Skip to main content

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं


काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने मोरक्ककोको माराकेच सहर परेको छ। दोस्रोमा कम्बोडियाको साएम रिप सहर छ।

काठमाडौंले ग्रिसको एथेन्स, हंगेरीको बुडापेस्ट, न्युजिल्यान्डको क्विन्सटाउन, चीनको हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई र अस्ट्रेलियाको सिड्नीलाई सूचीमा पछाडि पारेको छ।
ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो। यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर टि्रप एडभाइजरले सूची सार्वजनिक गरेको हो। 
‘ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु खुसीको कुरा हो र हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि पनि हो,' मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले बुधबार नागरिकसँग भने, ‘यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन्। यसबाट हामी उत्साहित छौं।'
टि्रप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले ‘क्यास' गर्नुपर्ने उनले बताए। मुलुकको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवर्द्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनको भनाइ छ। बोर्डसँग निजी पर्यटन क्षेत्रको सहकार्य निरन्तर रहने उनले बताए। 
‘संसारका ठूला टुर तथा ट्राभल अपरेटरहरूले टि्रप एडभाइजरको यो सूचीलाई आफ्ना ‘ब्रोसर' (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,' गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने, ‘त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन।'

संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ उदीयमान गन्तव्य छनोट गरेका हुन्। टि्रप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ। 
 ‘काठमाडौं उत्कृष्टको सूचीमा पर्नुको प्रमुख कारण प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक देन हो,' उनले भने, ‘त्यसमाथि संसारका अन्य गन्तव्यको दाँजोमा काठमाडौं बस्न र खान सस्तो पनि छ। तर, सस्तोको अर्थ गुणस्तरी य छैन भन्ने होइन, गुणस्तरीय सेवामा पनि हामी कम छैनौं।' नेपाल वायुसेवा निगमलाई पर्याप्त जहाज र पर्यटन बोर्डमा प्रमुख कार्यकारी नियुक्ति गरी अगाडि बढ्न सके पर्यटन उद्योगले ठूलो राहत पाउने उनको भनाइ छ। 
पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले टि्रप एडभाइजरलाई पछ्याउने गर्छन्। यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ।
‘उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्तहर्ने गाउँहरूले घेरिएको उपत्यका हो,' टि्रप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्टको सूचीमा लेखेको छ, ‘स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन्।'
सन् २०१५ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्या उने टि्रप एडभाइजरले जनाएको छ। टि्रप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा टर्कीको इस्तानबुल, चौथो स्थानमा भियतनामको हनोइ, पाँचौमा चेक गणतन्त्रको प्राग, छैठौंमा बेलायतको लन्डन, सातौंमा इटालीको रोम, आठौं अर्जेन्टिनाको ब्युनस आयर्स, नवौं फ्रान्सको पेरिस, दसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एघारौं अमेरिकाको न्युयोक र बाह्रौं स्थानमा स्वीट्जरल्यान्डको जर्माट सहर परेका छन्। 
त्यसैगरी सूचीको तेह्रौं स्थानमा स्पेनको बार्सिलोना, चौधौं टर्कीको गोरेमी, पन्ध्रौं इन्डोनेसियाको उबुड, सोह्रौं पेरुको कुस्को, सत्रौं रुसको सेन्ट पिटर्सबर्ग, अठारौं थाइल्यान्डको बैंकक, बीसौं ग्रिसको एथेन्स, एक्काइसौं हंगेरीको बुडापेस्ट, बाइसौं न्युजिल्यान्डको क्विन्स्टाउन, तेइसौं चीनको हङकङ, चौबीसौंमा युएईको दुबई र पच्चीसौं स्थानमा अस्ट्रेलियाको सिड्नी परेको छ।  
टि्प एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ। हाल यसका ६ करोड सदस्य छन्। यसको वेबसाइट प्रतिमहिना २८ करोडजनाले हेर्ने गर्छन्। हालसम्म यसमा संसारका ३१ लाख (होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्य) का बारेमा १७ करोडवटा समीक्षा र विचार समेटिइसकेका छन्। 

सन् २००० मा अमेरिकामा स्थापना भएको टि्रप एडभाइजर पब्लिक कम्पनी हो। यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ। २ हजार ७ सय ९३ जनालाई रोजगारी दिएको यसले २०१३ मा ९४ करोड ४७ लाख अमेरिकी डलर (९४ अर्ब ४७ करोड रुपैयाँ) आम्दानी गरेको थियो।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।