Skip to main content

एमाले सोलुखुम्बका अध्यक्ष आङनिमा माथि हातपात

एमाले सोलुखुम्बुको अध्यक्ष आङनिमा शेर्पा माथि अञ्चल कमिटि सदस्यले हातपात गरेका छन् । अधिवेशनको विषयमा छलफल भैरहँदा अञ्चल कमिटि सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पा माथि हातपात गरेका हुन् । पार्टी कार्यालयमा जिल्लाको दुई नेताबीच हात हालाहाल भएको हिमाल एफएम लेख्छन् । पार्टीको अधिवेशनको बिषयमा सचिवालय कमिटिका सदस्यहरु बीच छलफल भईरहँदा एमाले सगरमाथा अञ्चल कमिटीका निवर्तमान सदस्य बुद्धिकुमार राजभण्डारीले अध्यक्ष आङनिमा लामा माथि एक्कासी हात हालेका हुन् । 
सल्लेरी स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा पार्टीको नवौं महाधिवेशन सकिएको एक बर्ष बित्न लागि सक्दा समेत हुन नसकेको जिल्ला अधिवेशनको मिति तोक्नेबारे छलफल भईरहेको बेला घटना भएको हो  । करीब १ महिना अघि फागुन २३ र २४ गते अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सो समयमा अधिवेशन गर्न आन्तरिक तयारी नपुगेको भन्दै अर्को मितितय गर्न सचिवालयको बैठक बोलाईएको थियो ।
घटना पश्चात आङनिमा लामाले पत्रकार सम्मेलन गरी आफू माथि राजभण्डारीले नियोजित रुपमा आक्रमण गरेको बताएका छन् । राती पत्रकार सम्मेलन गरि लामाले ४ दिन देखि बैठक राख्न खोज्दा पनि विभिन्न बाहाना बनाएर बैठक राख्न नदिएको र सचिवालय कमिटी बैठकमा सदस्य नै नभएका व्यक्ति आएर अनावश्यक बिषयमा तर्क बितर्क गरेको तथा नजिकै बसेका बेला आफूमाथि आक्रमण गरेको दाबी गरे । 
यस्तै, राजभण्डारीलाई सुस्त चेतना भएको व्यक्तिको संज्ञा दिदै विवेक नभएका व्यक्तिहरुले राजनीति गर्दा पार्टीमा खलल पुग्दै गएको आरोप लगाए । जिल्ला पार्टीको इृतिहासमै सबैभन्दा नराम्रो घटना भएको भन्दै लामाले यस प्रकृतिको घटनाले नेता कार्यकर्तामा गम्भीर असर पर्ने बताए । यद्यपी जिल्ला तथा गाउँका नेता कार्यकर्ताहरुलाई यस्तो घटनाबाट कत्तिपनि विचलीत नहुन लामाले आग्रह गरे । घटना पश्चात एक विज्ञप्ती जारी गर्दै उहाँले उक्त घटनाले आफु लगायत पार्टीका जनसंगठन, पार्टी सदस्यहरु,  शेभेच्छुकहरु, शुभचिन्तकहरुलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । साथै सोलुखुम्बुका कार्यकर्तालाई स्वाभिमानी र अनुशासित एमाले निर्माण गर्न एकताबद्ध हुन आग्रह समेत गरेका छन् ।
यही फागुन २३ र २४ गते हुने भनिएको नेकपा एमाले सोलुखुम्बुको जिल्ला अधिवेशन आगामी बैशाख सम्मका लागि सारिएको छ । आन्तरिक तयारी नपुगेको भन्दै २०७२ साल बैशाख २७ र २८ गते गर्ने गरि सारिएको एमाले सचिव डुफकुमार बास्तालाले जानकारी दिए । अधिवेशनका लागि प्रतिनिधि छनौट, प्रतिवेदन तयार गर्ने लगायतका काम पूरा नभएको भन्दै अधिवेशन सार्न लागिएको हो ।
स्रोतःशेर्पाखबर

Comments

  1. झोलेहरुको भिडन्त परेछ
    दुबैले गति छाडेर मरेछ,
    भ्रष्टलाई स्रस्ट ठान्ने
    शासकलाई नेता मान्ने
    अवसरबादी भुस्याहा
    कुकुरहरुलाई के भन्ने?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an