सोलुखुम्बु तल्लो क्षेत्रमा पहिलो पटक निजि क्षेत्रको ईन्टरनेट सेवाको परिक्षण सेवा शुरु गरिएको छ । ईभरेष्ट लिंक प्राईभेट लिमिटेड र पिके सञ्चार प्राईभेट लिमिटेडको साझेदारीमा जडान गरिएको ईन्टरनेट सेवाको आज सदरमुकाम सल्लेरीमा पिके संचार प्रालिका संस्थापक कर्मा शेर्पा र ईभरेष्ट लिंकका संस्थापक बुद्धि तामाङले ल्यापटपमा क्लिक गरेर उद्घाटन गर्नु भएको हो । सप्तरिको राजविराजबाट सल्लेरीको सेलगुडी डाँडा हुँदै ताररहित प्रविधिबाट सल्लेरी भित्र्याईएको ब्रोडब्याण्ड ईन्टरनेटको परीक्षण सफल भएको संस्थापक बुद्धि तामाङले बताउनु भयो । दु्रत गतिको ईन्टरनेटको उद्घाटन गर्दै पिके संचार प्रालिका संस्थापक कर्मा शेर्पाले परिक्षण सफल भएसँगै सोलुखुम्बुको सबै गाविसमा चाँडैनै ईन्टरनेट सेवा वितरण गर्ने समेत वताउनु भयो । साथै उहाँले विज्ञान र प्रविधिको युगमा सोलुबासिलाई डोहोर्याउने कम्पनीको लक्ष्यका साथ एभरेष्ट लिंक सँगको साझेदारीमा इन्टरनेट सेवा विस्तार गर्ने समेत बताउनुभयो । ईन्टरनेट विस्तार गरेसँगै सोलुखुम्बुको दुरदराजका नागरिकलाई विश्वसँग जोड्ने विचार ब्यक्त गर्नुभयो ।
एक महिना भित्र सोलुखुम्बुको सदरमुकाम भित्र सेवा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले हाल सदरमुकामका लागि ५० एम.वि. डाटा वितरण गर्ने संस्थापक बुद्धि तामाङले जानकारी दिनुभयो । संस्थापक तामाङका अनुसार केही महिना भित्रै जिल्लाका सबै गाविसमा सहज रुपमा नियमित ग्राहकबन्ने तथा वाई फाई सेवा लिनेहरुका लागि सेवा पुर्याउने समेत उद्घोष भयो । साथै सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भने केही हप्ताका लागि निशुल्क वाई फाई सुविधा दिने समेत दुई कम्पनीले जनाएका छन् । केही दिनबाट सल्लेरीका ग्राहाकहरुले ल्यापटप तथा मोबाईलमा ईभेरेष्ट लिंक वाई फाई सर्च गरि निशुल्क रुपमा दु्रत गातिमा ईन्टरनेट सेवा लिन पाउने जनाइएको छ ।
स्रोतःहिमालएफ.एम
स्रोतःहिमालएफ.एम
Comments
Post a Comment