Skip to main content

लसुनको महत्वलाई बुझिराखौँ

लसुनलाई मसलाको रुपमा मात्रै प्रयोग नभइ विभिन्न औषधिका रुपमा पनि प्रयोग हुन्छ। लसुनमा क्यालोरी अत्यन्तै न्यून हुन्छ तर यसमा पोषण चाहिँ पर्याप्त मात्रामा हुन्छ। काबोइहाइड्रेड, चिनी, खाद्य फाइबर, चिल्लो, प्रोटिनलगायतका पोषणहरु लसुनमा पाइने गर्दछन्। यसको प्रयोगबाट हुने अझ धेरै फाइदाहरु:  

१) क्यान्सर निरोधक
लसुनमा जर्मानियम नाम गरेको तत्व पाइन्छ । यो तत्व क्यान्सर प्रतिरोधी हुन्छ। अन्य कुनै पनि जडीबुटीमा भन्दा बढी यो तत्व लसुनमा नै पाइने भएकाले यस तत्वमा क्यान्सर प्रतिरोधी क्षमता हुने गरेको क्यान्सरको कोष बृद्धि हुन रोक्ने काम गर्दछ। 

२)रक्तचाप नियन्त्रण
लसुनले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ। उच्च रक्तचापका समस्या भएकाहरुले नियमित रुपमा लसुनको सेवन गर्ने हो भने त्यसले रक्तचाप कम गराउन र सन्तुलनमा ल्याउन मद्दत गर्नेछ । लसुनले रक्तचापलाई घठाउने भन्दा पनि नियन्त्रित गर्ने भएकोले न्यून रक्तचाप भएका रोगीहरुलाई पनि लसुनले फाइदा नै गर्ने गर्छ।

३)नाइट्रिक अक्साइडको उत्पादन
लुसुनले रक्तनलीका भित्ताहरुमा नाइट्रिक अक्साइडको उत्पादनलाई बढाइदिन्छ। यो नाइट्रिक अक्साइडले रक्तनलीलाई आराम पुर्याउने गर्छ।

४)खराब कोलेस्ट्रोल घटाउँछ
आधुनिक जीवन पद्दति र अव्यवस्थित खानपीनका कारण मानिसहरुमा खराब कोलेस्ट्रोल बढ्ने गरेको कुरा आम समस्या भइसकेको छ। विशेषतः यस्ता खराब कोलेस्ट्रोलले हाम्रो मुटुको रक्तनली तथा धमनीहरुलाई अवरुद्ध गरेर मानिसमा हृदयघातको समस्या निम्त्याउने गर्छ। नियमित रुपमा लसुनको सेवन गर्ने हो भने सिरम ट्रिग्लिसेरिड्स एवं एलडीएल कोलेस्ट्रोलको रुपमा चिनिने यस्ता खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । त्यसै गरी, यसले हाम्रा धमनीहरुमा बोसोको पत्रहरु बन्न र जम्न दिँदैन । फलत: लसुनले हृदयघात एवं मस्तिष्कघात हुने खतरा पनि कम गराउँछ। त्यसैगरी, लसुनले रगतमा असल कोलेस्ट्रोलको मात्रा बढाइदिन्छ ।

५) रगतलाई जम्नबाट रोक्छ
लसुन सेवनको अर्को फाइदा भनेको यसले रगतलाई जम्नबाट रोक्छ । विशेष गरेर लसुनको सेवनले रगतमा फाइब्रिनोलाइसिसको प्रक्रिया बढ्न जान्छ, फलत: रगत जमेर थक्काहरु बन्ने र त्यसले रक्तप्रवाहमा गतिरोध ल्याएर घातक असर पार्ने सम्भावना न्यून हुन जान्छ। विशेष गरेर रक्तनलीहरुमा रगत जमेर ह्याम्रेज हुने समस्याबाट लसुनले यसका नियमित सेवनकर्ताहरुलाई बचाउँछ। त्यसैले रगतसम्बन्धी समस्या भएकाहरु, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा बच्चा जन्माउन आँटेका महिलाहरुले सकेसम्म लसुनको सेवन कम गर्नुपर्छ।

६) रगतमा ग्लुकोजको मात्रा नियन्त्रित 
लसुनले रगतमा ग्लुकोजको मात्रा बढ्न दिँदैन। फलतः मधुमेहका रोगीहरुका लागि लसुनको नियमित सेवन एउटा फाइदाजनक उपाय हुन सक्छ।

