Skip to main content

आँखाको ज्योती बचाउने अचुक उपा

शरिरका  सबै अंगहरुमध्ये आँखालाई निकै महत्वपूर्ण मानिन्छ। आँखा तपाईंको त्यो ऐना हो जसले तपाईंलाई संसारको निकै राम्रा कुराहरु देखाउने गर्दछ। संसार नियाल्नका लागि एउटा महत्वपूर्ण अंग भएका कारण यसलाई विशेष रेखदेखको आवश्यक छ। के छन् त आँखालाई बचाउने अचुक उपाएहरु:


१- आँखाको व्यायाम:
आँखाको व्यायाम गर्नाले आँखाका तन्तुहरु लचिलो हुनुका साथै आँखाको रक्तसंचार पनि राम्रो हुने गर्दछ जसको असर आँखाको ज्योतीमा पर्ने गर्दछ।

-कसरी गर्ने आँखाको व्यायाम 
एउटा कलम लिनुहोस्, त्यसलाई एउटा हातले टाढाबाट समात्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र कलमलाई बिस्तारै बिस्तारै आफ्नो नाक नजिक लानुहोस् र फेरि टाढा राख्नुहोस्। याद राख्नुहोस्, तपाईंको नजर कलमबाट कतै नजाओस्।

यस्तो तपाईंले दिनको १० पटक गर्नुभयो भने यो निकै फाइदाजनक हुन्छ। यसका साथै आँखामा दबाब नपर्ने गरि कुनै पनि वस्तुमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। सबैभन्दा राम्रो तरिका भनेको चन्द्रमामाथि ध्यान केन्द्रित गर्नु हो। यस्तो हरेक दिन पाँच मिनेटसम्म गर्नुहोस्। राम्रो परिणामको लागि आँखाको व्यायाम हरेक दिन गर्नुहोस्।

२- सनिङ र पामिङ:
सनिङ र पामिङ आँखाको लेन्सको लागि निकै फाइदाजनक मानिन्छ। सनिङद्वारा सूर्य उपचारको क्षमतामा वृद्धि हुने गर्दछ भने पामिङद्वारा आँखालाई आनन्द हुने गर्दछ। सनिङका लागि आँखालाई बन्द गरेर गहिरो सास लिँदै सूर्योदयको समयमा सूर्यतर्फ करिब दुई मिनेटको लागि हेर्नुहोस्। याद रहोस्, यस्तो गर्दा तपाईंको आँखा बन्द हुन आवश्यक छ। 

पामिङका लागि दुबै हातलाई एकआपसमा रगड्नुहोस् र बिस्तारै दुबै हत्केलाले आफ्नो आँखा बन्द गर्नुहोस्। यस्तो दिनमा धेरैपटक गर्नुहोस् र हातले आँखा छोप्दा कुनै राम्रो दृश्यको कल्पना गर्नुहोस्।

३- अमला:
अमलामा भिटामिन सीको मात्रा भरपुर पाइने गर्दछ। भिटामिन सी धमनीको स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ जसले आँखाको रक्त संचार सहि तरिकाले हुने गर्दछ। यसका साथै भिटामिन सीले रेटिनाको कोशिकाहरुलाई पनि फाइदा पुर्याउने गर्दछ।

४- आहार:
आफ्नो खानामा यस्तो आहार संलग्न गर्नुहोस् जसमा भिटामिन ए, बी, सी, डी, ई, बिटा क्यारोटिनको मात्रा धेरै हुन्छ। यिनीहरु सबै आँखाको लागि राम्रो मानिन्छ। राम्रो ज्योतीका लागि गाजर, चुकन्दर, शख्खर खण्डा, ब्लुबेरी, ब्रोकोली, बन्दाको सेवन गर्नुहोस्। बोसोयुक्त माछा, अण्डा, बदाम र बीउहरु पनि आँखाको लागि राम्रो मानिन्छ।

५- आँखाको परिक्षण:
आँखाको नियमित परिक्षण गराउनुहोस्।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।