Skip to main content

स्मार्टफोन पानीमा खस्यो ? यसो गर्नुस्

आफ्ना ग्याजेट, खासगरी स्मार्टफोनहरु पानीमा खस्ने समस्या धेरैले भोग्ने समस्या हो । पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ-


 स्विच अफ गर्नुहोस्- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ ।

सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ ।

झट्कार्नुहोस्- स्मार्टफोनको हेडफोनको ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि स्मार्टफोनलाई विस्तारै झट्कार्नुपर्छ । त्यसपछि स्मार्टफोनलाई सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउन सकिन्छ ।

चामलमा पुर्नुहोस्- यो सबैभन्दा चलन चल्तीको विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो स्मार्टफोन घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म फोनलाई यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि स्मार्टफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने स्मार्टफोनले काम गर्न थाल्नेछ ।


यदि यसो गर्दापनि फोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै स्मार्टफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । यद्यपि पानीले भिजेर बिगि्रएको स्मार्टफोनमा धेरै ब्राण्डहरुले वारेन्टी भने दिएका हुँदैनन् । तर कुन पाटपुर्जा बिगि्रएको छ भन्ने कुरा पत्ता लगाएपछि स्मार्टफोनको वास्तविक मूल्य र मर्मत खर्चबीच तुलना गरी मर्मत गर्ने वा नगर्ने कुराको निर्णय गर्ने जिम्मा तपाइँको ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।