१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोलुखुम्बुका दुई जना महिला पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा सुजता तामाङ र विना थुलुङ छिन् । उनीहरुलाई महिला अधिकारका पक्षमा कलम चलाएको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले सम्मान गरेको हो । सुजता लामो समय देखि सोलु एफ.एम र हाल विविसी नेपाली सेवामा कार्यरत छन् भने दुधकोसी एफएमका लामो समय काम गरेकी विना हाल हिमाल एफ.एममा कार्यरत छिन् । उनीहरुलाई पत्रकार महासंघ जिल्ला सोलुखुम्बुको समन्वयमा सम्मान गरिएको पत्रकार महासंघ सोलुखुम्बुका शाखाका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए । पत्रकारद्धयलाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले प्रमाण पत्र र खादा ओडाएरसम्मान गरेका हुन् । सम्मानपछि महिला अधिकारका पक्षमा कलम चलाउन थप उर्जा मिलेको तामाङले बताइन् ।
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment