
कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । तर तपाईं हामी कसैले पनि यसको प्रयोगमा विशेष सावधानी अपनाईएको हुंदैन । यहि पासवर्डको असावधानिक प्रयोगले अनाधिकृत व्यक्तिहरुले तपाईंको सिस्टममा प्रवेश गर्ने मौका पाउंदछन । त्यस्ता व्यक्तिहरुले तपाईंको कम्प्युटर भित्र रहेका फाईलहरुमा मात्र अधिकार जमाउने नभई तपाईंका व्यक्तिगत विवरण समेत पत्ता लगाउन सक्षम हुनेछन जसको फलस्वरुप तपाईंलाई गलत रुपमा प्रयोग गरी विविध फाईदा उठाईरहेका हुन्छन ।
यदि तपाईंले कमजोर पासवर्डको प्रयोग गर्नुभएको छ भने ह्याकरहरुलाई तपाईंको पासवर्ड पत्ता लगाउन कुनै कठिनाई पर्दैन । साधारण पासवर्ड क्रयाक गर्ने प्रोग्रामको प्रयोग गरी तपाईंको पासवर्ड सजिलै पत्ता लगाउंदछन । तर यदि बलियो पासवर्डको प्रयोग गर्नुभएको छ भने उक्त कार्य धेरै नै कठिन हुने गर्दछ ।
बलियो पासवर्ड कसरी बनाउने
पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।
पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।
कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।
कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।
पासवर्ड बनाउदा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउमा जिरो, एस को ठाउमा डलरको चिन्ह आदि आदि ।
पासवर्ड राख्दा ध्यान दिनुपर्ने कुराहरु
कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।
कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।
किबोर्डमा पाईने अक्षरका लाईनहरु
सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु
अंग्रजी शब्द पासवर्ड
१ देखि ६ सम्मका अंकहरु
६ देखि १ सम्मका अंकहरु
एबिसि१२३
आफ्नो शहरको नाम
आफ्नो कम्पनीको नाम आदि ।
Comments
Post a Comment