Skip to main content

पासाङले सगरमाथा चुमेको दिन

पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा विजय गर्ने प्रथम नेपाली महिला हुन् । सन् १९९० मा उनले प्रथमपटक आरोहण प्रयास गरिन् । दुर्भाग्यवश उनको टोलीनेताको दुराशयको कारण चुचुरोमा नपुगी पर्कनुपर्‍यो । सन् १९९१ म आफ्नै नेतृत्वमा प्रथम नेपाली महिला सगरमाथा अभियानको आयोजना गरिन् । यो नेपालमा नेपाली महिलाकै नेतृत्वमा भएको पहिलो सगरमा अभियान थियो । सन् १९९१ के सगरमाथा अभियान पनि खराब म ौसमकै कारण सफल हुन सकेन । तर, पासाङलाई प्रत्येक आरोहणले पहिलेभन्दा झ् सफलता हासिल गर्नै प्ररणा दिइरहेको थियो । त्यस समय नेपालको सन्दर्भमा पुरुषको मात्र एकाधिकार रहेको सगरमाथा आरोहण अभियान एक महिलाका लागि असम्भव हुन सक्दैन भन्ने दृढ विश्वास राख्ने पासाङले चौथोपटकको प्रयासमा सन् १९९३ मा सगरमाथा सफल आरोहण गरिन् । 
सगरमाथा विजय गरिछाड्ने पासाङको दृढता यस्तो प्रबल थियो कि उनले आफ्नो जिउज्यानको कहिल्यै फिक्री गरिनन् । तीन कलिला छोराछोरी, अति नै माया गर्ने पति र सुन्दर घर संसारको समेत प्रवाह नगरी जोखिमपूर्ण कार्यमा सरिक हुन उनलाई कसैले रोकेन । उनी त्यस्ती वीरंगना थिइन् जसको हृदय राष्ट्रिय भावनाले ओतपोत थियो । सन् १९९३ अप्रिल २२ अर्थात् २०५० वैशाख १० गतेको बिहान । अघिल्लो दिनजस्तै आकाश सफा थियो । उनी साथीहरुसाग ८ हजार मिटरको शिविरबाट चुचुरोतर्फ अघि बढिसक्नुभएको थियो । त्यहीदिन दिउासो २ बजेर १५ मिनेटमा पासाङले नेपाली झन्डा सगरमाथाको चुचुरोमा गाडेर आरोहणको नयाा कीर्ति थपिन् । यसले सारा नेपाली जनता हर्षविभोर भए । तत्कालीन सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान दियो । आरोहण सफलताको उल्लासमा श्रीमती पासाङ आफ्ना सह–आरोहीका साथ लगभग १५ मिनेटसम्म सगरमाथा चुलीमा विश्राम गरी बस्नुभएको थियो । चम्किलो सूर्य विस्तारै क्षितिजतर्फ ओर्लन थालेको त्यसैसाग पासाङको विजय दल विस्तारै चौथो शिविरतर्फ ओर्लन थाल्यो । यसपटक समेत गरी पााचौंपटकसम्म सगरमाथा विजय गर्न सफल हिम सरदार सोनाम छिरिङ शेर्पाको स्वास्थ्यमा खराबी आएजस्तो भयो । उनले यसपटकको आरोहणका क्रममा ८ हजार ७ सय ५० मिटर अग्लो साउथ समिटमा पुग्दा रगत वान्ता गरेका थिए । तर, त्यतिखेर शारीरिक संकल्प शक्तिमा कमी आएको महसुस गरिएको थिएन । पासाङलाई सगरमाथा पुर्‍याएरै छाड्ने संकल्प लिएर उनी अघि बढेका थिए जुन साकार भइसकेको थियो । सरदारका रुपमा उनले आफ्ना ४ सहयोगीका साथमा पासाङलाई सगरमाथाको विजय यात्रामा साथ दिएपछि शिखरबाट चौथो क्याम्पबाट ओर्लंदा भने स्वास्थ्यले साथ दिएन । सगरमाथाको यो उचाइमा पासाङले आफ्नो शरीरको मात्रै ख्याल राखेको भए उनी आफ्ना बााकी ४ सहयोगीका साथ चौथो क्याम्पमा आइपुग्न सक्थे । तर, ममताकी प्रतिमूर्ति उनले आफ्नो उत्तरदायित्व राम्ररी निभाउने क्रममा तीन पटकसम्मका आरोही सोनाम छिरिङलाई साथमा लिएर मात्रै तल झर्ने दृढता परिवर्तन गर्न मानिनन् । 
