुको सदरमुकाम भित...

लसुनको महत्वलाई बुझिराखौँ

लसुनलाई मसलाको रुपमा मात्रै प्रयोग नभइ विभिन्न औषधिका रुपमा पनि प्रयोग हुन्छ। लसुनमा क्यालोरी अत्यन्तै न्यून हुन्छ तर यसमा पोषण चाहिँ पर्याप्त मात्रामा हुन्छ। काबोइहाइड्रेड, चिनी, खाद्य फाइबर, चिल्लो, प्रोटिनलगायतका पोषणहरु लसुनमा पाइने गर्दछन्। यसको प्रयोगबाट हुने अझ धेरै फाइदाहरु:   १) क्यान्सर निरोधक लसुनमा जर्मानियम नाम गरेको तत्व पाइन्छ । यो तत्व क्यान्सर प्रतिरोधी हुन्छ। अन्य कुनै पनि जडीबुटीमा भन्दा बढी यो तत्व लसुनमा नै पाइने भएकाले यस तत्वमा क्यान्सर प्रतिरोधी क्षमता हुने गरेको क्यान्सरको कोष बृद्धि हुन रोक्ने काम गर्दछ।  २)रक्तचाप नियन्त्रण लसुनले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ। उच्च रक्तचापका समस्या भएकाहरुले नियमित रुपमा लसुनको सेवन गर्ने हो भने त्यसले रक्तचाप कम गराउन र सन्तुलनमा ल्याउन मद्दत गर्नेछ । लसुनले रक्तचापलाई घठाउने भन्दा पनि नियन्त्रित गर्ने भएकोले न्यून रक्तचाप भएका रोगीहरुलाई पनि लसुनले फाइदा नै गर्ने गर्छ। ३)नाइट्रिक अक्साइडको उत्पादन लुसुनले रक्तनलीका भित्ताहरुमा नाइट्रिक अक्साइडको उत्पादनलाई बढाइदिन्छ। यो नाइट्रिक अक्साइडले...

दुई महिला पत्रकार सम्मानित

१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोलुखुम्बुका दुई जना महिला पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा सुजता तामाङ र विना थुलुङ छिन् । उनीहरुलाई महिला अधिकारका पक्षमा कलम चलाएको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले सम्मान गरेको हो । सुजता लामो समय देखि सोलु एफ.एम र हाल विविसी नेपाली सेवामा कार्यरत छन् भने दुधकोसी एफएमका लामो समय काम गरेकी विना हाल हिमाल एफ.एममा कार्यरत छिन् । उनीहरुलाई पत्रकार महासंघ जिल्ला सोलुखुम्बुको समन्वयमा सम्मान गरिएको पत्रकार महासंघ सोलुखुम्बुका शाखाका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए । पत्रकारद्धयलाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले प्रमाण पत्र र खादा ओडाएरसम्मान गरेका हुन् । सम्मानपछि महिला अधिकारका पक्षमा कलम चलाउन थप उर्जा मिलेको तामाङले बताइन् । 

आइफोनमा असम्भव १० चीज, जो सामसुङ ग्यालेक्सी ६ मा सम्भव छन्

सामसुङले यसै हप्ता सार्वजनिक गरेको ‘ग्यालेक्सी एस ६’ र ‘ग्यालेक्सी ६ इज’ सुबिधा र डिजाइनका सन्दर्भमा बिल्कुलै नयाँ सुरुवात हो ।  यसअघि सामसुङले नयाँ संस्करणका ग्यालेक्सी सेट ल्याउँदा पुरानै डिजाइनको जगमा केही सुबिधा थपथाप गर्दथ्यो । तर, यसपटक डिजाइन, सुबिधा र प्रयोग गरिने सामाग्री लगायत धेरै पक्षमा बिल्कुलै नयाँ सुरुवात गर्‍यो । यसै पनि ग्यालेक्सीको नयाँ सेरिज र आइफोनको नयाँ सेरिजवीच बजारमा प्रतिस्पर्धा हुने गर्छ । स्मार्टफोन प्रयोगकर्ताले पनि यी दुवै फोनका फिचर तुलना गरेर किन्छन् । आज हामी तपाईंलाई सामसुङको पछिल्लो सेटमा उपलब्ध केही यस्ता फिचरबारे जानकारी दिंदैछौं, जुन प्रतिस्पर्धी आइफोन ६ वा ६ प्लसमा उपलब्ध छैनन् । १. ग्यालेक्सी एस ६ र सिक्स इजमार्फत् तपाईले क्रेडिटकार्ड मार्फत् कुनै पनि स्टोरमा सपिङ गर्न सक्नुहुन्छ । यसका लागि तपाईलाई सामसुङ पे सुबिधा उपलब्ध छ । तर, आइफोन ६ र सिक्स प्लसमा उपलब्ध एप्पल पेमार्फत् तपाईं यस्ता स्टोरमा मात्र किन्न सक्नुहुन्छ जहाँ नियर फिल्ड कम्युनिकेसन सिस्टम उपलब्ध छ । २. सामसुङ ग्यालेक्सीको नयाँ सेरिज फोन तपाईले चार्जर प्लग...

