Skip to main content

पाइलटले भनेका थिए- "रन-वे देखिनँ, तर आउँदैछु"


काठमाडौ, फाल्गुन २३ - हरेक दिन टर्किस एयरको विमान अवतरण भएपछि काठमाडौं बाँकी उड्डयन संसारसँग जोडिन्छ। टर्किस आएपछि भारत, साउदी अरब, कतारलगायतबाट विमान आउन थाल्छन्। करिब ४० विमानको आउनेजाने क्रम राति साढे १२ बजे हङकङबाट आउने ड्रयागन एयरको उडानमा टुंगिन्छ। तर बुधबार बिहानको साइत राम्रो परेन। युरोपबाट आएको टर्किस विमान धावनमार्गमै दुर्घटनामा पर्‍यो, जसले गर्दा शुक्रबारसम्म करिब ५० हजार यात्रु प्रभावित भएका छन्।

विमानस्थल उच्चस्रोतका अनुसार टर्किस विमानले दुर्घटनामा पर्नुअघि बिहान ६ बजे नै काठमाडौं राडरसँग पहिलो सम्पर्क गरेको थियो। विमानले भारतको वाराणसीबाटै पहिलो रिपोर्टिङमा जहाजको उचाइ, गति र अवस्थाबारे काठमाडौं टावरलाई जानकारी गराएको थियो। विमान अत्याधुनिक भूउपग्रहीय सञ्चारयुक्त 'आरएनपी-वान' प्रणालीमा उडिरहेको थियो। त्यो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँचतले टावरमा महिला एयरट्राफिक कन्ट्रोलरको नेतृत्वमा ५ जना ड्युटीमा थिए। विमानले पहिला ८० किलोमिटरभन्दा बाहिरका विमान हेर्ने एरिया कन्ट्रोल टावरलाई 'जी-फाइभ नाइन एट' रुट समातेर आइरहेको बतायो। यो रुट सिमरामा पुगेर टुंगिन्छ। त्यहाँबाट विमानले अवतरणको तयारी गर्न अर्को बाटो समात्नुपर्छ। एप्रोच रुट भनिने यो बाटो मकवानपुर र ललितपुरको बीच हुँदै भट्टेडाँडा, ठेचोमाथि पर्दै गौचरन विमानस्थलमा आएर जोडिन्छ।

टर्किस विमानका क्याप्टेन लेभेन्ट विलिरले सिमरा आइपुगेपछि काठमाडौंको मौसमबारे जानकारी मागे। राडरमा रहेका एयरट्राफिकले भिजिबिलिटी १ किलोमिटरभन्दा कम भएको जानकारी गराए। विमान सिमरामाथिको आकाशमा होल्ड गर्नुपर्ने भयो। त्यतिबेला विमान काठमाडौंदेखि ६७ किलोमिटर हवाई दूरीमा थियो। ९ सय किलोमिटर प्रतिघन्टाको गतिमा उडिरहेको विमानलाई बायाँ पारेर २ मिनेटको फन्को मार्न भनियो। एक नाबालकसहित २ सय २३ यात्रु बोकेर मंगलबार राति नेपाली समयअनुसार १२ बजे इस्तानबुलबाट उडेको एयरबस विमानले करिब ३० मिनेट सिमरामाथिको आकाशमा आधा घण्टापछि विमानले फेरि काठमाडौंको अवस्था सोध्यो। त्यसबेला काठमाडौंको दक्षिण भागको भिजिबिलिटी १ किलोमिटर र उत्तरतिरको ३ किलोमिटर थियो। विमान अब काठमाडौंतिर सोझियो।

विमानस्थलबाट ९ किमि दूरीमा आइपुगेपछि विमानले अवतरण गर्न अनुमति माग्यो। १६ किलोमिटरभित्रको जहाज मात्रै हेर्ने टावरका ट्राफिकले 'किलियर टु ल्यान्ड' भने। त्यसबेला विमानस्थल वरिपरिको भिजिबिलिटी ३ हजार मिटर देखाइएको थियो। तर विमानस्थल नजिकै पुग्दा करिब १ हजार मिटरमा भिजिबिलिटी झरेको स्रोत बताउँछ। विमानले अवतरण गर्न सकेन। त्यो अवस्थामा क्याप्टेनले जमिनबाट मात्रै ४ सय मिटर माथिबाट ओभरसुट गरे, अनि विमानलाई बौद्धतिरबाट काठमाडांै उपत्यका बाहिर निकाले। मौसम आँकलन गरी अवतरण गर्न नसके ओभरसुट गर्ने अधिकार विमानचालकसँग हुन्छ। त्यसैअनुरूप विमान धादिङको धार्के, मकवानपुरको मनहरी हुँदै फेरि सिमरा पुग्यो। ३ सय किलोमिटरको गतिमा उडेको विमानले त्यस रुटमा करिब आधा घण्टा बिताएपछि पुनः एरिया कन्ट्रोल टावरसँग मौसमबारे जानकारी माग्दै आफ्नो अवस्थाबारे रिपोर्टिङ गरायो।

