www.Facebook.com/onlinesolukhumbu |
आयोजनाले लघुउद्यमको लागी माग गरी परेको १३० वटा प्रस्तावना मध्ये १२८ वटालाई सम्भाव्य छनौट गरेपछि करिब ७ करोड कृषि तथा पशुपालनको क्षेत्रमा लगानी हुने भएको हो ।
विभिन्न लघु उद्यम अन्तरगत कृषि कार्यलयमा दर्ता भएका ६६ वटा प्रस्तावना मध्ये प्रारम्भिक मुल्यांकनमा शतप्रतिशत पास भएपनि स्थलगत मुल्यांकनमा २ वटा प्रस्तावना अस्विकार भएको वरिष्ठ कृषि विकास अधिकृत हस्त बहादुर विष्टले जानकारी दिनुभयो । हिमाल एफ एम संग कुरा गर्दै विष्टले भोली देखि सम्भाव्य उद्यमी तथा संस्थालाई सम्झौताको लागी आह्रवान गरेको जानकारी दिदै उद्यम संचालन गर्नेलाई मात्र अनुदान प्रदान गरिने स्पष्ट पार्नुभयो ।
त्यस्तै, जिल्ला पशुसेवा कार्यलयमा दर्ता भएका ६४ वटा मध्ये शतप्रतिशत प्रस्तावना प्रारम्भिक तथा स्थलगत अनुगमनमा पनि पास भएको वरिष्ठ पशुसेवा अधिकृत रामअषिश दासले जानकारी दिनुभयो । उहाँले हिमाल एफ एमसंग कुरा गर्दै सम्झौता गर्न आउदा आफ्नो लगानीको स्रोत खुलाउने कागजात, व्यवस्थापकलाईे जिम्मेवारी प्रदान गरिएको कागजात लिएर आउन आग्रह गर्नुभयो । उहाँले सम्झौताका लागी आउनुअघि कार्यलयमा बुझ्न समेत आग्रह गर्नुभयो ।
आयोजना मार्फत कृषि तथा पशुसेवा कार्यलयमा किवि, अलैची, बाख्रा तथा बंगुरपालन लगायतका लघुउद्यम संचालनमा लागी प्रस्तावना दर्ता भएक थिए ।
Comments
Post a Comment