Skip to main content

Posts

Showing posts from April, 2015

१२० घन्टापछि यसरी भयो जीवितै उद्दार, ५ दिनसम्म पेम्बाले के खाए, कसरी बाँचे ?, यस्तो छ अनुभव (भिडियोसहित)

भूकम्पमा यसरी हल्लियो राजधानी (भिडियोहरु)

काठमाडौ, वैशाख १८ - शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ । यसले हजारौं घर भत्काएको छ भने हजारौं घाइते छन् । यो विस १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प हो । पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका जनताले घर बाहिर खुला स्थानमा रात बिताए । केहीले मोबाइल र क्यामेरामार्फत भूकम्पका दृश्य र भिडियो कैद गर्न भ्याए । राजधानीका विभिन्न स्थानमा राखिएको सीसीटीभीमा पनि भूकम्पका दृश्यहरु कैद भएका थिए । नेपाल प्रहरीको पहुँचमा रहेका ति सीसीक्यामेरामा कैद भूकम्पका भिडियो यहाँ संकलन गरिएको छ । ईकान्तिपुरको यूट्युब पेजमा गएर भूकम्पसँग सम्बन्धित अन्य भिडियोहरु हेर्न सकिन्छ । टुँडिखेल नजिकैको आकाशेपुल यसरी भत्कियो 

नेपालको भुकम्प प्रभावितका लागि फेसबुक र गुगललको प्रयास

नेपालमा गएको विनाशकारी भुकम्पपछि फेसबुकले आफ्नो नयाँ एप सुरु गरेको छ जसले भुकम्प प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्नेछ । सेफ्टी चेक नामको यो नयाँ एपले फेसबुक प्रयोगकर्तालाई आफ्नो अवस्था तथा सुरक्षाको विषयमा आफ्ना फेसबुके साथीलाई जानकारी गारउन तथा सूचना दिएर सतर्क बनाउन मद्दत गर्दछ । यो एपले भुकम्पबाट क्षतिग्रस्त विपदयुक्त क्षेत्रबाट तपाइँ कति टाढा हुनुहुन्छ भन्ने कुरा पहिचान गर्दछ । यदि तपाइँ विपदयुक्त अर्थात् खतयायुक्त क्षेत्रमा पर्नुभयो भने तपाइँलाई प्रश्न सोधिन्छ, के तपाइँ सुरक्षित हुनुहुन्छ भनेर । यदि सुरक्षित हुनुहुन्छ भने आफ्ना साथी तथा परिवारजनलाई त्यसको जानकारी सोही बमोजिम गराउन सक्नुहुन्छ । साथै तपाइँले तपाइँका अन्य फेसबुके साथीहरु जो तपाइँ भएकै क्षेत्र रहेका छन् भने उनीहरु सुरक्षित छन् की छैनन् भन्ने कुरा समेत जानकारी लिन सक्नुहुन्छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले भनेका छन्, ‘जब प्रकोप हुन्छ तब मानिसहरुलाई आफ्ना प्रियजन सुरक्षित छन् की छैनन् भन्ने कुरा जान्नु आवश्यक पर्छ । यस्तो विपदको अवस्थामा एक अर्काबीच सम्पर्क हुनु साँच्चीकै महत्वपूर्ण हुन्छ । यो दुखद् अवस्था

२०,२१ र २२ सोलुखुम्बुबाट काठमान्डौ निसुल्करुपमा आउन र जानकालागि ब्याबस्था

२०,२१ र २२ सोलुखुम्बुबाट काठमान्डौ निसुल्करुपमा आउन र जानकालागि ब्याबस्था ।।।।। सोलुखुम्बुमा पनि राहतबितरन सुरु ।।।।ओमभक्त थुलुङ दुधकोशी एफएम ९४.६ सोलुखुम्बुका सम्पुर्ण यातायात ब्याबसायी संघले भुकम्पपिडितलाई लक्षीत गरि वैशाष २० र २१ गते काठमाण्डौबाट सोलुखुम्बु र २१ र २२ सोलुखुम्बुबाट काठमान्डौ निसुल्करुपमा आउन र जानकालागि ब्याबस्था गरेको छ ।  सोलुखुम्बुकालागि संचालन हुदै आइरहैकोयातायात ब्याबसाय संघको काउन्टरबाट २०,२१ र २२ गतेकोलागी सोलुखुम्बु तथा काठमान्डौमा सम्पर्क गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयको छ ।  सोलुखुम्बुमा हाल संचालनभैरहेका दुधकुण्ड याताया,सिटि भिलेज यातायात, सल्लेरी यातायात, र हलेसी दर्शन यातायात लगायतका अन्य सोलुखुम्बु काठमाण्डौ चल्ने यातायातहरुले भुकम्पपिडतलाई राहत स्वारुप निसुल्क सेवा दिने निर्नय आज गरेका छ । त्यसै गरि सोलुखुम्बुका भुकम्पपिडितलाई राहत वितरण तथा विवरण संकलन गर्नकालागि सम्पुर्ण गाविस सचिवहरुलाई आ आफ्नो गाविस पाठाइसकियको र भुकम्पपिडितलाई ५००० क्षेतिपुर्ति साथमा २००० रासन ब्याबस्थापन गरी सात हजार पाउे ब्याबस्थाकासा

