
माइक्रोसफ्टको नयाँ ब्राउजर गुगलको क्रोम जस्तै स्वरुपको हुने विश्वास गरिएको छ जुन विद्यमान इन्टरनेट एक्स्प्लोरर भन्दा निकै तिब्र गतिको हुनेछ ।
माइक्रोसफ्टका बजार विभाग प्रमुख क्रिस क्यापोसेलाका अनुसार कम्पनीले नयाँ ब्राउजरको नाम जुराउन गृहकार्य गरिरहेको छ र नयाँ अपरेटिङ सिस्टम विन्डोज १० मा सम्भवतः यसलाई देख्न पाइनेछ । माइक्रोसफ्टले यहीँ वर्षमै विन्डोज १० ल्याउँदैछ ।
दि भर्जमा छापिएको खबर अनुसार माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टममा नयाँ ब्राउजर राख्ने भएपनि इन्टरनेट एक्स्प्लोररलाई पनि निरन्तरता दिनेछ । तर इन्टरनेट चलाउने मुख्य ब्राउजरको रुपमा भने नयाँ आउने ब्राउजर नै रहनेछ ।
माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोरर ब्राउजरको पछिल्लो संस्करण इआइ सिक्स निकै असफल तथा असुरक्षित भएको भन्दै विश्वका सर्वकालीन खराब टेक प्रडक्टको रुपमा बदमान भएपछि माइक्रोसफ्टले वेब ब्राउजरको रिब्रान्डिङको सोँच बनाएको थियो ।
सन् १९९५ मा विन्डोज इन्टरनेट एक्स्प्लोररको नाममा सुरु भएको यो ब्राउजरले सन् २००३ सम्म आउँदा इन्टरनेट एक्स्प्लोररको बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको थियो । तर त्यसपछि प्रविधि जगतमा नयाँ नयाँ वेब ब्राउजर भित्रिएसँगै प्रतिस्पर्धामा टिक्न नसकी सन् २०१२ सम्म आइपुग्दा इन्टरनेट एक्स्प्लोररलाई गुगल क्रोमले पछि पार्यो । इन्टरनेट एक्स्प्लोरर सिक्स निकै असुरक्षित भएको भनि विश्वव्यापी रुपमा कडा आलोचना भएसँगै यो ब्राउजर झनै अलोकपि्रय हुन पुगेको थियो ।
Comments
Post a Comment