Skip to main content

एमाले सोलुखुम्बका अध्यक्ष आङनिमा माथि हातपात

एमाले सोलुखुम्बुको अध्यक्ष आङनिमा शेर्पा माथि अञ्चल कमिटि सदस्यले हातपात गरेका छन् । अधिवेशनको विषयमा छलफल भैरहँदा अञ्चल कमिटि सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पा माथि हातपात गरेका हुन् । पार्टी कार्यालयमा जिल्लाको दुई नेताबीच हात हालाहाल भएको हिमाल एफएम लेख्छन् । पार्टीको अधिवेशनको बिषयमा सचिवालय कमिटिका सदस्यहरु बीच छलफल भईरहँदा एमाले सगरमाथा अञ्चल कमिटीका निवर्तमान सदस्य बुद्धिकुमार राजभण्डारीले अध्यक्ष आङनिमा लामा माथि एक्कासी हात हालेका हुन् । 
सल्लेरी स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा पार्टीको नवौं महाधिवेशन सकिएको एक बर्ष बित्न लागि सक्दा समेत हुन नसकेको जिल्ला अधिवेशनको मिति तोक्नेबारे छलफल भईरहेको बेला घटना भएको हो  । करीब १ महिना अघि फागुन २३ र २४ गते अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सो समयमा अधिवेशन गर्न आन्तरिक तयारी नपुगेको भन्दै अर्को मितितय गर्न सचिवालयको बैठक बोलाईएको थियो ।
घटना पश्चात आङनिमा लामाले पत्रकार सम्मेलन गरी आफू माथि राजभण्डारीले नियोजित रुपमा आक्रमण गरेको बताएका छन् । राती पत्रकार सम्मेलन गरि लामाले ४ दिन देखि बैठक राख्न खोज्दा पनि विभिन्न बाहाना बनाएर बैठक राख्न नदिएको र सचिवालय कमिटी बैठकमा सदस्य नै नभएका व्यक्ति आएर अनावश्यक बिषयमा तर्क बितर्क गरेको तथा नजिकै बसेका बेला आफूमाथि आक्रमण गरेको दाबी गरे । 
यस्तै, राजभण्डारीलाई सुस्त चेतना भएको व्यक्तिको संज्ञा दिदै विवेक नभएका व्यक्तिहरुले राजनीति गर्दा पार्टीमा खलल पुग्दै गएको आरोप लगाए । जिल्ला पार्टीको इृतिहासमै सबैभन्दा नराम्रो घटना भएको भन्दै लामाले यस प्रकृतिको घटनाले नेता कार्यकर्तामा गम्भीर असर पर्ने बताए । यद्यपी जिल्ला तथा गाउँका नेता कार्यकर्ताहरुलाई यस्तो घटनाबाट कत्तिपनि विचलीत नहुन लामाले आग्रह गरे । घटना पश्चात एक विज्ञप्ती जारी गर्दै उहाँले उक्त घटनाले आफु लगायत पार्टीका जनसंगठन, पार्टी सदस्यहरु,  शेभेच्छुकहरु, शुभचिन्तकहरुलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । साथै सोलुखुम्बुका कार्यकर्तालाई स्वाभिमानी र अनुशासित एमाले निर्माण गर्न एकताबद्ध हुन आग्रह समेत गरेका छन् ।
यही फागुन २३ र २४ गते हुने भनिएको नेकपा एमाले सोलुखुम्बुको जिल्ला अधिवेशन आगामी बैशाख सम्मका लागि सारिएको छ । आन्तरिक तयारी नपुगेको भन्दै २०७२ साल बैशाख २७ र २८ गते गर्ने गरि सारिएको एमाले सचिव डुफकुमार बास्तालाले जानकारी दिए । अधिवेशनका लागि प्रतिनिधि छनौट, प्रतिवेदन तयार गर्ने लगायतका काम पूरा नभएको भन्दै अधिवेशन सार्न लागिएको हो ।
स्रोतःशेर्पाखबर

Comments

  1. झोलेहरुको भिडन्त परेछ
    दुबैले गति छाडेर मरेछ,
    भ्रष्टलाई स्रस्ट ठान्ने
    शासकलाई नेता मान्ने
    अवसरबादी भुस्याहा
    कुकुरहरुलाई के भन्ने?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।