भूकम्पको क्षतिले सगरमाथा आरोहण नरोकिने

नविन अर्याल १६ वैशाख, काठमाडौं । भूकम्पका कारण केही समस्या देखिए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नरोकिने भएको छ । सगरमाथा आरोहण गर्ने बाटोमा भूकम्पको प्रभाव कम परेको हुँदा आरोहण नरोकिने भएको हो । अहिले सगरमाथा बेसक्याम्पमा ४२ समूह सगरमाथा आरोहणका लागि अनुकूल समय कुरेर बसिरहेका छन् । हिमाल आरोहणका लागि मे महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता उपयु्क्त मानिन्छ । ‘आगामी हप्तादेखि सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु गर्छौं’ पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने- ‘छिटोभन्दा छिटो बाटो तयार गरी आरोहीलाई सगरमाथाको बाटो सोझ्याउन भन्छौं ।’ सगरमाथा पोलुसन कन्ट्रोल कमिसन (एसपीसीसी)ले सगरमाथा आरोहणका लागि बाटो बनाउने जिम्मा पाएको छ । उसले डोरी टाँगेर बाटो बनाउने काम गर्छ । भुईंचालोका कारण हिउँ पहिरो गएपछि बाटो बिग्रिएको छ । यही भुईंचालोका कारण बेस क्याम्पमा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १४ जना नेपाली रहेका छन् भने ४ जना विदेशी रहेका छन् । विदेशीमा २ जना अमेरिकन, एकजना अष्ट्रेलियन र एकजना चाइनिज रहेका छन् । हिमपहिरोका कारण ६१ जना घाइते भएका छन् । हिम पहिरोको जोख

सगरमाथामा मृत्यु हुनेको पहिचान खुल्यो १० नेपाली, ५ विदेशी तथा दुई महिला आरोही

सगरमाथा आधार शिविरमा मृत्यु भएकामध्ये १५ जनाको पहिचान खुलेको छ । यसमा १० जना नेपाली र ५ विदेशी छन । दश नेपालीमध्ये नौ जना एउटै कम्पनीका नेपाली कामदार परेका छन् ।  पर्यटन विभागले २० जनाको मृत्यु भएको खबर जानकारीमा आएपनि मंगलबारसम्म १५ जनाको पहिचान भएको बताएको छ । घाइते ६१ जनालाई उद्दार गरिएको छ । यिमध्ये अधिकाशंलाई आइतबार नै काठमाडौं ल्याइएको थियो ।   विभागका महानिर्देशक तुलसी गौतमका अनुसार, आधार शिविरमा मृत्यु हुनेमा लाक्पा छिरिङ शेर्पा, शिवकुमार श्रेष्ठ, पेमा हिसी शेर्पा, दावा छिरी शेर्पा, पेम्बा शेर्पा, मिलन राई, पासाङ्ग तेम्बा शेर्पा र तेन्जिङ्ग भोटे छन । पहिलो चिनीयाँ महिला आरोहण दलसँग गएका लाक्पा छिरिङ्ग शेर्पा ड्रिमर डेस्टीनेशन ट्ेरकका हाई अल्टीच्यूट वर्कर हुन । उनको मुलघर खुम्जुङ्ग –५ सोलुखुम्बु हो । शिवकुमार श्रेष्ठ ड्रिमर्स डेस्टिनेशनकै भान्से हुन । उनी खहरे – ४ दोलखा निवासी हुन । त्यसैगरी हिमालयन गाइड्स नेपाल ट्ेरक्स एण्ड एक्सीपिडिसनका नौ जनाको मृत्यु भएको छ । यसमा एक जना आरोही अमेरिकी नागरिक र बाँकी आठ जना नेपाली छन् । विभागका अनुसार, मृत्यु हुनेमा बुङ – ९ सोलुखुम्ब