७) एन्टिबायोटिक
लसुनको नियमित सेवनले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैगरी, पाचन प्रणालीमा बास गर्ने विभिन्न किसिमका जुका एवं कृमीहरुलाई मार्न र निस्कासन गर्न पनि यसले मद्दत गर्छ। लसुन एउटा बहु विशेषता भएको एन्टिबायोटिक पनि हो। अर्थात् विभिन्न किसिमका विषाणहरुलाई मार्नको लागि लसुनको प्रयोग गर्न सकिन्छ। नियमित रुपमा लसुनको सेवन गर्ने हो भने विभिन्न घातक रोगहरुले आक्रमण गर्ने सम्भावना न्यून हुन्छ। 

हाम्रो शरीरमा विभिन्न किसिमका जिवाणुहरु हुन्छन् । तीमध्ये कतिपयले हामीलाई रोगी बनाउँछ भने कतिपय जिवाणुहरुले चाहिँ हामीले खाएको खानेकुरा पचाउनेदेखि लिएर शरीरका हानिकारक तत्वहरु खाइदिने तथा बाहिरी जिवाणुहरुको दुस्प्रभावबाट बचाउने काम समेत गर्दछ। तर हानिकारक जिवाणुको कारण लाग्ने रोग निवारण गर्न हामीले आधुनिक एन्टीबायोटिक औषधीहरुको सेवन गर्दा त्यसले रोगकारक जिवाणुहरु मात्र हैन, हाम्रो शरीरको लागि हितकारी जिवाणुहरुलाई समेत नष्ट गरिदिने गर्छ । तर विभिन्न अध्ययन एवं अनुसन्धानहरुले लसुनले चाहिँ त्यसको ठीक विपरीत काम गर्ने प्रमाणित भइसकेको छ। लसुनमा त्यस्तो एन्टीबायोटिक गुण हुन्छ, जसले हाम्रो शरीरको हितकारी जिवाणुहरुलाई कुनै नोक्सानी गर्दैन, त्यसले रोगकारक जिवाणुहरुलाई मात्र मारिदिने गर्छ।

८) एन्टीफंगल
लसुनमा एन्टीब्याक्टेरियल गुण मात्र हैन, एन्टीफंगल अर्थात् ढुसी प्रतिरोधी गुण पनि हुन्छ। त्यसैले फंगल इन्फेक्सनमा समेत लसुनको सेवन र औषधीको रुपमा प्रयोग गर्दा फाइदा पुग्छ। लसुनको एउटा हितकारी खुबी के पनि हो भने यसमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ। तसर्थ लसुनको नियमित सेवनले हाम्रा कोषहरुमा पैदा हुने विकास निस्कासनमा सहयोग पुरयाउने कोषहरु नष्ट हुन र चाँडै आयु समाप्त हुनबाट पनि बचाउँछ । साथै यसले अल्जिमर र मतिभ्रम हुने रोगमा पनि फाइदा गर्छ।

९)एलर्जी हटाउने
लसुनमा एलर्जी हटाउने क्षमता पनि हुन्छ। रुघाखोकी लाग्दा, घाँटी दुख्दा लसुनको सेवन गर्ने हो भने त्यसले निक्कै फाइदा पुग्छ।

१०)कलेजो स्वस्थ
लसुनले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले कलेजोमा पाचन रसहरुको उत्पादन हुन सहयोग गर्छ र कलेजोमा बोसो जम्ने समस्या पनि पैदा हुन दिँदैन।

११) तौल नियन्त्रण
लसुनले गर्ने अर्को फाइदा भनेको तौल बढ्न नदिने पनि हो।  अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित एक रिपोर्ट अनुसार, जनावरहरुमाथि गरिएको एक अध्ययनमा लसुनमा पाइने मुख्य तत्व एल्लिसिनले तौल बढ्न नदिने कुरा पुष्टि भएको छ।

१२) हड्डी बलियो बनाउँछ
लसुनको सेवनले पोथीहरुमा एस्ट्रोजिनको उत्पादन बढेर हड्डी खिइने समस्या कम भएको देखिएको छ। उता महिनावारी रोकिएका महिलाहरुमाथि गरिएको अध्ययनमा पनि २ ग्राम बराबर लसुनको नियमित सेवन गर्दा एस्ट्रोजिनको कमी हुने समस्यामा फाइदा पुगेको देखिएको थियो । यस आधारमा लसुनको सेवनले महिलाहरुको हड्डी स्वस्थ रहने आँकलन गरिएको छ।

लसुनको प्रयोग:  लसुनलाई कहिल्यै पनि माइक्रोवेभ ओभनमा पकाउनु हुँदैन। त्यसो गर्दा लसुनको फाइदाजनक तत्वहरु नष्ट भएर जान्छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an