Skip to main content

हातको औंलाहरु हेरेर आँफु कस्तो छु भनेर थाहापाई राख्नुहोस्

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।

सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको
व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् ।

उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् ।

A.  चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ ।

B.  चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् । उनीहरु एक्लै बस्न मन पराउँछन् र उनीहरुको फुर्सदको समयमा अरुले बाधा नपुर्याओस भन्ने चाहना हुन्छ । नातासंबन्ध कायम गरि राख्नुपर्छ भन्ने अवस्था आएको खण्डमा उनीहरु अगाडी बढी हाल्दैनन् । तर आफूलाई भने अरुले प्रसंसा, सम्मान र आदर गरोस भन्ने चाहना उनीहरुमा हुन्छ । 

C.  चोर औँला र औठी लाउने औँला बराबर हुने मानिसहरु शान्त स्वभावका हुन्छन् र उनीहरुलाई शान्त वातावरण मनपर्छ । झैझगडा तथा बिबाद सामना गर्नुपर्यो भने यस्ता मानिसहरु आफू असुरक्षित महशुस गर्छन् । यस्ता मानिसहरु पूर्ण संगठित हुन्छन् र अरहरुपनि त्यस्तै होस भन्ने चाहना राख्दछन् । यस्ता मानिसहरु आफ्ना श्रीमान वा श्रीमति प्रति बफादार तथा विश्वासिला हुन्छन् र संबन्ध कायम राख्न कटिबद्ध हुन्छन् । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।