स्मार्टफोन पानीमा खस्यो ? यसो गर्नुस्

आफ्ना ग्याजेट, खासगरी स्मार्टफोनहरु पानीमा खस्ने समस्या धेरैले भोग्ने समस्या हो । पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ-  स्विच अफ गर्नुहोस् - गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ । सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ । झट्कार

आप्पा सहयोग बोकेर नाम्चेतर्फ

कीर्तिमानी आरोही आप्पा शेर्पा अमेरिकाबाट ल्याएको सहयोगको पोको बोकेर खुम्बुतर्फ लागेका छन्।  आफ्नो गाउँका स्कुलको सहयोगका लागि आप्पा फाउन्डेसनलाई दाताले उपलब्ध गराएको किताब, पैसा तथा कम्प्युटरलगायतका सामग्री लिएर शुक्रबार बिहान आप्पा आफ्नो समूहसहित नाम्चे जाँदैछन्।  अमेरिकाबाट बुधबार काठमाडौं आइपुगेका आप्पाको टोलीमा फाउन्डेसनका उपसभापति भालेरी लिट्लेन्टनसहित अन्य दाता र सहयोगी छन्। आप्पा फाउन्डेसन, स्टोरी साइकल र गुगलले नेपालको खुम्बु क्षेत्रलाई गुगल स्ट्रिट यूमा राखेपछि फाउन्डेसनमा सहयोगी बढेका छन्।  आप्पा फाउन्डेसनले सहयोग गरिरहेका खुम्बु क्षेत्रका विभिन्न स्कुलमा सामग्री हस्तान्तरण गर्ने र उनीहरूका आवश्यकता पहिचान गर्ने योजना आप्पाको छ।  आप्पाको गाउँमा रहेको थामे स्कुलसमेत पुगेर फर्किने टोलीको कार्यक्रम छ। आप्पाको गाउँमा सहयोग गर्न फाउन्डेसनमा दाताहरूले सहयोग बढाइरहेकोले थप कार्यक्रम र प्राथमिकता निर्धारण गर्न आवश्यक भएको भालेरीले बताइन्। उनीहरूले स्कुलमा आवश्यक कम्प्युटर, शिक्षक तथा उसका लागि चाहिने तलब तथा अन्य भौतिक पूर्वाधार उपलब्ध गराउने योजना बनाएका छन्। 

Preparing to Climb Mount Everest Without Oxygen | The Climb

MELISSA ARNOT - PREPARING TO CLIMB MOUNT EVEREST WITHOUT OXYGEN Melissa Arnot has already summited Mt. Everest five times. On her next expedition, she will attempt to set a new record by being the first U.S. woman to climb the mountain without supplemental oxygen.

हातको औंलाहरु हेरेर आँफु कस्तो छु भनेर थाहापाई राख्नुहोस्

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ । सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् । उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् । A.  चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ । B.  चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् ।

८३ वर्षमा शेरचन पुनः सगरमाथा चढ्दै

काठमाडौँ, वैशाख ९ – वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वोच्च शिखरको आरोहण गर्ने भएका छन् । हाल ८३ वर्ष ९ महिनाका शेरचन यसअघि विसं २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल हुनु भएका थिए । पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउरा ले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् । शेरचन शुक्रबारको सो दिनको साइतमा काठमाडौँबाट लुक्लातर्फ लाग्दै छन् । नेपालकै ८२ वर्षीय पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको ज्येष्ठ नागरिक आरोहीको कीर्तिमान कायम राख्न सगरमाथा आरोहणका क्रममा दुःखद् निधन भएको थियो । आरोहणबारे आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा ९एमाले० का पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले शेरचनलाई खादा ओढाइ सफलताको कामना गरेका थिए । प्रमुख थापाले शेरचनले दोस्रो पटक आरोहणको साहस गर्नुभएकोमा सफलताको कामना रे। म्याग्दीको

लोकसेवा फारम अब घरै बसीबसी भर्न सकिने

९ वैशाख, काठमाडौ । लोकसेवा आयोगको फरम भर्ने तयारीम हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको गोरखापत्रमा खबर छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट आलाइनमार्फत आयोगको फरम भर्न सक्नेछन्  तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ । आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हरेर आगामी दिनमा बाँकी पदका कालागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए ।

कुन बैंकले कति व्याजदर दिइरहेका छन ?

