Skip to main content

आप्पाको सपनालाई गुगलको साथ

 अब लुक्ला विमानस्थलदेखि सगरमाथा फेदीस म 'भर्चुअल टुर'
 २१ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका 'सुपर शेर्पा' आप्पालाई आफ्नो गाउँठाउँका लागि केही गर्न नसकेको थकथकी लागिरहेको थियो। दुई वर्षअघि उनकै नेतृत्वमा ताप्लेजुङदेखि दार्चुलासम्मको ९९ दिने पैदलयात्राका क्रममा सहयात्रीसँग सगरमाथा क्षेत्रमा के गर्न सकिन्छ भन्नेबारे लामै छलफल भयो। १६ सय किलोमिटर यात्रा सकिने बेला आप्पाले निष्कर्ष निकाले, अब फेरि पनि सोलुखुम्बुका युवाले मेरोजस्तै हिमाल चढ्ने बाध्यात्मक पेसा नअपनाऊन्।

यात्रामा सँगै रहेका पत्रकार सौरभ ढकालले सम्झिए, 'त्यसपछि आप्पा शेर्पा फाउन्डेसनको सोच बन्यो, खुम्बु क्षेत्रको विकास सपनाले गुगलसँग जोडियौं।' गाउँघरका कथा 'स्टोरी साइकल' मार्फत विश्वलाई देखाउँदै-सुनाउँदै आएका सौरभ र आप्पाले छलफल गरे, सुन्दर र दुर्लभ सगरमाथा क्षेत्रलाई विश्वबजारमा अझै चिनाउनुपर्छ।

उनीहरूको सोचलाई विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले साथ दियो र बन्यो सगरमाथाको भर्चुअल टुर। गुगलसँगको सहकार्यमा स्टोरी साइकल र आप्पा शेर्पा फाउन्डेसनले लुक्ला विमानस्थलदेखि सगरमाथाको फेदसम्मको रोमाञ्चक यात्रा गराउन थालेका छन्। गुगलले गत बिहीबार सार्वजनिक गरेको स्ट्रिट भ्यु सेवामा सगरमाथा क्षेत्र समेटिएपछि विविध कारण त्यहाँको यात्रा गर्न नसक्नेका लागि सजिलो भएको छ।

गुगलले सगरमाथा क्षेत्रलाई चित्र, नक्सा, तस्बिर तथा भिडियोबाट व्याख्या गरेको छ। लुक्ला विमानस्थलदेखि सुरु हुने यात्रा त्यहाँका सांस्कृतिक, शैक्षिक, धार्मिक तथा सामाजिक गतिविधि हेर्दै र अनुभव गर्दै खुम्बु क्षेत्रको फन्को मारेर सकिन्छ। स्ट्रिट भ्युमा पैदलयात्राको अनुभूति पनि गर्न सकिन्छ।

स्ट्रिट युमा भर्चुअल टुर तयार गर्न गुगलले ट्र्याकर डिभाइस बोकेर गुगल आउटरिचका रालेस सेमेस्टरको नेतृत्वमा तीनजनाको टोली खटाएको थियो। सेमेस्टरसँगै सगरमाथा क्षेत्रको जीवनशैली, पर्यटकीय र सांस्कृतिक गतिविधि तस्बिर र भिडियोमा कैद गर्न स्टोरी साइकलका सौरभ, अंकुर शर्मा र स्वप्निल आचार्यले ११ महिना काम गरेका थिए। 'हामीले लगातार ११ महिनाको परिश्रमपछि सगरमाथा क्षेत्रलाई गुगल स्ट्रिट भ्युमा देख्न पाएका हौं', सौरभले अन्नपूर्णसँग भने। यो टोलीले खुम्म्बु क्षेत्रको ४५ हजार तस्बिर खिचेको थियो।