टावरले १ हजार मिटर भिजिबिलिटी भएको बताएपछि दोस्रो प्रयासमा अवतरण गर्ने तयारी गर्‍यो। त्यसबेला ७ बजेर ४० मिनेट गएको थियो। भट्टेडाँडातिरबाट ओर्लिंदै गरेको जहाजलाई एयरट्राफिकले फेरि 'किलियर टु ल्यान्ड' भने। विमान ठेचो, इमाडोलमाथिको आकाशमा आइपुग्यो। एयरट्राफिकले धावनमार्ग देख्यौ भनी सोधे। 'देख्न त देखिनँ तर म आइरहेको छु। अवतरणको क्रममा छु,' क्याप्टेनले भने। विमान अवतरण गर्ने बेला एयरट्राफिकले फेरि त्यही प्रश्न सोधे। क्याप्टेनले जवाफ दिए, 'मैले धावनमार्ग देखिनँ तर अवतरणलाई निरन्तरता दिन्छु।' क्याप्टेनले यसोभन्दा टावरबाट विमान प्रस्ट नदेखिएको स्रोतको दाबी छ। 'मौसम त्यसैबेला खराब भयो। मनहरा खोलामाथि लागेको कुहिरो एकाएक फाट्दै फैलियो। कुराकानी भइरहेको १ मिनेट जस्तोमै असामान्य अवतरणको आवाज सुनियो। विमान देखिएन,' स्रोत भन्छ।

७ बजेर ४९ मिनेटतिर क्याप्टेनले टावरसँग सहयोग माग्दै भने, 'मेरो विमान रन-वेको अन्तिम विन्दुमा छ। मलाई तुरुन्तै मेडिकल र फायर एसिस्टेन्ट पठाइदेऊ। कुनै पनि मानवीय क्षति भएको छैन। विमानमा केही भौतिक क्षति पुगेजस्तो लाग्छ। यात्रुलाई यतै इमर्जेन्सी ढोकाबाट निकाल्छु।' एयरट्राफिकले ३० सेकेन्डमा दमकल पठाइदिए। दमकलले आगो लाग्न सक्ने खतरा हुन नदिन वरिपरि फिँज फाल्यो। त्यसबेला दायाँ इन्जिनबाट धुवाँमात्रै आइरहेको देखिन्थ्यो। दमकलले भर्‍याङ जोडी पाइलटको ढोका खोलिदियो। दमकल र एयरट्राफिकबीच भइरहेको सम्पर्कलाई टावरले सुनाएपछि क्याप्टेनले इमर्जेन्सी ढोका खोले। अनि युरोपबाट ७ घण्टा लामो यात्रा गरेर आएका यात्रु चिच्याउँदै, कराउँदै बाहिरिए। पाइलटले धावनमार्गको मध्यरेखामा 'नोज ल्यान्डिङ गियर' टेकाएको भए सायद यात्रु एप्रोनसम्मै आइपुग्थे। तर, जहाजको बायाँ ल्यान्डिङ गियर घाँसेमैदानमा र दायाँ बीचको पक्की रन-वेमा कुदेका कारण विमानले सन्तुलन गुमाएको स्रोतको अनुमान छ। 'एउटा पाङ्ग्रा माटोमा अर्को पक्की रन-वेमा पर्दा विमानका पाङ्ग्रा पन्चर भएको अनुमान गरेका छौं,' स्रोत भन्छ।

टर्किस विमान शुक्रबार पनि धावनमार्गछेउको घाँसेमैदानबाट निकाल्न सकिएन। विमानस्थलले पाँचौंपटक जारी गरेको विज्ञप्तिमा शनिबार बिहान १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रोकिएको उल्लेख छ।

निगम विमानको पाङ्ग्रा पन्चर

नेपाल वायुसेवा निगमको चिनियाँ विमान वाई १२ ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्दा बायाँ पाङ्ग्रा पन्चर भएको छ। धावनमार्गको बीचमै यस्तो घटना हुँदा एक घण्टा आन्तरिक उडान प्रभावित भए। विमानलाई तानेर एप्रोनमा ल्याइएपछि मात्रै आन्तरिक उडान सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ। विमान शुक्रबार परीक्षण उडान निम्ति काठमाडौंभित्रैको आकाशमा उडेको थियो। 'यात्रु थिएनन्। पाइलटहरूले टे्रनिङका लागि उडान गरी अवतरण गर्ने बेला पाङ्ग्रा पन्चर भएको हो,' निगमका प्रवक्ता रामहरि शर्माले भने ।

 स्रोतः कान्तिपुर

प्रकाशित मिति: २०७१ फाल्गुन २३ ०८:२८ 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. ...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।