७ वैशाख, काठमाडौं । तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ ।, केही साताभित्रै बैंकहरुले ब्याजदर बढाउँदैछन् । कुन बैंकले कति व्याजदर दिइरहेका छन ? बैंक  बचत निक्षेपको व्याजदर (%)मा मुद्दति निक्षेपको व्याजदर (%)मा स्टान्डर्ड चाटर्ड 1.75-2.75 0.5-3 कृषि विकास बैंक 2.75-4.75 3.75-6 ीसद्धार्थ बैंक 2-4 2.5-5.5 सनराइज बैंक 3.5-4.5 4-5.75 ग्लोबल आइएमइ 2-4 2-5 सानिमा बैंक 3.5-4 3-5.5 बैंक अफ काठमाण्डू 2-4 2-6 माछापुच्छ्रे बैंक 2.5-4.5 3-5.5 इन्भेष्टमेन्ट 2-4 2-4.5 नविल बैंक 2.85-4.35 1.25-4.5 लुुम्बिनी बैंक 2.5-4.5 3-4.5 प्राइम बैंक 2-4 3-5 ीहमालयन बैंक 2-3.5 2.75-4.25 एनबी बैंक 2.75-4 2.75-5 नेपाल बैंक 1.75-3.25 4.5-6 एनएमबी बैंक 3.5-5.5 4-6.5 जनता बैंक 3-5 2-7.5 सेञ्चुरी बैंक 2-5.5 3-6 मेगा बैंक 1.5-4 2-4 एनसीसी बैंक 3.25-4.75 2.5-5.5 कुमारी बैंक 2.25-4.25 2-5.5 लक्ष्मी बैंक 2-4.5 4-5.5 राष्ट्रिय वाणिज्य बैंक 1.75-3 3-4.5

यसपटक २९ समूहले सगरमाथा चढ्दै, आधार शिविरमा खचाखच

सगरमाथासहित अन्य हिमशृङ्खला र हिमाल आरोहण गर्नका लागि ३६६ पर्यटकले सगरमाथाको आधार शिविर प्रवेश गरेका छन् ।  उनन्तीस समूहका २७३ ले सगरमाथा आरोहणका लागि प्रवेश पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जानकारी दिएको छ ।  अधिकांश पर्यटक सगरमाथाको आधार शिविर पुगेका छन् भने केही पुग्ने क्रममा छन् । सगरमाथासँगै रहेको अर्को ल्होत्से हिमालको आरोहण गर्न भने ९० समूहका ९३ आरोही रहेका छन् । एक हप्ताअघि नै आरोहण सुरु गरी क्याम्प एकतर्फ लाग्नुपर्ने भए पनि मौसम प्रतिकूल बन्दा आरोहीहरु सगरमाथा आधार शिविरमै थन्किएका छन् । वर्षा र निरन्तर हिउँ परिरहेकाले उनीहरु आधार शिविरमै रोकिनुपर्ने बाध्यता भएको हो ।  दुई दिनयता मौसममा सुधार आएपछि क्याम्प एकतर्फ दुई समूह्र लागेको बताइएको छ ।  हालसम्म कुनै पनि आरोही आधार शिविरमाथि जान सकेका छैनन् भने आधार शिविर खचाखच भएको छ ।  अहिले आरोही तथा आरोहण दलका सहयोगी गरी झन्डै एक हजार बढी पर्यटक आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत कपिन्द्र राईले बताउनुभयो ।

ह्वाट्सएपमा नयाँ फीचर, गूगल ड्राइभमा च्याट सेभ हुने

६ वैशाख । ह्वाट्सएपले प्रयोगकर्ताको लागि म्यासेजिंग एपलाई अपडेट गरेको छ । ह्वाट्सएपमा एक नयाँ फीचर जोडिएको छ । यो फीचरको सहयोगद्धारा यूजर्सले आफ्नो कुराकानीलाई कन्भर्शेसनलाई गूगल ड्राइभमा सेभ गर्न सकिन्छ । ह्वाट्सएपमा अफलाइन कन्भर्सेशन ब्याकअपको अप्शन पहिलेदेखि नै छ तर अनलाइन कन्भर्सेशनका अप्शन यूजर्सका लागि ज्यादा सुविधाजनक हुनेछ । यो अपडेट ह्वाट्सएपको लेटेस्ट भर्सन भी२. १२. ४५ (V2.12.45) मा गरेको छ । ह्वाट्स एपको लेटेस्ट भर्सन कम्पनीको आधिकारीक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । यसको लागि ह्वाट्सएपको लेटेस्ट भर्सनलाई डाउनलोड गरेर च्याट सेटिंग ट्याबमा ‘टेक अ ब्याकअप टू गूगल ड्राइभ’ को अप्शन छनौट गर्नुपर्नेछ । यसपछि प्रयोगकर्ताले जीमेल एकाउन्टमा कनभर्सेशनलाई सेभ गर्न चाहनेले त्यसलाई ह्वाट्सएपको साथ सिंक गर्न सकिन्छ । तर यो एप आईओएस तथा विण्डोज फोनका लागि उपलब्ध छैन् । तर महत्वपूर्ण यो छ की गूगल प्ले स्टोरमा पनि यो एप अपडेट गरिएको छैन् ।

