Skip to main content

स्मार्टफोनको लत लाग्यो ? यसरी हटाउनुहोस्

आजकल मानिसहरुमा स्मार्टफोनको क्रेज यति धेरै छ कि फोन नचलाई एकछिन पनि बस्न सक्दैनन् । ब्यस्त सडकमा हिड्दै गर्दा, गाडीमा यात्रा गर्दैगर्दा वा कार्यालयमा काममा खटिइरहेका बेलामात्र हैन, ट्वाइलेट बस्दा, खाना खाँदा वा मस्त निद्रालाई ब्रेक दिएर पनि मानिसहरु स्मार्टफोनमै झुण्डिइरहेका हुन्छन् ।
अर्थात् स्मार्टफोनको प्रयोग एक सिमितको लत अर्थात नशा बन्न थालेको छ । जसले गर्दा उर्वर समय स्मार्टफोनले खाइदिन थालेको छ भने घर परिवार र सम्बन्धहरुमा पनि समस्या ल्याउन थालेको छ । यसले तपाईको खुसी, तपाईको मानसिक बिकाश, शैक्षिक एवं सामाजिक सम्भावनालाई समेत नष्ट गरिरहेको हुनसक्छ ।
बिभिन्न अध्ययनहरुले दिनमा दुई घण्टाभन्दा धेरै समय स्मार्टफोनमा सक्रिय हुनुलाई नशाको रुपमा ब्याख्या गरेका छन् ।
स्मार्टफोन यस्तो नशा कसरी घटाउने ? कहिलेकाहीं तपाईलाई लाग्छ होला स्मार्टफोनको नशामा यति धेरै डुबिसकें कि अब छुटकारा पाउनै सक्दिन् ।
लागूऔषध, मध्यपान र धूमपानको कूलत त हटाउन सकिन्छ भने स्मार्टफोनको लत हटाउन नसकिने कुरै छैन् । मात्र तपाईंले चाहनुपर्छ ।
यदि तपाईले स्मार्टफोन प्रयोगको दायरा आफैले निर्धारण गर्नुभयो, केही साबधानी अपनाउनुभयो भने स्मार्टफोनको लतबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१. नोटिफिकेसन अफ गर्नुहोस्
नोटिफिकेसन यस्तो एउटा माध्यम हो जसले तपाईलाई हरदम स्मार्टफोन वा सामाजिक संजालसँग जोडिरहन बाध्य बनाउँछ । फेसबुकमा तपाईको फोटोमा कसैले लाइक गरेको वा कमेन्ट गरेको मात्र हैन, तपाईले अरु कसैको तस्वीरमा गरेको लाइक वा कमेन्टको नोटिफिकेसनले पनि हैरान बनाउँछ ।
एकपटक नोटिफिकेसन आएपछि त्यसलाई चेक गर्दा मानिस झण्डै आधा घण्टा फोनमा समय बिताउँछ । जसले गर्दा तपाईको उर्वर समय यस्तै नोटिफिकेसनसँग बरालिदै वित्छ ।
त्यसैले आफ्नो स्मार्टफोनमा यस्ता अनाबश्यक नोटिफिकेसन नराख्नु राम्रो हुन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक संजालका नोटिफिकेसन सामान्यतयाः अफ गर्नु नै बुद्धिमानी हुन्छ ।
एसएमएस लगायतका अन्य नोटिफिकेसनलाई पनि भ्वाइस अलर्ट अफ गरेर स्मार्टफोन इंगेजमेन्ट कम गर्न सकिन्छ ।

२. कति सयम स्मार्टफोनमा बित्यो ? हिसाव निकाल्नुहोस्
औसत हामीले दिनमा कति घण्टा फोन बिताउँछौं ? कहिलेकाहीँ यस्तो समय दिनमा चार-पाँच घण्टाभन्दा बढि हुनसक्छ । तर, यसबारेमा हामी अनबिज्ञ हुन्छौं ।
त्यसैले यदि तपाई आफ्नो स्मार्टफोन प्रयोगको समय घटाउन चाहनुहुन्छ भने फोन प्रयोगको हिसाव राख्न थाल्नुस् । त्यसका लागि एन्ड्रोइड अपरेटिङ सिस्टममा ‘क्वालिटी टाइम’ र आईओएसमा ‘मोमेन्ट’ नामक एप्स प्रयोग गर्न सकिन्छ ।
यी एप्सले तपाईलाई स्मार्टफोन प्रयोगको समयमात्र हिसाव राख्दैनन्, यदि तपाईले फोनमा धेरै समय बिताइरहनुभएको छ भने चेतावनीसमेत पठाउँछन् ।

३. फोन फ्रि समय र क्षेत्र निर्धारण गर्नुहोस्
सामान्यतयाः बाथरुम जाँदा, खाना खाँदा, सिनेमा हेर्दा वा किताव पढ्दा हामीलाई फोनको जरुरी हुँदैन् । तर, हामी यस्तै बेलामा समेत स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं, मानौं फोन छाड्यो भने संसार नै डुब्छ ।
तर, तपाईले यस्तो बेलामा आफुलाई जति फोनबाट टाढा राख्न सक्नुभयो तपाईलाई सोच्न, परिवारसँग समय बिताउन र आनन्द लिन समय मिल्छ । त्यसैले यस्तो एउटा समय निर्धारण गर्नुहोस् जहाँ तपाई फोन चलाउनुहुन्न । यस्तो बेलामा तपाईले फोन एरोप्लेन मोड वा बिजी मोडमा राख्न सक्नुहुन्छ ।

४. फोनलाई अलार्म क्लक नबनाउनुहोस्
अलार्म बजाउने घडीका रुपमा फोनलाई प्रयोग गर्दा पनि यसको प्रयोग बढिरहेको छ । अलार्म सेट गर्ने बहानामा बेलुकी एकाध धण्टा र बिहान अलार्मसँगै अर्को एकाध धण्टा स्मार्टफोन चलाउने बानी नै बसिसकेको हुन्छ ।
त्यसैले आफ्नो फोनलाई अलार्म घडी नबनाउनु नै बेश । आफ्नो बेडरुमलाई स्मार्टफोन निषेधित क्षेत्र बनाउँदा तपाईको निद्रा, स्वास्थ्य र सम्बन्धसमेत मजबुद हुन्छ ।

५. प्रबिधिबाट छुट्टी लिन सिक्नुहोस्
यदि तपाईलाई माथिका कुनै पनि सुझावले काम गरेन भने आफैंले आफुलाई प्रबिधिबाट मुक्त हुन अभ्यस्त गर्नुहोस् । निश्चीत समय फोन अफ गर्ने तालिका बनाउनुहोस् । फोन नबोक्ने समय र सन्र्दभहरु निर्धारण गर्नुहोस् । फोन चलाउँदा एकैपटक मिस्ड कल, एसएमएस, सोसल मिडिया नोटिफिकेसन आदि चेक गर्नुहोस् र सकेसम्म छिटो फोन अफ गर्नुहोस् ।



यसले तपाईका साथीभाई र परिवारलाई पनि थाहा हुने छ कि तपाईको फोन कतिबेला खुल्छ र कतिबेला अफ हुन्छ । जसले गर्दा तपाईबाट उनीहरुले तुरुन्तै रेस्पोन्सको अपेक्षा गर्ने छैनन् । -मासाबेलबाट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।