पाइलटले भनेका थिए- "रन-वे देखिनँ, तर आउँदैछु"

काठमाडौ, फाल्गुन २३ - हरेक दिन टर्किस एयरको विमान अवतरण भएपछि काठमाडौं बाँकी उड्डयन संसारसँग जोडिन्छ। टर्किस आएपछि भारत, साउदी अरब, कतारलगायतबाट विमान आउन थाल्छन्। करिब ४० विमानको आउनेजाने क्रम राति साढे १२ बजे हङकङबाट आउने ड्रयागन एयरको उडानमा टुंगिन्छ। तर बुधबार बिहानको साइत राम्रो परेन। युरोपबाट आएको टर्किस विमान धावनमार्गमै दुर्घटनामा पर्‍यो, जसले गर्दा शुक्रबारसम्म करिब ५० हजार यात्रु प्रभावित भएका छन्। विमानस्थल उच्चस्रोतका अनुसार टर्किस विमानले दुर्घटनामा पर्नुअघि बिहान ६ बजे नै काठमाडौं राडरसँग पहिलो सम्पर्क गरेको थियो। विमानले भारतको वाराणसीबाटै पहिलो रिपोर्टिङमा जहाजको उचाइ, गति र अवस्थाबारे काठमाडौं टावरलाई जानकारी गराएको थियो। विमान अत्याधुनिक भूउपग्रहीय सञ्चारयुक्त 'आरएनपी-वान' प्रणालीमा उडिरहेको थियो। त्यो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँचतले टावरमा महिला एयरट्राफिक कन्ट्रोलरको नेतृत्वमा ५ जना ड्युटीमा थिए। विमानले पहिला ८० किलोमिटरभन्दा बाहिरका विमान हेर्ने एरिया कन्ट्रोल टावरलाई 'जी-फाइभ नाइन एट' रुट समातेर आइरहेको बतायो। यो रुट सि...

एमाले सोलुखुम्बका अध्यक्ष आङनिमा माथि हातपात

एमाले सोलुखुम्बुको अध्यक्ष आङनिमा शेर्पा माथि अञ्चल कमिटि सदस्यले हातपात गरेका छन् । अधिवेशनको विषयमा छलफल भैरहँदा अञ्चल कमिटि सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पा माथि हातपात गरेका हुन् । पार्टी कार्यालयमा जिल्लाको दुई नेताबीच हात हालाहाल भएको हिमाल एफएम लेख्छन् । पार्टीको अधिवेशनको बिषयमा सचिवालय कमिटिका सदस्यहरु बीच छलफल भईरहँदा एमाले सगरमाथा अञ्चल कमिटीका निवर्तमान सदस्य बुद्धिकुमार राजभण्डारीले अध्यक्ष आङनिमा लामा माथि एक्कासी हात हालेका हुन् ।  सल्लेरी स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा पार्टीको नवौं महाधिवेशन सकिएको एक बर्ष बित्न लागि सक्दा समेत हुन नसकेको जिल्ला अधिवेशनको मिति तोक्नेबारे छलफल भईरहेको बेला घटना भएको हो  । करीब १ महिना अघि फागुन २३ र २४ गते अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सो समयमा अधिवेशन गर्न आन्तरिक तयारी नपुगेको भन्दै अर्को मितितय गर्न सचिवालयको बैठक बोलाईएको थियो । घटना पश्चात आङनिमा लामाले पत्रकार सम्मेलन गरी आफू माथि राजभण्डारीले नियोजित रुपमा आक्रमण गरेको बताएका छन् । राती पत्रकार सम्मेलन गरि लामाले ४ दिन देखि बैठक र...

मलाईं अमेरिका पुर्‍याउने आरके दलालका नाममा

म अमेरिका हिँडेको छोरो।    चीनको अपार्टमेन्टमा दुई महिना बिताएँ। ती दुई महिनाभर मलाई नेपालस्थित इमिग्रेसनमा ‘व्यापारका लागि चाइना जान लाग्नु भएको रहेछ। ल, गुडलक!’ भन्ने अधिकृतलाई धेरैचोटि सम्झेँ। यी दलालले मलाई चीनको बाटो हुँदै अमेरिका पुर्‍याएका थिए। * * * गाउँमा चिनजानकी एक दिदी थिइन्। उनी यसैगरी अमेरिका पुगेकी थिइन्। हाल उनी अमेरिकाको टेक्सासमा छिन्। उनीसँग एकदिन कुरा हुँदा मलाई अमेरिका जान सहयोग गर्नसक्ने बताइन्। काठमाडौंस्थित एक दलाललाई भेट्ने सल्लाह उनले दिइन्। उनले भने अनुसार काठमाडौँमा ती दलाललाई भेटेँ। पासपोर्टसम्म बनाएको थिइनँ मैले। आरके नामका ती दलालले एक निमेशमै भने- पाँच लाख रुपैयाँ र पासपोर्ट ल्याएर भेट्नू। अमेरिका पुग्ने सपना झन् जागृत भएर आयो। ती दिदीले २२ लाख रुपैयाँसम्म खर्च लाग्नसक्ने बताएकी थिइन्। घरमा मेरा बाआमा र दुई भाइ छन्। सामान्य रेस्टुरेन्ट व्यवसाय थियो। मलाई अमेरिका पठाउने कुराले सबैका मनमा दिन दुईगुना रात चौगुना खुसी थप्दै गयो। हामीले आफूसँग भएको जम्मा पार्दै र सापट गर्दै रकम जुटाउन थाल्यौँ। करिब ६ महिनाको प्रयासपछि रेस्टुरेन्ट बेचियो...