Skip to main content

६ महिनासम्म नचलाए सिमकार्ड निष्क्रिय हुने

निरन्तर प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने भएको छ । सिम खरिद गर्ने तर त्यसको प्रयोग नहुने प्रवृत्ति बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो ब्यवस्था सुरु गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको गत चैत २ गते बसेको बोर्ड बैठकले निष्क्रिय सिमकार्डलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता भएको भन्दै यस्तो योजना अघि सारेको अभियान दैनिकमा खबर छ ।
योजनालाई पूर्णरुपमा कार्यान्वनयमा ल्याउन प्राधिकरणले छुट्टै अध्ययन समिति पनि गठन गर्ने भएको छ । प्राधिकरणका कर्मचारी सदस्य रहने सो समितिबाट प्राप्त सुझावका अनधारमा बढीमा ६ महिनाभित्र यो योजना कार्यान्वयनमा ल्याउने तयारी भएको सहप्रवक्ता अच्यूतानन्द मिश्रले जानकारी दिए । दूरसञ्चार सेवा प्रदायकले दावी गर्दै आएको मोबाइल सिम प्रयोगकर्तामध्ये धेरै निष्क्रिय रहेकाले पनि यस्तो योजना अघि सारिएको उनी बताउँछन् ।
यसरी सिमकार्ड प्रयोग नगर्ने प्रवृतिका कारण ब्यवस्थित नम्बरिङ योजनामा समस्या हुँदा पनि प्राधिकरण यस्तो निर्णयमा पुगेको हो । निष्क्रिय रहेको सिमकार्डमा रहेको रकम भने पछि पनि प्रयोग गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणले अघि सारेको नम्बर पोर्टबिलिटी प्रणालीमा यो योजनासमेत जोडिनेछ । सिमकार्ड निष्क्रिय रहे पनि कुनै प्रयोगकर्ताले पछि अर्को सेवा प्रदायकको सेवा चाहेको अवस्थामा सो सिम प्रयोग गर्न सक्ने मिश्रले जानकारी दिए ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।