पासाङले सगरमाथा चुमेको दिन

पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा विजय गर्ने प्रथम नेपाली महिला हुन् । सन् १९९० मा उनले प्रथमपटक आरोहण प्रयास गरिन् । दुर्भाग्यवश उनको टोलीनेताको दुराशयको कारण चुचुरोमा नपुगी पर्कनुपर्‍यो । सन् १९९१ म आफ्नै नेतृत्वमा प्रथम नेपाली महिला सगरमाथा अभियानको आयोजना गरिन् । यो नेपालमा नेपाली महिलाकै नेतृत्वमा भएको पहिलो सगरमा अभियान थियो । सन् १९९१ के सगरमाथा अभियान पनि खराब म ौसमकै कारण सफल हुन सकेन । तर, पासाङलाई प्रत्येक आरोहणले पहिलेभन्दा झ् सफलता हासिल गर्नै प्ररणा दिइरहेको थियो । त्यस समय नेपालको सन्दर्भमा पुरुषको मात्र एकाधिकार रहेको सगरमाथा आरोहण अभियान एक महिलाका लागि असम्भव हुन सक्दैन भन्ने दृढ विश्वास राख्ने पासाङले चौथोपटकको प्रयासमा सन् १९९३ मा सगरमाथा सफल आरोहण गरिन् ।  सगरमाथा विजय गरिछाड्ने पासाङको दृढता यस्तो प्रबल थियो कि उनले आफ्नो जिउज्यानको कहिल्यै फिक्री गरिनन् । तीन कलिला छोराछोरी, अति नै माया गर्ने पति र सुन्दर घर संसारको समेत प्रवाह नगरी जोखिमपूर्ण कार्यमा सरिक हुन उनलाई कसैले रोकेन । उनी त्यस्ती वीरंगना थिइन् जसको हृदय राष्ट्रिय भावनाले ओतपोत थिय

सगरमाथाको आधार शिविरमा ३ सय ६६ आरोही

सोलुखुम्बु - सगरमाथा सहित हिमाल आरोहण गर्नका लागि ३ सय ६६ सोलुखुम्बु प्रवेश गरेका छन् । २९ ग्रुपको २ सय ७३ ले सगरमाथा आरोहणका लागि प्रवेश पाएको सगरमाथा प्रदुषण नियन्त्रण समिति यसपिसिसिले जानकारी दिए । त्यसमध्ये अधिकांश सगरमाथाको आधार शिबिर पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् । यसपिसिसि अधिकृत कपिन्द्र राईका अनुसार सगरमाथा संगै रहेको अर्को ल्होत्से हिमालको आरोहण गर्न १० ग्रुपका ९३ आरोहीहरु रहेका छन् । अझै १ हप्तासम्म दिनमा १ ग्रुप आईरहने उनले बताए ।  तर सगरमाथाको छेवैमा रहेको अर्को हिमाल नुप्त्सेको आरोहणका लागि यस बर्ष हाल सम्म कोही पनि आरोही प्रबेश नगरेको राईको भनाई छ । सगरमाथा वा सोलुखुम्बुको हिमालहरु आरोहणका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट प्रपेशाज्ञा लिएर मात्रै जानु पर्दछ । एक हप्ता देखि मौसम प्रतिकुल बन्दा आरोहीहरु सगरमाथा आधार शिविरमै थन्किएका छन् । १ हप्ता पहिले देखी नै आरोहण सुरु गरि क्याम्प वान तर्फ लाग्नु पर्ने भए पनि बर्षा र निरन्तर हिउँ परिरहेकोले उनीहरु आधार शिविरमै रोकिनु परेको हो ।  दुई दिन यता मौसममा सुधार आएपछि  आज क्याम्प वान तर्फ दु

सगरमाथा आधार शिविरमा समस्या

सोलुखुम्बु, वैशाख ४ । खराब मौसमका कारण सगरमाथा आधार शिविरमा रहेका आरोहीहरु समस्यामा परेका छन् । गत आइतबार राति झन्डै तीन फिट हिउँ परेपछि बढेको समस्या मौसममा सुधार नआउँदा झन् बढेको हो । जसका कारण आधार शिविरबाट आरोहीहरु अघि बढ्न सकेका छैनन । यसअघि दोस्रो शिविरसम्मको बाटो बनाइएकोमा हिमपातका कारण सो बाटो बिग्रिएकाले अघि बढ्न नसकेको बताइएको छ । मौसम सुधारको आशामा रहेका आरोहीहरु शुक्रबारसम्म आधार शिविरबाट अघि बढ्न नसकेको ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रामकाजी थामीले जानकारी दिए ।  स्रोतःइमेज च्यानल  

