Skip to main content

पासवर्ड यसरी राख्नुभयो भने कहिल्यै कसैले थाहा पाउँदैनन्

यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतिको विषय भनेकै सुरक्षा हो । तपाईंको कम्प्युटरको सिस्टम होस् या कुनैपनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मेडिया, अनलाईन बैंकिड्ड, अनलाईन सपिड्ड, महत्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाईटहरु आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । यहि पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साईबर दुर्घटनाहरु हुने गरेका छन् ।
कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । तर तपाईं हामी कसैले पनि यसको प्रयोगमा विशेष सावधानी अपनाईएको हुंदैन । यहि पासवर्डको असावधानिक प्रयोगले अनाधिकृत व्यक्तिहरुले तपाईंको सिस्टममा प्रवेश गर्ने मौका पाउंदछन । त्यस्ता व्यक्तिहरुले तपाईंको कम्प्युटर भित्र रहेका फाईलहरुमा मात्र अधिकार जमाउने नभई तपाईंका व्यक्तिगत विवरण समेत पत्ता लगाउन सक्षम हुनेछन जसको फलस्वरुप तपाईंलाई गलत रुपमा प्रयोग गरी विविध फाईदा उठाईरहेका हुन्छन ।
यदि तपाईंले कमजोर पासवर्डको प्रयोग गर्नुभएको छ भने ह्याकरहरुलाई तपाईंको पासवर्ड पत्ता लगाउन कुनै कठिनाई पर्दैन । साधारण पासवर्ड क्रयाक गर्ने प्रोग्रामको प्रयोग गरी तपाईंको पासवर्ड सजिलै पत्ता लगाउंदछन । तर यदि बलियो पासवर्डको प्रयोग गर्नुभएको छ भने उक्त कार्य धेरै नै कठिन हुने गर्दछ ।
बलियो पासवर्ड कसरी बनाउने
पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।
पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।
कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।
कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।
पासवर्ड बनाउदा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउमा जिरो, एस को ठाउमा डलरको चिन्ह आदि आदि ।

पासवर्ड राख्दा ध्यान दिनुपर्ने कुराहरु
कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।
कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।
किबोर्डमा पाईने अक्षरका लाईनहरु
सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु
अंग्रजी शब्द पासवर्ड
१ देखि ६ सम्मका अंकहरु
६ देखि १ सम्मका अंकहरु
एबिसि१२३
आफ्नो शहरको नाम
आफ्नो कम्पनीको नाम आदि ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।