सोलुखुम्बु - सगरमाथा सहित हिमाल आरोहण गर्नका लागि ३ सय ६६ सोलुखुम्बु प्रवेश गरेका छन् । २९ ग्रुपको २ सय ७३ ले सगरमाथा आरोहणका लागि प्रवेश पाएको सगरमाथा प्रदुषण नियन्त्रण समिति यसपिसिसिले जानकारी दिए । त्यसमध्ये अधिकांश सगरमाथाको आधार शिबिर पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।
यसपिसिसि अधिकृत कपिन्द्र राईका अनुसार सगरमाथा संगै रहेको अर्को ल्होत्से हिमालको आरोहण गर्न १० ग्रुपका ९३ आरोहीहरु रहेका छन् । अझै १ हप्तासम्म दिनमा १ ग्रुप आईरहने उनले बताए ।
तर सगरमाथाको छेवैमा रहेको अर्को हिमाल नुप्त्सेको आरोहणका लागि यस बर्ष हाल सम्म कोही पनि आरोही प्रबेश नगरेको राईको भनाई छ । सगरमाथा वा सोलुखुम्बुको हिमालहरु आरोहणका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट प्रपेशाज्ञा लिएर मात्रै जानु पर्दछ ।
एक हप्ता देखि मौसम प्रतिकुल बन्दा आरोहीहरु सगरमाथा आधार शिविरमै थन्किएका छन् । १ हप्ता पहिले देखी नै आरोहण सुरु गरि क्याम्प वान तर्फ लाग्नु पर्ने भए पनि बर्षा र निरन्तर हिउँ परिरहेकोले उनीहरु आधार शिविरमै रोकिनु परेको हो ।
दुई दिन यता मौसममा सुधार आएपछि आज क्याम्प वान तर्फ दुई ग्रुप लागे पनि बीच बाटोमा पुग्दा मौसम बदली भई पानी संगै हिउ परे पछि पुन आधार शिविरमै फर्किएका छन् ।
अहिले सम्म कुनै पनि आरोही आधार शिविरबाट माथि जान सकेका छैनन् भने आधार शिविर भरिभराउ भएको छ । हाल आधार शिबिरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाईडहरु, सहयागीहरु गरि झण्डै १ हजार भन्दा बढि मानिसहरु रहेका छन् । स्रोतः हिमाल एफ.एम
Comments
Post a Comment