कामे अनाथहरुको आवाज लिएर चुचुरो टेक्दै फोटो फिचर

अनाथ टुहुरा र असहाय बालबालिकालाई शिक्षा दिन र तिनको हेरचाहका लागि आर्थिक स्रोत जुटाउन सोलुखुम्बुका कामे मगर सगरमाथा आरोहणको तयारीमा छन् । आफैँ रक्त क्यान्सरबाट पीडित भई हाल स्वस्थ हुनुभएका मगरले असहाय बालबालिकाको अवस्थाप्रति समाज र राष्ट्रको ध्यान आकृष्ट गर्न सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका हुन् । पदयात्री पर्यटकको भरिया भई काम गर्दै आउनुभएका मगरले आफ्नो परिश्रमको रकम असहाय, अनाथ र बेवारिसे बालबालिकाको लालनपालनमा खर्चिदै आउनुभएको छ । काठमाडौँको जोरपाटीमा सोलु बालकल्याण अनाथालय संस्था खोलेर त्यस्ता बालबालिकलाई सभ्य नागरिक बनाउने लक्ष्य लिनुभएका मगरले अहिलेसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सहयोग लिनुभएको छैन । )“मेरो कामबाट प्रभावित भएर केही साथीभाइले भने सहयोग गरेका छन्” –उहाँ भन्नुहुन्छ गौतम बुद्धको देशमा बालबालिकाको संरक्षण र शिक्षाको समस्या उजागर गर्न तथा उनीहरूप्रति राज्य र समाजको ध्यानाकृष्ट गर्न आफूले सरगरमाथाको अभियान प्रारम्भ गर्न लागेको समाजसेवी मगर बताउनुहुन्छ । बालगृह सञ्चालनकै लागि सगरमाथा शिखरमा पुग्ने अभियानमा लाग्नुभएका मगरलाई त

अन्डा बेचेरै मासिक ९ लाख आम्दानी !

काठमाडौं,वैशाख ३ – दुबईस्थित स्ट्यान्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९ मा भिजिट भिसा लिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरे । तर पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने जाग्यो । त्यसेले व्यास–८ चापाघाटमा फर्केर कुखुरकापालतमा व्यस्त भएँ ।  नेपाल फर्केको तीनचार महिनासम्म त्यत्तिकै बसेँ । एकदिन चितवनमा घुम्न जाँदा साथीहरुले पनि त्यही व्यवसाय गरेको देखेर कुखुरापालनमै लगानी गर्ने सोच बनाएँ । लगानी गर्न सक्ने हो भने आम्दानी पनि राम्रै हुने देखेको थिएँ र अहिले त्यही सोच फलिफाप भएको छ । यो व्यवसायबाट राम्रै आम्दानी भएको छ । मैले चार रोपनी जग्गा १५ वर्षका लागि जिलमा लिएर ०६९ देखि कुखुरापालन सुरु गरेको हुँ । त्यतिबेला १६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा यसमा जम्माजम्मी १७ लाख रुपैयाँ लगानी भएको थियो । २०७१ साउन १ गते ४६ सय कुखुराको चल्ला पाल्न सुरु गरेर अहिले दैनिक २९४० अन्डा बिक्री गर्दै आएको छु । यसबाट झन्डै मासिक ९ लाख आम्दानी भइरहेको छ ।कुखुरापालनमा हालसम्म ७० लाखभ

बजार अनुगमनको विरोधमा सल्लेरी बन्द नष्ट गरिएका सामानको क्षतिपूर्ति माग

१ वैशाख, सल्लेरी । बजार अनुगमनको विरोधमा सोलुखुम्बुका उद्योगी व्यवसायीहरुले मंगलबार सल्लेरी बजार बन्द गराएका छन् । नयाँ बर्षको दिन पसलहरु बन्द हुदा सर्बसाधारण उपभोक्ताहरुले किनमेल गर्ने पाएका छैनन् । सल्लेरीका झण्डै दुई सय होटल पसलहरु खुलेका छैनन् । गत चैत २७ गते जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा ब्यापारीहरुलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै बन्द आह्वान गरिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमा ब्यापारीहरु पुगेर यसबारे प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको ध्यानाकर्षण गराएका थिए । तर, आफूहरुको गुनासो सुन्नुको सट्टा उल्टै अपमानित गरेको भन्दै ब्यवसायीहरुले मंगलबारदेखि अनिश्चितकालीन बजार बन्द गराएका हुन् । उद्योग वाणिज्य संघ सोलुखुम्बुका सचिव तार्देन शेर्पाले प्रमुख जिल्ला अधिकारीले गल्ती महसुस गरी सार्बजनिक माफी माग्नुपर्ने बताए । साथै बजार अनुगमनका क्रममा महिला ब्यापारीहरुलाई दुर्व्यवहार गर्ने कर्मचारीहरुलाई कार्वाही गर्नुपर्ने उनको माग छ । माग पूरा नभएसम्म बन्द जारी रहने शेर्पाले चेतावनी दिए । ‘दुर्व्यवहार भएको छैन’ प्रमुख जिल्ला अधिकारी ढकालले भने आफू

