Skip to main content

मोबाइल हातमा छ की गोजीमा ? पत्ता लगाइ दिनेछ गुगलले

प्रविधि जगतमा आफ्नो अग्रणी स्थान सुरक्षित गरिरहनका लागि इन्टरनेट बादशाह गुगलले विभिन्न नयाँ-नयाँ प्रडक्ट तथा फिचर्सहरु ल्याइरहन्छ । यही सिलसिलामा गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एउटा यस्तो प्रविधि विकाश गर्न गृहकार्य गरिरहेको छ जसले तपाइँको स्मार्टफोन प्रयोगको अनुभवलाई थप आनन्ददायी बनाइदिनेछ ।
समाचार अनुसार एन्ड्रोइड स्मार्टफोनले अब छिटै तपाइँको स्प
र्श अनुभुति गर्न सक्नेछ र सोही बमोजिम आफै लक मोड एडजस्ट गरिदिनेछ । स्मार्टफोनमा हुने एक्सेलरोमिटरका माध्यमबाट उक्त फिचरले स्मार्टफोन हातमा रहेको वा गोजीमा रहेको वा प्रयोगकर्ताको साथमै नरहेको भन्ने कुरा पत्ता लगाउनेछ र सोही बमोजिम फोनलाई लक वा अनलक गर्नेछ ।
यदि स्मार्टफोनमा तपाइँले एक पटक अनलक गर्नुभयो भने तबसम्म लक हुनेछैन जबसम्म त्यो तपाइँको हात वा गोजीमा हुनेछ । जब तपाइँले फोनलाई आफ्नो हात वा गोजीबाट छुटाएर बाहिर राख्नुहुन्छ वा फोन तपाइँभन्दा टाढा हुन्छ तब यो आफै लक्ड हुनेछ र त्यसरी लक भैसकेको फोन अनलक्ड गर्न चाहेमा हातैले सामान्य झैँ गरी अनलक्ड गर्नुपर्नेछ ।
एन्ड्रोइडमा हुने नयाँ परिवर्तन तथा विकाशका विषयमा जानकारी दिने वेबसाइट एन्ड्रोइड पुलिसका अनुसार यो एपका माध्यमबाट गुगलले आफ्ना प्रयोगकर्तालाई थप सुविधा तथा सुरक्षा प्रदान गर्ने कोसिस गर्दैछ । यो फिचरले स्मार्टफोन प्रयोगकर्तालाई ठूलो फाइदा यस अर्थमा हुनेछ की यदि तपाइँले फोन कतै भुल्नुभयो भने यसबाट कसैले फोनका डाटा चोर्नसक्ने छैन ।
यद्यपि यो फिचरमा एउटा ठूलो कमजोरी भने छ । त्यो के भने, जब तपाइँले आफ्नो स्मार्टफोन अनलक्ड गरेर आफ्नो साथीलाई दिनुभयो वा फोन अनलक्ड भएकै अवस्थामा कसैले फेला पार्यो भने त्यो उसको साथमा रहुन्जेल लक हुँदैन । र, त्यसरी फोन हात पार्नेले तपाइँको खुल्ला रहेको स्मार्टफोनबाट चाहेको कुरा गर्न सक्छ ।
यो फिचरले स्पर्श थाहा पाउने भएपनि स्पर्शको भिन्नता थाहा पाउँदैन वा स्पर्श कसको हो ? भन्ने छुट्टाउन सक्दैन ।
यो सुविधा एन्ड्रोइड फाइभ र त्यसभन्दा माथिल्लो अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा प्रयोग गर्न सकिनेछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।