काठमाडौ, वैशाख १८ - शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ । यसले हजारौं घर भत्काएको छ भने हजारौं घाइते छन् । यो विस १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प हो । पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका जनताले घर बाहिर खुला स्थानमा रात बिताए । केहीले मोबाइल र क्यामेरामार्फत भूकम्पका दृश्य र भिडियो कैद गर्न भ्याए । राजधानीका विभिन्न स्थानमा राखिएको सीसीटीभीमा पनि भूकम्पका दृश्यहरु कैद भएका थिए । नेपाल प्रहरीको पहुँचमा रहेका ति सीसीक्यामेरामा कैद भूकम्पका भिडियो यहाँ संकलन गरिएको छ । ईकान्तिपुरको यूट्युब पेजमा गएर भूकम्पसँग सम्बन्धित अन्य भिडियोहरु हेर्न सकिन्छ ।
टुँडिखेल नजिकैको आकाशेपुल यसरी भत्कियो
Comments
Post a Comment