नयाँ वर्ष मनाइँदै, ७१ सालभन्दा ७२ राम्रो

काठमाडौं: विसं २०७१ लाई बिदाइ गरिसकेपछि आज मंगलबार देशमा नयाँ वर्ष (२०७२ साल) मनाइँदैछ। विक्रम संवत्‌लाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ।  विसं अङ्ग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको र यो अङ्गे्रजी पात्रोको अप्रिल महिनाको १५ तारिकतिर पर्छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।  विसं २०७२मा शनि ग्रह राजाको भूमिकामा र मङ्गल ग्रह मन्त्रीको भूमिकामा रहेका कारण अघिल्लो वर्षभन्दा नयाँ वर्ष राम्रो हुने देखिन्छ, अन्य ग्रहको प्रभाव हेर्दा यस वर्ष गत वर्षभन्दा खाद्यान्नको राम्रो उब्जाउ, वर्षात हुने आदिको राम्रो सम्भावना देखिन्छ।' उनले भने।  नयाँ वर्षमा विभिन्‍न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्‍न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ।

कीर्तिमानी आरोही लाक्पा सातौंपटक सगरमाथा चढ्ने

काठमाडौं, चैत्र ३० । कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सातौंपटक चढ्ने भएकी छन् । लाक्पाले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर सगरमाथा सातौंपटक आरोहण गर्ने घोषणा गरेकी हुन् । लाक्पाले पहिलोपटक १४ वर्षअघि सगरमाथा आरोहण गरेकी थिइन् । उनले पछिल्लोपटक सन् २००६ मा सगरमाथाको आरोहण गरेकी थिइन् । लाक्पा सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गर्ने महिला हुन् । अमेरिकामा बस्दै आएकी ४० वर्षीया लाक्पाले नेपालमा जतिसक्दो धेरै विदेशी पर्यटक भित्र्याउनका लागि आफूले सातौंपटक सगरमाथा आरोहण गर्न लागेको बताइन् ।

कलेजो, क्यान्सर, जण्डिसलगायतका रोग निको पार्न उपयोगी जडिबुटीहरुको बारेमा थाहा पाउनुहोस्

कलेजो, क्यान्सर, जण्डिसलगायतका रोग निको पार्ने अचुक उपाए हाम्रो शरिर पाँच तत्वले बनेको छ। तर यि पाँच तत्वले बनेको शरिरमा कहिले काहि हामिलाई विभिन्न प्रकारको समस्याहरु आउने गर्दछ। जसको उपचार हस्पिटल अथवा कुनै डाक्टर बाट नभई हाम्रो घरको वरिपरि पाईने विभिन्न प्रकारको बनस्पतिबाट हुने गर्दछ । आज हामी तपाईलाई कुनकुन बनस्पती कुन रोगका लागि उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिन्छौ : भृङ्गीराजः यसको पुरै बोटलाई छाँयामा सुकाएर पिस्ने र ५-६ ग्राम भृङ्गीराज चुर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागी अति गुणकारी मानिन्छ। त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक मुठ्ठी मिश्री पानीमा मिलाएर दिनहूँ एक महिनासम्म सेवन गर्नाले जण्डिस रोग पुर्णरुपमा निको हुन्छ। भुइँअमलाः भुइँअमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ। त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको

सगरमाथा आधार शिविर क्षेत्रमा हिमपात

लाबुचे (सोलुखुम्बु), चैत्र ३० - सगरमाथा आधार शिविर क्षेत्रमा हिजो रातिदेखि हिमपात भएको छ । हिमपातले आधार शिविर घुम्न आएका पर्यटक र सगरमाथा चढ्ने तयारी गरेका आरोहीहरुलाई समस्या भएको छ । नाम्चे बजार, लबुचे, गोरक्षपसहित सगरमाथा आधार शिविर क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण कलापत्थ र सगरमाथा आधार शिविर हिंडेका धेरै पर्यटकले भ्रमण रद्द गरेका छन् । हिमपातले बाटो पुरिएपछि आज विहान चौरीलाई हिडाएर बाटो खुलाइएको थियो । यो मौसम सगरमाथा आरोहणको लागि उपयुक्त मानिन्छ । यसअघि यो समयमा हिमपात नभएको स्थानीयको भनाई छ ।

