२७ चैत, सोलुखुम्बु । सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थल बिहान १० बजेदेखि अबरुद्ध भएको छ । बिमानस्थलको ‘रन वे’बाट सिम्रिक एयरको जहाज पार्किङ स्थल सम्म लैजाने क्रममा जहाजको अघिल्तीरको टायर पञ्चर भएपछि बिमानस्थल अबरुद्ध भएको हो ।
बिहान १० बजेर ९ मिनेटमा अवतरण भएको कल साईन ९ एन ए ई जहाज अहिलेसम्म हटाईएको छैन । काठमाडौंबाट प्राविधिकहरु पुगि टायर फेरेर जहाज हटाउन लागिएको लुक्ला विमानस्थलका प्रमुख श्रीहरि भट्टले जानकारी दिए ।
पर्यटकीय मौसम चलिरहेको बेला अत्यन्त ब्यस्त रहने उक्त बिमानस्थल अबरुद्ध हुदा दर्जन भन्दा बढी उडान डिले भईरहेका छन् । उक्त विमानस्थल सगरमाथा सहित खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख हवाई मार्ग हो ।
Comments
Post a Comment