Skip to main content

आप्पा सहयोग बोकेर नाम्चेतर्फ

कीर्तिमानी आरोही आप्पा शेर्पा अमेरिकाबाट ल्याएको सहयोगको पोको बोकेर खुम्बुतर्फ लागेका छन्। 

आफ्नो गाउँका स्कुलको सहयोगका लागि आप्पा फाउन्डेसनलाई दाताले उपलब्ध गराएको किताब, पैसा तथा कम्प्युटरलगायतका सामग्री लिएर शुक्रबार बिहान आप्पा आफ्नो समूहसहित नाम्चे जाँदैछन्। 

अमेरिकाबाट बुधबार काठमाडौं आइपुगेका आप्पाको टोलीमा फाउन्डेसनका उपसभापति भालेरी लिट्लेन्टनसहित अन्य दाता र सहयोगी छन्।

आप्पा फाउन्डेसन, स्टोरी साइकल र गुगलले नेपालको खुम्बु क्षेत्रलाई गुगल स्ट्रिट यूमा राखेपछि फाउन्डेसनमा सहयोगी बढेका छन्। 

आप्पा फाउन्डेसनले सहयोग गरिरहेका खुम्बु क्षेत्रका विभिन्न स्कुलमा सामग्री हस्तान्तरण गर्ने र उनीहरूका आवश्यकता पहिचान गर्ने योजना आप्पाको छ। 
आप्पाको गाउँमा रहेको थामे स्कुलसमेत पुगेर फर्किने टोलीको कार्यक्रम छ। आप्पाको गाउँमा सहयोग गर्न फाउन्डेसनमा दाताहरूले सहयोग बढाइरहेकोले थप कार्यक्रम र प्राथमिकता निर्धारण गर्न आवश्यक भएको भालेरीले बताइन्।

उनीहरूले स्कुलमा आवश्यक कम्प्युटर, शिक्षक तथा उसका लागि चाहिने तलब तथा अन्य भौतिक पूर्वाधार उपलब्ध गराउने योजना बनाएका छन्। 

आप्पाले खुम्बु क्षेत्रका स्कुल तथा अस्पतालसँगै नेपालको पूर्वदेखि पश्चिमसम्मको हिमाली भेगका स्कुलमा समेत सहयोग गर्ने योजना अन्नपूर्णलाई सुनाए।

गुगल स्ट्रिट भ्युमार्फत आप्पाको गाउँदेखेपछि सबैले त्यही क्षेत्रमा सहयोग गर्न चाहेको आप्पाले स्मरण गरे। 'आप्पालाई सबैले चिन्थे तर म जन्मेको गाउँ कसैले चिन्दैनथे। 

गुगल स्ट्रिट भ्युले मेरो गाउँ पनि संसारभर चिनायो' ठमेलको एक होटेलमा आप्पाले अन्नपूर्णसँग भने,'खुम्बुको सुन्दरता हेर्न आउँछु भन्ने दिनदिनै बढेका छन्।'

२१ पटक सगरमाथा आरोहण गरेका आप्पा हिमाली भेगमा बस्ने शेर्पा युवालाई शिक्षित बनाएर आरोहणबाहेकका कामसमेत गर्न सक्छन् भन्ने देखाउन चाहन्छन्। 

'मैलेजस्तै भारी बोकेरमात्रै जीवन चलाउने भन्दा फरक रूपमा खुम्बुका अबको शेर्पा पुस्ताको विकास गर्न चाहन्छु। यसैका लागि फाउन्डेसनमार्फत सहयोग ल्याएका हौं' आठ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका आप्पाले भने।

विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलको सहयोगमा फाउन्डेसन र स्टोरी साइकलले तयार पारेको सगरमाथाको भर्चुअल टुर गर्नेको संख्यासमेत बढिरहेको जानकारी फाउन्डेसनले दिएको छ। 

स्थानीय बासिन्दाले लुक्ला विमानस्थलदेखि सगरमाथाको फेदसम्मको रोमाञ्चक यात्रा अनलाइनमार्फत हेरे, नहेरेको थाहा पाउन र सुझावसमेत खुम्बु यात्राका क्रममा लिइने स्टोरी साइकलका सौरभ ढकालले बताए। 

आप्पा नेतृत्वको टोलीले नाम्चेसहित खुम्बुका विभिन्न क्षेत्रमा स्ट्रिट यू देखाउने कार्यक्रमसमेत बनाएको छ। 

उनीहरू सगरमाथाको आधारशिविरसम्म पुगेर फर्कने योजनामा छन्। यात्राका क्रममा बाटोमा पर्ने सबै स्कुल तथा अन्य सामाजिक आवश्यकताको अध्ययन गर्ने तयारी उनीहरूको छ।

गत महिना सान फ्रान्सिस्कोमा आप्पा फाउन्डेसनले खुम्बु क्षेत्रको प्रचार प्रसारका लागि गुगल स्ट्रिट यू सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरेको थियो। 

गुगलको सहयोगमा तयार पारिएको स्ट्रिट भ्युले खुम्बु क्षेत्रको पर्यटकीय सम्भावनालाई अझ फराकिलो पारेको छ। 

आप्पाले भने,'यहीँबाट (अमेरिका) तिम्रो गाउँ हेरे नि भन्दै भेट्न आउने बढिरहेका छन्।'

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।