बहराइनमा नेपाली कामदारलाई मासिक डेढ लाखसम्म तलब

बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ।  नेपाली कामदार इमान्दार भएकाले उनीहरूलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको हो।  दक्ष कामदारलाई मासिक डेढ लाख तलब दिन बहराइनले लिखित समझदारी गरेको छ।  बहराइनका श्रम बजार नियामक निकायका प्रमुख असमान अब्दुल्ला अलवासीले केही दिनअघि गरेको नेपाल भ्रमणका बेला दुवै देशबीच त्यहाँ जाने नेपाली कामदारलाई न्यूनतम तलबसुविधा दिने सहमतिमा हस्ताक्षर गरेका हुन्।  यसअघि बहराइन जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन।  बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ।  अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।

नेपालीका लागि इजरायलमा रोजगारी फेरि खुल्यो यस्तो छ इजरायल जाने प्रक्रिय

काठमडौं,चैत २९ – वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निःशुल्क कामदार पठाउने भएको हो । वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ। कामदारको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर,उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ । नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालयमा पुगेको छ। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने जानकारी दिएको छ । नेपाली म्यानपारव कम्पनीले कामदारबाट १० लाख रुपैयाँभन्दा बढी असुलेको भन्दै ७ वर्षअघि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । पछिल्लो समय इजरायलले सरकारीस्तरमा निःशुल्क कामदार लिने प्रस्ताव गरेअनुसार सहमति हुन लागेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । 

नयाँ वर्ष २०७२ सालको शुभकामना तपाइहरुलाई ।

नयाँ बर्ष २०७२ सालको पावन अवसरमा सम्पुर्ण नेपालीको सुस्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु ।  नेपालीहरुको घर आँगनमा  भि त्रिएको नयाँ वर्ष २०७२ सालको पावन अवसरमा हाम्रा आदरणीय सोलुखुम्बु फेसबुक मित्र, शुभचिन्तक तथा शुभेच्छुक महानुभाव तथा सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनी, आमा–बुवाहरुमा सुख, शान्ति, सम्वृद्धिको कामना गर्दै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।  सोलुखुम्बु फेसबुक पेज https://www.facebook.com/onlinesolukhumbu

एन्ड्रोइडका १० बिशेषता जो महंगा आइफोनमा पाउन सकिन्न

सामान्यतयाः एप्पलका उत्पादनलाई उच्च आय भएका प्रयोगकर्ताका लागि लक्षित गरिएको छ । उत्कृष्ट एन्ड्रोइड फोनभन्दा निकै महंगा छन् पछिल्ला आइफोनका संस्करणहरु ।बिश्वभर ८५ प्रतिशत फोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध भए पनि झण्डै १८ प्रतिशत हिस्सा ओगटने आइफोनका उत्पादकले धेरै आम्दानी गरिरहेका छन् । तर, महंगो चीज सधै राम्रो हुन्छ भन्ने छैन् । आइफोनले आईओएस ८ र पछिल्लोपटक सार्वजनिक भएका आइफोन ६ र सिक्स प्लसमा धेरै नयाँ फिचरहरु ल्याएको छ । तर, पनि एन्ड्रोइडमा यस्ता दश खास बिशेषता छन जो महंगा आइफोनमा पाउन सकिन्न । १. ब्याट्री निकाल्ने सुबिधा आजै सार्वजनिक हुन लागेका सामसुङ ‘ग्यालेक्सी एस ६’ र ‘सिक्स इज’लाई बिर्सने हो भने लगभग सवैजसो एन्ड्रोइड फोनको ब्याक कभर खोल्न सकिन्छ । यसको अर्थ ब्याट्रीमा कुनै समस्या आयो भने तपाईं कम मूल्यमै नजिकको पसलमा गएर अर्को ब्याट्री फेर्न सक्नुहुन्छ । तर, आइफोनमा ब्याक कभर निकाल्न मिल्दैन् । यदि ब्याट्री छिटो सकिने समस्या आयो भने पनि तपाई एप्पल सर्भिस सेन्टरमा रहेका प्राबिधिककै भर पर्नुपर्छ । २. एउटै स्क्रिनमा धेरैवटा एप्स खोल्न सकिन्छ एन्ड्रोइड ओप