गर्मी होस् वा बर्षात, हरदम छाताको जरुरी पर्छ । तर, छाता बोक्नु जति झण्झटिलो छ त्यति नै धेरै हराउने समस्या पनि । हराउने समस्याकै कारण आजकल बजारमा सस्तो मूल्यका छाता बढि चल्न थालेका छन् । छातासँगै धेरै पैसा नगुमोस् भनेरै मानिसहरु राम्रा र महंगा छाता किन्न डराउँछन् ।
तर, अहिलेको स्मार्ट दुनियाँमा छाता हराउने समस्याको पनि उपाय निस्किएको छ ।
हालै अमेरिकाको एक कम्पनीले यस्ता स्मार्ट छाता उत्पादन गर्न थालेको छ जसको सिधा सम्बन्ध तपाईको स्मार्टफोनसँग हुन्छ ।
यदि तपाईले छाता हराउने अबस्था आयो भने तत्कालै स्मार्टफोनमा नोटिफिकेसन बज्छ- तपाईर्ंले छाता छाड्नुभयो भन्दै ।
न्यूयोर्कमा रहेको दाभोक कम्पनीले बनाएको यस्तो स्मार्ट छाता ब्लुटुथयुक्त छ । छाता समाप्त्ने पिंधको डण्डीमा एउटा चिप्स राखिएको छ जसले ब्लुटुथसँग कनेक्ट गर्दछ ।
उदाहरणका लागि यदि तपाई छाताभन्दा ३० मिटर पर पुग्नुभयो तपाईंले छाता छाड्नुभयो भन्दै मोबाइलमा स्वतः म्यासेज आउँछ । त्यसो हुँदा तपाईले छाता छाडेर हिड्ने समस्या स्वतः समाधान हुने कम्पनीको बिश्वास छ ।
कम्पनीले एन्ड्रोइड र एप्पल स्टोरमा एप पनि उपलब्ध गराएको छ । एपमा मौसमको भविष्यवाणीसमेत गरिन्छ र तपाईलाई कतिखेर छाता बोक्न जरुरी छ भन्नेबारे पहिले नै सचेत गराइन्छ ।
यो छाताको मूल्य १२५ अमेरिकी डलर अर्थात करिव १२ हजार नेपाली रुपैयाँ रहेको छ ।
सन् २००५ मा स्थापना भएको दाभेक कम्पनीले उच्च गुणस्तरका छाता बनाउँदै आएको थियो । तर, मानिसहरु छाता हराउने डरका कारण धेरै मूल्य तिर्न तयार भएनन् । छाता हराउने समस्या कसरी समाधान गर्ने भन्ने अनुसन्धान गर्दै कम्पनीले स्मार्ट छाताको सोंच अघि बढायो ।
भिडियो
Comments
Post a Comment