Skip to main content

आइफोनमा असम्भव १० चीज, जो सामसुङ ग्यालेक्सी ६ मा सम्भव छन्

सामसुङले यसै हप्ता सार्वजनिक गरेको ‘ग्यालेक्सी एस ६’ र ‘ग्यालेक्सी ६ इज’ सुबिधा र डिजाइनका सन्दर्भमा बिल्कुलै नयाँ सुरुवात हो ।
 यसअघि सामसुङले नयाँ संस्करणका ग्यालेक्सी सेट ल्याउँदा पुरानै डिजाइनको जगमा केही सुबिधा थपथाप गर्दथ्यो । तर, यसपटक डिजाइन, सुबिधा र प्रयोग गरिने सामाग्री लगायत धेरै पक्षमा बिल्कुलै नयाँ सुरुवात गर्‍यो ।
यसै पनि ग्यालेक्सीको नयाँ सेरिज र आइफोनको नयाँ सेरिजवीच बजारमा प्रतिस्पर्धा हुने गर्छ । स्मार्टफोन प्रयोगकर्ताले पनि यी दुवै फोनका फिचर तुलना गरेर किन्छन् । आज हामी तपाईंलाई सामसुङको पछिल्लो सेटमा उपलब्ध केही यस्ता फिचरबारे जानकारी दिंदैछौं, जुन प्रतिस्पर्धी आइफोन ६ वा ६ प्लसमा उपलब्ध छैनन् ।


१. ग्यालेक्सी एस ६ र सिक्स इजमार्फत् तपाईले क्रेडिटकार्ड मार्फत् कुनै पनि स्टोरमा सपिङ गर्न सक्नुहुन्छ । यसका लागि तपाईलाई सामसुङ पे सुबिधा उपलब्ध छ ।
तर, आइफोन ६ र सिक्स प्लसमा उपलब्ध एप्पल पेमार्फत् तपाईं यस्ता स्टोरमा मात्र किन्न सक्नुहुन्छ जहाँ नियर फिल्ड कम्युनिकेसन सिस्टम उपलब्ध छ ।

२. सामसुङ ग्यालेक्सीको नयाँ सेरिज फोन तपाईले चार्जर प्लगमा नजोडि वायरलेस चार्ज गर्न सक्नुहुन्छ । यसका लागि तपाईले चार्जर प्याडमाथि फोन राखिदिए पुग्छ । तर, आइफोनमा वायरलेस चार्जिङ सुबिधा उपलब्ध छैन । 

३. सामसुङ ग्यालेक्सी ६ र सिक्स इजमा सुपर क्वीक चार्जिङ सुबिधा छ । १० मिनेट चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न मिल्नेगरी सुपर चार्जिङ सुबिधा उपलब्ध छ । तर, आइफोनमा फास्ट चार्जिङ सुबिधा उपलब्ध छैन । 

४. ग्यालेक्सी सिक्स इजमा तपाईले फोनबुकमा सेभ गरिएकोमध्ये कुनै एक नामलाई बिशेष रंगमा बदल्न सक्नुहुन्छ । यदि सोही नाम वा नम्बरबाट फोन आयो भने तपाईंले जुन रंग दिनुभएको त्यही रङमा स्क्रिन बदलिन्छ । तर, आइफोनमा यस्तो फिचर छैन ।

५. होम बटनमा डबल ट्याप गरेपछि तपाईले सामसुङ ग्यालेक्सीका नयाँ सेरिजका फोनमा क्यामेरा अन गर्न सक्नुहुन्छ । तर, आइफोनमा क्यामेरा खोल्न क्यामेरा एपमा थिच्नैपर्छ । जसले गर्दा तपाईंले हतारमा फोन झिकेर फोटो खिच्नुपर्ने भए नभ्याउन सक्छ । 

६. सामसुङ ग्यालेक्सीमा प्रयोग गरिएको नयाँ क्यामेराले क्यामेरामा देखिएको बस्तु हल्लिएको भए त्यहीअनुसार खिच्छ जसले गर्दा फोकस आउट हुँदैन । आईओएस ८ भर्सनमा एप्पलले खिचेका तस्वीर सम्पादन गर्न सजिलो हुने फिचर राखेको भए पनि सामसुङमा जस्तो बस्तु हल्लिइरहेको थाहा पाउने सुबिधा भने छैन ।

७. दुवै सामसुङ सेटमा नयाँ ‘स्मार्ट म्यानेजर’ एप राखिएको छ । फोनको बटन थिचेकै भरमा यो एपले तपाईको फोनमा अनाबश्यकरुपमा स्टोर भएका फाइललाई क्लिन गर्छ । आइफोनमा यस्तै काम गर्ने थर्ड पार्टी एप बिकाश भएको भए पनि यति सजिलो छैन । 

८. नयाँ ग्यालेक्सी सेटसहित पछिल्ला सामसुङ सेटमा एउटै स्क्रिनमा एकभन्दा धेरै एप एकैचोटी चलाउन पाइन्छ । तर, आइफोनमा यो सुबिधा छैन, तपाईले एउटा स्क्रिनमा एकपटकमा एउटा मात्र एप चलाउन सक्नुहुन्छ । 

९. दुवै ग्यालेक्सी सेटमा मुटुको धडकनको गति नाप्ने सुबिधा छ । तर, अहिलेसम्म एप्पलका कुनै पनि फोनमा हर्ट रेट मोनिटर गर्ने सुबिधा उपलब्ध छैन । 

१०. सामसुङको नयाँ ग्यालेक्सी ६ इजमा तपाईको मुख्य स्क्रिन अफ भए पनि छेउमा रहेको कर्भ स्क्रिनमा मिति, समय र मौसमको सूचना हेर्न सकिन्छ । यस्तो सुबिधा आइफोनमा मात्र हैन, ग्यालेक्सी ६ इजबाहेक अन्य कुनै पनि स्मार्टफोनमा उपलब्ध छैन ।

-बिजनेस इनसाइडरबाट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।