Skip to main content

सगरमाथामा मृत्यु हुनेको पहिचान खुल्यो १० नेपाली, ५ विदेशी तथा दुई महिला आरोही

सगरमाथा आधार शिविरमा मृत्यु भएकामध्ये १५ जनाको पहिचान खुलेको छ । यसमा १० जना नेपाली र ५ विदेशी छन । दश नेपालीमध्ये नौ जना एउटै कम्पनीका नेपाली कामदार परेका छन् । 
पर्यटन विभागले २० जनाको मृत्यु भएको खबर जानकारीमा आएपनि मंगलबारसम्म १५ जनाको पहिचान भएको बताएको छ । घाइते ६१ जनालाई उद्दार गरिएको छ । यिमध्ये अधिकाशंलाई आइतबार नै काठमाडौं ल्याइएको थियो ।  
विभागका महानिर्देशक तुलसी गौतमका अनुसार, आधार शिविरमा मृत्यु हुनेमा लाक्पा छिरिङ शेर्पा, शिवकुमार श्रेष्ठ, पेमा हिसी शेर्पा, दावा छिरी शेर्पा, पेम्बा शेर्पा, मिलन राई, पासाङ्ग तेम्बा शेर्पा र तेन्जिङ्ग भोटे छन ।
पहिलो चिनीयाँ महिला आरोहण दलसँग गएका लाक्पा छिरिङ्ग शेर्पा ड्रिमर डेस्टीनेशन ट्ेरकका हाई अल्टीच्यूट वर्कर हुन । उनको मुलघर खुम्जुङ्ग –५ सोलुखुम्बु हो । शिवकुमार श्रेष्ठ ड्रिमर्स डेस्टिनेशनकै भान्से हुन । उनी खहरे – ४ दोलखा निवासी हुन ।
त्यसैगरी हिमालयन गाइड्स नेपाल ट्ेरक्स एण्ड एक्सीपिडिसनका नौ जनाको मृत्यु भएको छ । यसमा एक जना आरोही अमेरिकी नागरिक र बाँकी आठ जना नेपाली छन् । विभागका अनुसार, मृत्यु हुनेमा बुङ – ९ सोलुखुम्बुका पेम्बा हिसी शेर्पा, छिमी दावा शेर्पा, मिलन राई, चौरीखर्क –२ का दावा छिरी शेर्पा, खुम्जुङ – ६ का पासाङ तेम्बा शेर्पा, गोराखानी – ८ का तेन्जिङ भोटे, ताकसिन्दा – ५ का पेम्बा शेर्पा र चेस्काम – ४ सोलुकै कृष्ण कुमार राई छन् । मृत्यु हुने नेपालीमध्ये पाचँ जना हाई अल्टीच्यूट वर्कर (शेर्पा) हुन भने तीन जना भान्से हुन् ।
विभागका फोकलपर्सन ज्ञानेन्द्र श्रेष्ठका अनुसार, मृत्यु हुने विदेशीहरुमा आरोहीहरु टेक्नोलोजी कम्पनी गुगलका कार्यकारी अमेरिकी नागरिक डान फ्रेडिनवर्ग छन् । डान बेउल एडभान्चर प्रालिको टिमबाट सगरमाथा गएका थिए । त्यसैगरी हिमालयन गायड्सबाट गएकी अमेरिकी नागरिक मारीसा इभ गिरावाङ, ड्रिमर्स डेस्टीनेशनबाट गएकी अष्ट्रेलियन महिला रेनु फोतेदार र डीडी ट्ेरकबाट गएका चिनियाँ नागरिक जेनफ्याङ जी छन् । त्यसैगरी ड्रिमर्सबाटै आधारशिविरसम्मको पदयात्राकालागि गएका जापानी नागरिक योमागाटो होरोसीको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा काठमाडौमा मृत्यु भएको हो । 
शनिबार दिउँसो आएको भूकम्पका कारण आधार शिविरमा आएको हिमपहिरोमा परी यि १५ जनाको मृत्यु भएको हो । ‘त्यो दिन अधिकांश आरोही पहिलो र दोस्रो क्याम्पमा थिए । उनीहरुलाई केही भएन,’ महानिर्देशक गौतमले भने । आधार शिविरमा पनि पुमरी तीर क्याम्प भएकाहरुको मृत्यु भएको छ । दिउसो भान्से र शेर्पाहरु आराम गरिरहेका थिए भने विदेशी आरोहीहरु अनुकुलनका लागि तलमाथि गरीरहेका थिए । यी दुई क्याम्पमा मात्रै १ सय ८२ जना अलपत्र परेका थिए । हिमपहिरो र भुकम्पले बाटो नै विगारेपछि यीनलाई सोमबार हेलिकप्टरबाट आधार शिविरमा झारिएको छ । ‘हिजो चारवटा साना हेलिकप्टरले १ सय ८२ जनालाई आधार शिविरमा ल्याएको हो,’ महानिर्देशक गौतमले भने ।
मौसममा सुधार भए आरोहीहरुले सगरमाथा आरोहणलाई निरन्तरता दिने भनेका छन् । ‘१०/१५ दिन मौसम सप्रिए यो वर्षको आरोहण नरोकिएला,’ महानिर्देशक गौतमले भने ।
यो सिजनमा सगरमाथा, ल्होत्से, नुप्से, मकालु, धौलागिरी, अन्नपुर्ण लगायतका हिमाल आरोहणकालागि १ हजार ४ सय ७३ आरोहीले विभागबाट अनुमति लिएका थिए । यिमध्येबाट सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति लिनेहरु ३ सय ५८ छन् । यसमा नेपाली १८ जना नेपाली छन् । त्यसैगरी ल्होत्सेका लागि १ सय १८ र नुप्से हिमालका लागि ३४ जनाले आरोहण अनुमति लिएका छन् । विभागले मकालु, धौलागिरी, अन्नपुर्ण लगायतका हिमाल आरोहणमा गएकाहरू भने सकुशल छन् । त्यसैगरी लाङटाङमा पदयात्राका लागि गएका करिब २ सय पदयात्रीमध्ये करिब ४५ जना लामा होटल र ४५ जति पदयात्री क्यान्जिङ्ग गुम्बामा अलपत्र परेका छन् । विभागले भूकम्पका कारण बाटो ब्रिग्रिदा केही पदयात्री घाइते भएको बताएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।