Skip to main content

इमेल र एसएमएस बाट यसरी फैलिरहेको छ हावामा बिख

मोबाइल मार्फत टेक्स्ट म्यासेज पठाउनु, इन्टरनेट मार्फत इमेल पठाउनु, टेलिभिजन हेर्नु वा स्याउ खानु- यी सबै क्रियाकलापको वातावरणीय मूल्य हुन्छ ।
हाम्रा यावत् गतिविधिले वातावरणमा कार्वन उत्सर्जन गर्न सहयोग गरी प्रत्यक्ष असर पुर्‍याउँछन् जसलाई कार्वन फुटपि्रन्ट पनि भनिन्छ । सन् २०१० मा विश्वमा ४९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको तथ्यांक छ ।
आउँदो मार्च २८ मा विश्वभरका मानिसहरुले एक घण्टा बत्ती निभाएर अर्थ आवर मनाउने तयारी गरिरहेका छन् । हामीलाई थाहा नहुन सक्छ, हामीले सुरक्षित र स्वस्थ ठानेका कतिपय दैनिक क्रियाकलापले कार्वन डाइअक्साइड सँगै अन्य हानिकारक हरित गृह ग्यास उत्सर्जनमा योगदान गरिरहेका हुन्छन् । हाम्रा कुन क्रियाकलापले कति हरितगृह ग्यास उत्सर्जन गर्छन् त ?

१. इमेल र इन्टरनेट चलाउँदा
तपाइँले एउटा छोटो इमेल पठाउनु भनेको वातावरणमा ४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो । इमेल पठाउने क्रममा कम्प्युटर, सर्भर तथा राउटर चलाउनका लागि चाहिने उर्जाका साथै ती सबै सामान उत्पादनमा चाहिने उर्जा उत्पादन गर्दा वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यासको हिसाब हो ।
त्यस्तै ठूलो अट्याचमेन्ट भएको इमेल पठाउँदा वातावरणमा ५० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । तपाइँले कसैलाई पठाएको इमेल जुन स्पाम हो र प्राप्त गर्नेवालाले खोल्दैन तर पनि त्यसबाट समेत ०.३ ग्राम हरितगृह ग्यास वातावरणमा मिसिन्छ ।
वैज्ञानिकहरुका अनुसार विश्वमा एक वर्षमा पठाइने स्पाम इमेलका कारण वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यास ३१ लाखवटा कारले ७ अर्ब ६ करोड लिटर पेट्रोलको खपत गर्दा उत्सर्जन गर्ने हरितगृह ग्यास बराबर हुन्छ ।
वैज्ञानिकहरुका अनुसार उर्जा निकै खपाउने ल्यापटपमा एकपटक गुगलमा सर्च गर्दा ०.२ ग्राम हरिगृह ग्यास उत्सर्जन हुन्छ र पूरानो डेक्सटप कम्प्युटरमा त्यति नै काम गर्दा ४.५ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
मोबाइल फोनबाट एकपटक टेक्स्ट म्यासेज पठाउनु भनेको वातावरणमा ०.०१४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।

२. शपिङ गर्दा
शपिङमा तपाइँ हामीले प्रयोग गर्ने एउटा प्लास्टिकको झोला बराबर १० ग्राम कार्वन डाइअक्साइड उत्सर्जन हुन्छ भने एउटा कागजको झोलाको कार्वन फुटपि्रन्ट ४० ग्राम हुन्छ ।

३. पानी पिउँदा
एक पिन्ट अर्थात् ४७३ मिलिलिटर धाराको पानी पिउनु भनको ०.१४ ग्राम कार्वन उत्सर्जन गर्नु हो भने आधा लिटरको मिनिरल वाटरको बोतलको खपत गर्दा १६० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । एक कपि चिया वा कफी पकाउँदा खपत हुने उर्जाबाट वातावरणमा २१ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।

४. टेलिभिजन हेर्नु
हामीले जति धेरैबेर टेलिभिजन हेर्यौँ उतिधेरै वातावरण प्रदुषण हुन्छ । १५ इन्चको एलसिडी टेलिभिजन १ घण्टासम्म हेर्दा ३४ ग्राम हरितगृह ग्यास उत्सर्जन भएको हुन्छ । ३२ इन्चको टेलिभिजनले एक घण्टामा ८८ ग्राम तथा २४ इन्चको प्लाज्मा टेलिभिजनले एक घण्टामा २२० ग्राम हरितगृह ग्यास उत्सर्जन गरेको हुन्छ ।
केरा खाएर एक माइल सम्म साइकल कुदाउनु भनेको ६५ ग्राम कार्वनडाइअक्साइड वातावरणमा थप्नु हो भने चिजबर्गर खाएर त्यति नै दूरी साइकल कुदाउनु भनेको २६० ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।-एएफपी

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।