फलस्वरुप पासाङले सोनाम र एक अर्का शेर्पा सहयोगीका साथ साउथ समिटमै त्यो रात बिताउनुपर्‍यो । तीनजना शेर्पा सहयोगी त्यसैदिन चौथो शिविरतिर झरे । भोलिपल्ट बिहान उनीहरुसाग रहेका एकजना शेर्पा सहयोगी पनि अक्सिजन र खाना लिनका चौथो शिविर झरे । एकाएक मौसम ज्यादै नराम्रो भएर गयो । त्यसपछि खनेक प्रयास गर्दा पनि पासाङ र सोनाम भएको ठाउामा कोही पनि अक्सिजन लिएर जन सकेनन् । यसरी नेपाल आमाकी वीर छोरीले सगरमाथाको शीर्ष भागमै रोकिनुपर्‍यो । धेरै दिनसम्म पनि मौसम सुध्रेन । उद्धारका लागि उद्धार दल तयार थियो, देशवासीले उनको सस्वास्थ्यको प्रार्थना गरिरहेका थिए । तर, बैरी मौसम कुनै सुधार आएन । १८ दिन बित्यो । उनलाई जीवितै देख्ने आशा विस्तारै ओइलाउादै गयो । निरन्तर खोजीका क्रममा १९ औं दिन साउथ समिटको कडा हिउामा आधार मिटर गाडिएको अवस्थामा पासाङको पार्थिव शरीर फेला पर्‍यो । तर, पााचपटकसम्म सगरमाथा सफल आरोहण गर्ने विश्वकै तेस्रो व्यक्ति सोनाम छिरिङको पार्थिव शरीरचाहिा फेला परेन । एक अनौठो संयोग के भयो भने पासाङको तेस्रो सगरमाथा अभियानमा ८५०० मिटर उचाइको ठीक त्यसै स्थानमा उनीहरुले त्यस्तै अत्यन्तै नाजुक र संघर्षपूर्ण अवस्थामा रात काटेका थिए र जीवन बचाउन सफल भएका थिए । तर, यसपटक हिउाको बारले उनीहरुलाई विकट बनेर बाटो छेक्यो । प्राणवायु र सहयोग अभावमा धेरै दिन रोकिएर रहनुपर्दा असामयिक निधन भयो । पासाङको पार्थिव शरीरलार्य नेपाली जनताको अन्तिम दर्शनका लागि सगरमाथाबाट काठमाडौं ल्याइयो र पूर्ण राष्ट्रिय सम्मानका साथ स्वयम्भूमा अन्तिम संस्कार सम्पन्न गरियो । सगरमाथा विजयी भएरै छाड्ने पासाङ ल्हामूको सपना त साकार भयो । सरकारले पनि सकेसम्म सम्मान दिने प्रयास गरेको थियो । जनताले हार्दिक सम्मान अर्पण गरे तर जीवित छादा वास्ता नगर्ने तर मरेपछि सम्मान प्रदान गर्ने नेपाली चलनप्रति सबै पक्षले ध्यान दिनैपर्छ । -
समयमै सोचिएको र आवश्यक व्यवस्था गरिएको भए पासाङलाई हामी जीवितै पाउन सक्थ्यौं कि ! समयमै विचार पुर्‍याएको भए आरोहीहरु सगरमाथामा त्यसरी दुर्घटनामा पर्ने थिएनन् । यसका अतिरिक्त सगरमाथामा रहेका अन्य सयौं मृतकका शवबाट पनि सरकारले सिक्नुपर्ने यस्ता पाठ थुप्रै छन् । नेपालकी राष्ट्रिय विभूति पासाङ उनका पथप्रदर्शक सरदार सोनाम छिरिङको असामयिक निधनबाट अब सरकारको आाखा खुलेको हुनुपर्छ । भविष्यमा आरोहीले सूचना संकट, प्राणवायु संकट, खाद्य संकट र समयमा सहयोगको अभाव हुनुको संकटबाट असमयमै ज्यान गुमाउन नपरोस् भन्नेतर्फ सोच्न उनको दु:खद् निधनले सबैलाई घच्घच्याएको छ । 
(पासाङ ल्हामु शेर्पा स्मारिकाबाट)

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।