Skip to main content

एन्ड्रोइडका १० बिशेषता जो महंगा आइफोनमा पाउन सकिन्न

सामान्यतयाः एप्पलका उत्पादनलाई उच्च आय भएका प्रयोगकर्ताका लागि लक्षित गरिएको छ । उत्कृष्ट एन्ड्रोइड फोनभन्दा निकै महंगा छन् पछिल्ला आइफोनका संस्करणहरु ।बिश्वभर ८५ प्रतिशत फोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध भए पनि झण्डै १८ प्रतिशत हिस्सा ओगटने आइफोनका उत्पादकले धेरै आम्दानी गरिरहेका छन् ।
तर, महंगो चीज सधै राम्रो हुन्छ भन्ने छैन् । आइफोनले आईओएस ८ र पछिल्लोपटक सार्वजनिक भएका आइफोन ६ र सिक्स प्लसमा धेरै नयाँ फिचरहरु ल्याएको छ । तर, पनि एन्ड्रोइडमा यस्ता दश खास बिशेषता छन जो महंगा आइफोनमा पाउन सकिन्न ।
१. ब्याट्री निकाल्ने सुबिधा

आजै सार्वजनिक हुन लागेका सामसुङ ‘ग्यालेक्सी एस ६’ र ‘सिक्स इज’लाई बिर्सने हो भने लगभग सवैजसो एन्ड्रोइड फोनको ब्याक कभर खोल्न सकिन्छ । यसको अर्थ ब्याट्रीमा कुनै समस्या आयो भने तपाईं कम मूल्यमै नजिकको पसलमा गएर अर्को ब्याट्री फेर्न सक्नुहुन्छ ।

तर, आइफोनमा ब्याक कभर निकाल्न मिल्दैन् । यदि ब्याट्री छिटो सकिने समस्या आयो भने पनि तपाई एप्पल सर्भिस सेन्टरमा रहेका प्राबिधिककै भर पर्नुपर्छ ।
२. एउटै स्क्रिनमा धेरैवटा एप्स खोल्न सकिन्छ
एन्ड्रोइड ओपन सोर्स अपरेटिङ सिस्टम भएकाले फोन उत्पादकले आफ्नै नयाँ नयाँ फिचर पनि थप्न सक्छन् । सोही कारण पछिल्लो समय सामसुङ र एलजीले एकैपटक दुई वा दुईभन्दा बढि एप्स एउटै स्त्रिmनमा चलाउन सकिने सुबिधा दिएका छन् । जुन सुबिधा अन्य एन्ड्रोइइ फोन ब्राण्डमा पनि विस्तार हुने क्रम बढिरहेको छ । तर, एप्पलका आईफोनमा तपाईले यी सुबिधा पाउनुहुन्न ।
३. जुनसुकै माइक्रो युएसवीबाट चार्ज गर्ने सुबिधा
तपाईंले जुनसुकै माइक्रो युएसवी केवलबाट पनि एन्ड्रोइड फोन चार्ज गर्न सक्नुहुन्छ । फोनको ब्राण्डपिच्छे बेग्लै चार्जर आबश्यक पर्दैन् । तर, आइफोनमा भने तपाईले एप्पलले उत्पादन गरेकै चार्जर आबश्यक पर्छ, अन्य कुनै चार्जरले चार्ज गर्न मिल्दैन् ।
४. फोनलाई टीभीमा जोड्न सकिन्छ
पछिल्ला एन्ड्रोइड फोनहरुमा माइक्रो एचडीएमआई पोर्टको सुबिधा उपलब्ध छ । यसको मतलव तपाईले आफ्नो स्मार्टफोन सिधै कम्प्युटरमा जोडन सक्नुहुन्छ । मोटोरोलाले पछिल्ला दिनमा उत्पादन गरेका केही मोडलमा यो सुबिधा उपलब्ध छ । तर, आइफोनमा भने एचडीएमआई केवल पोर्ट उपलब्ध छैन् । चार्जर र हेडफोन बाहेक अन्य पोर्ट आइफोनमा छैन् । जसले गर्दा फोनलाई टीभीमा जोडन सक्नुहुन्न ।
५ फोनलाई नछोई काम गर्न सकिन्छ
गुगलको स्वामित्वमा रहेको मोटोरोलाले पछिल्लो समय सार्वजनिक गरेको मोटो एक्स सेरिजमा यस्तो फिचर छ जसको माध्यमबाट फोन चलाउन तपाइले टच गरिरहनु पर्दैन् । यो प्रबिधिलाई ‘टचलेस भ्वाईस कन्ट्रोल’ फिचर भनिन्छ ।
तपाईले सेटिङमा गएर मिलाउनसाथ बोलेको आधारमा फोनले काम गर्ने छ भने नक्सा देखाउने, रिमान्डर दिने र सर्च गर्ने काम तपाईको बोलीको आदेशको भरमा हुने छ । अन्य एन्ड्रोइड फोनमा भ्वाइस कन्ट्रोलका लागि स्पीकर बटन थिच्नैपर्छ । आइफोनमा तपाईले टचलेस भ्वाईस कन्ट्रोल सुबिधा पाउन सक्नुहुन्न ।
६. स्टोरेज क्षमता थप्न सकिन्छ
धेरैजसो एन्ड्रोइड स्मार्टफोनमा तपाईलाई स्टोरेज क्षमता थप्ने सुबिधा हुन्छ । यसको मतलव तपाईले कम स्टोरेज क्षमताको सस्तो फोन किनेर अतिरिक्त स्टोरेजका लागि सस्तो माइक्रो एसडी कार्ड थप्न सक्नुहुन्छ ।