'मैलै जसरी जीविकोपार्जनका लागि अबको शेर्पा पुस्ताले सगरमाथा चढ्ने र भारी बोक्ने काम गर्नु नपरोस् भन्ने मेरो उद्देश्य हो। आउँदो पुस्ताले हिमालभन्दा बाहेकका काम गर्ने क्षमता राख्नुपर्छ।' 'गुगल स्ट्रिट भ्युमार्फत विश्वभरिका दर्शकले खुम्बु क्षेत्रको जीवन क युटरमै हेर्न पाउनेछन् जसले मलाई समाजसेवाका लागि सहयोगसमेत हुन सक्छ।' 'विश्वलाई सगरमाथाको सुन्दरतामात्रै थाहा छ तर यहाँको जीवनस्तर र दुख थाहा छैन।'
गुगलको यो नयाँ उपहारले सगरमाथा क्षेत्रको विश्वबजारमा अझ महत्त्व बढ्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिने आप्पाको विश्वास छ। आप्पाले भने, 'मेलै जसरी जीविकोपार्जनका लागि अबको शेर्पा पुस्ताले सगरमाथा चढ्ने र भारी बोक्ने काम गर्नु नपरोस् भन्ने मेरो उद्देश्य हो', उनले भने, 'गुगल स्ट्रिट भ्युमार्फत विश्वभरिका दर्शकले खुम्बु क्षेत्रको जीवन हेर्न पाउनेछन् जसले मलाई समाज सेवाका लागि सहयोग हुनसक्छ।'

गुगल स्ट्रिट भ्युमा देखिएको नाम्चे बजार
गुगल र स्टोरी साइकलको टोली खुम्बु क्षेत्रमा सूचना संकलनका आप्पाले भेट्ने व्यक्ति र समेटिनुपर्ने तस्बिर, व्यक्ति र स्थानबारे सुझाव दिइरहेका थिए। उनकै सल्लाह र सिफारिसमा उनकै गाउँ थामेसहित लुक्ला, नाम्चेबजार, खुम्जुङ र फोर्चेका जीवनशैली, सांस्कृतिक र धार्मिक सम्पदा तथा शिक्षा र स्वास्थ्यका अवस्था समेटिएको गुगलले उल्लेख गरेको छ। यीसँगै होटेल, लज, हिमाल, पहाड, नदीनालासहित अरू प्राकृतिक सुन्दरतासमेत समेटिएको छ। 'विश्वलाई सगरमाथाको सुन्दरतामात्रै थाहा छ तर यहाँको जीवनस्तर र दु:खबारे थाहा छैन', आप्पाले भने।

आउँदो शनिबार बिहान सान फ्रान्सिस्कोमा आप्पा फाउन्डेसनले स्ट्रिट यु प्रचारप्रसारका लागि कार्यक्रम तय गरेको छ। खुम्बु क्षेत्रको समस्या र सुन्दरतासँगै अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आप्पाले जनाएका छन्। त्यहाँबाट प्राप्त रकम खुम्बु क्षेत्रको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्ने योजना छ। सगरमाथा आरोहण तथा अन्य यात्राका विभिन्न चित्रकला बिक्रीका लागि राखिनेछन्। 'यहाँबाट संकलन भएको पैसा खुम्बु क्षेत्रका आउँदो पुस्ताको क्षमता विकासका लागि खर्च गर्छु', आप्पाले भने।

आफूले रहरले नभई बाध्यताले २१ पटक सगरमाथा चढेको स्मरण गर्दै आप्पाले भने, 'आउँदो पुस्ताले हिमालभन्दा बाहेकका काम गर्ने क्षमता राख्ने बनाउनु छ।' सोही कार्यक्रममा भाग लिन अमेरिका जाने तयारी गरिरहेका ढकालले भने, 'त्यहाँका नेपाली र अन्य समुदायले गर्ने सहयोग खुम्बुमा नयाँ स्कुल खोल्न प्रयोग गर्ने आप्पाको कार्यक्रम छ।'

गुगलले सन् २०१३ मा पहिलोपटक खुम्बु क्षेत्रका केही गुम्बा र आधार शिविर स्ट्रिट भ्युमा समावेश गरेको थियो। गत वर्ष खुम्बु क्षेत्रमा हिमपहिरो गएपछि नेसनल जिओग्राफीले सगरमाथा चढेको (थ्री डी) अनुभव गर्न सकिने साइट सार्वजनिक गरेको थियो।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।