Skip to main content

थाहा छ ? पासवर्ड बिना अरुले खोल्छन् तपाइँको फेसबुक अकाउण्ट

फेसबुक अकाउण्ट लगइन गर्नका लागि पासवर्ड चाहिन्छ । आफ्नो पासवर्ड गोप्य राखेपछि फेसबुक अकाउण्ट सुरक्षित रहन्छ र अरु कसैले खोल्न बिगार्न सक्दैन भनेर तपाइँ ढुक्क हुनुहुन्छ होला । तपाइँ हाम्रो फेसबुक अकाउण्ट कोही कोही मानिसहरुले पासवर्ड बिनै खोल्न सक्छन् भन्ने कुरा सायद थाहा छैन होला । तर हाम्रो फेसबुक अकाउण्ट खोल्नका लागि केही मानिसहरुलाई पासवर्ड नै चाहिँदैन र सिधै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोलेर हेर्न र चाहेको कुरा गर्न सक्छन् ।

आखिर को होलान् त त्यस्तो शक्तिशाली मानिस जसले पासवर्ड बिनै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोल्न सक्छन् ? अरु कुनै अनधिकृत व्यक्ति वा तेश्रो पक्षलाई त्यस्तो अधिकार हुने कुरै भएन । फेसबुकका केही कर्मचारीहरुले नै यस्तो गर्न सक्छन् । फेसबुकले आफ्नो केही कर्मचारीलाई जो कोही प्रयोगकर्ताको अकाउण्ट पासवर्ड बिनै खोल्ने सुविधा प्रदान गरेको हो ।

प्रविधि सम्बन्धि वेबसाइट भेन्चरबिटले यस्तो गोप्य तथ्यको खुलासा गरेको हो । फेसबुकका अनुसार पासवर्ड बिनै आफ्ना केही कर्मचारीलाई प्रयोगकर्ताको अकाउण्ट लगइन गर्ने सुविधा प्रदान गरिएको विषय निकै व्यवस्थित, गोप्य तथा सख्त अनुशासित उपभोक्ता सहयोग प्रणाली हो ।

यस्तो अधिकार पाएका आफ्ना कर्मचारीहरुले नियम उल्लंघन गरेको वा प्रयोगकर्ताको अकाउण्टमा कुनै गडबडी पूराएको तथा अनधिकृत काम गरेको पाइएमा तत्कालै निष्कासित गरिने प्रष्टिकरण फेसबुकले दिएको उक्त वेबसाइटले जनाएको छ ।

भेन्चरबिटले आफ्नो रिपोर्टमा फेसबुकका प्रवक्तालाई उधृत गर्दै भनेको छ, कुनैपनि व्यक्तिको फेसबुक अकाउण्टलाई खोल्ने स्वतन्त्रता केही तहमा प्रदान गरिएको हुन्छ र केही निर्धारित उद्देश्यका लागि यस्तो गरिन्छ ।

फेसबुकका सम्बन्धित कर्मचारीले निर्धारित कार्यसँग सम्बन्धित विषयका लागि प्रयोगकर्ताको अकाउण्ट खोल्न सक्छन् र सम्बन्धित कार्यका लागि आवश्यक सूचना मात्र प्राप्त गर्न सक्छन् ।

फेसबुक प्रयोगकर्ताको शंकास्पद व्यवहारको जाँचका लागि फेसबुकले यस प्रकारका दुइवटा सिस्टम स्थापित गरेको छ, जसबाट हरेक हप्ता फेसबुकले प्रतिवेदन तयार गर्दछ । फेसबुकका दुइ स्वतन्त्र सुरक्षा दलले उक्त रिपोर्टको पुनर्समिक्षा गर्छन् । यो कार्यमा संलग्न कर्मचारीहरुको अनुचित व्यवहार तथा नियम उल्लंघनलाई लिएर फेसबुकले निकै नै गम्भीर रबैया अपनाउने र अनैतिक काम गर्ने कर्मचारीलाई जागिरबाटै निकालिने फेसबुकले जनाएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।