२०,२१ र २२ सोलुखुम्बुबाट काठमान्डौ निसुल्करुपमा आउन र जानकालागि ब्याबस्था ।।।।। सोलुखुम्बुमा पनि राहतबितरन सुरु ।।।।ओमभक्त थुलुङ दुधकोशी एफएम ९४.६
सोलुखुम्बुका सम्पुर्ण यातायात ब्याबसायी संघले भुकम्पपिडितलाई लक्षीत गरि वैशाष २० र २१ गते काठमाण्डौबाट सोलुखुम्बु र २१ र २२ सोलुखुम्बुबाट काठमान्डौ निसुल्करुपमा आउन र जानकालागि ब्याबस्था गरेको छ ।
सोलुखुम्बुकालागि संचालन हुदै आइरहैकोयातायात ब्याबसाय संघको काउन्टरबाट २०,२१ र २२ गतेकोलागी सोलुखुम्बु तथा काठमान्डौमा सम्पर्क गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयको छ ।
सोलुखुम्बुमा हाल संचालनभैरहेका दुधकुण्ड याताया,सिटि भिलेज यातायात, सल्लेरी यातायात, र हलेसी दर्शन यातायात लगायतका अन्य सोलुखुम्बु काठमाण्डौ चल्ने यातायातहरुले भुकम्पपिडतलाई राहत स्वारुप निसुल्क सेवा दिने निर्नय आज गरेका छ ।
त्यसै गरि सोलुखुम्बुका भुकम्पपिडितलाई राहत वितरण तथा विवरण संकलन गर्नकालागि सम्पुर्ण गाविस सचिवहरुलाई आ आफ्नो गाविस पाठाइसकियको र भुकम्पपिडितलाई ५००० क्षेतिपुर्ति साथमा २००० रासन ब्याबस्थापन गरी सात हजार पाउे ब्याबस्थाकासाथ गाविस सचिवहरुलाई जिल्लाबाट पठाइसकियको पनि प्रजिअ ढकाल ले जानकारि दनिुभयको साथै राहत वितरणमा कुनै राजनिति नगर्न र पिडितलाइ सहजतरीकाले क्षेतिपुर्ति उपलब्ध गराउ समेत निर्देशन दिनुभयको छ ।
स्रोतःOmshargam Thulung
Comments
Post a Comment