तर, आइफोनमा तपाईलाई स्टोरेज क्षमता थप्ने सुबिधा हुँदैन् । यदि तपाईलाई धेरै स्टोरेज क्षमताको आइफोन चाहिएको छ भने सुरुमै धेरै पैसा थपेर ठूलो क्षमताकेा किन्नुपर्छ । तर, एन्ड्रोइडमा आइफोनमा जस्तो बढि स्टोरेज क्षमताका लागि मात्रै धेरै पैसा तिरिरहनु पर्दैन् ।

७. सर्टकर्ट सेटिङ अप्सनको सुविधा
अधिकांश एन्ड्रोइड फोनमा सर्टकर्ट सेटिङ अप्सनको सुविधा हुन्छ । यसको मतलव तपाईले स्क्रिनको माथिबाट तलतिर स्वाइप गर्दा सेटिङका धेरै अप्सनहरुमा सर्टकर्ट एक्सेस दिनेगरी ब्यबस्था गरिएको हुन्छ । यसबाट पावर सेभिङ मोड, ब्लुटुथ, वाईफाई, मल्टि विन्डो, एरोप्लेन मोड लगायतका सुविधा तुरुन्तै सक्रिय वा निस्त्रिmय गर्न सकिन्छ । आइफोनमा टप स्वाईप सुबिधा भए पनि सेटिङमा एक्सेस गर्न सकिदैन् ।
८. सुबिधाअनुसार लेआउट बदल्न सकिन्छ
एन्ड्रोइड फोनको डिस्प्लेमा यति धेरै लचकता छ कि तपाईले चाहेअनुसार आफ्नो फोनको डिस्प्ले परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि केही यस्ता एपहरु उपलब्ध छन जसले तपाईको फोनको इन्टरफेस आफ्नो सुबिधाअनुसार बदल्न सक्नुहुन्छ । तर, आइफोनमा भने वालपेपर परिवर्तन गर्ने सुबिधा मात्र छ ।
९. होम स्क्रिन मै विजेटको सुविधा
तपाईले कुनै पनि एप्सको विजेट होम स्क्रिनमै सेट गर्न सक्नुहुन्छ । यसको अर्थ क्यालेन्डर, जीमेल वा अन्य कुनै पनि धेरै चलाइरहने एप्सको कन्टेन्ट होम स्त्रिmनमै डिस्प्ले हुने गरी सेट गर्न सकिन्छ । आइफोनमा नोटिफिकेसन र क्यालेन्डरका कन्टेन्ट सो हुने गरी टप स्वाइप गर्ने अप्सन छ, तर एन्ड्रोइडमा जस्तै होम स्त्रिmनमा सेट गर्न भने मिल्दैन् ।
१०. एन्ड्रोइड फोन रिमोट कन्ट्रोलका रुपमा
सामसुङ ग्यालेक्सी एस ५, एलजी जी ३ र एचटीसी वनजस्ता ब्राण्डेड एन्ड्रोइड फोनमा इन्फ्रारेड ब्लास्टर सुबिधा छ । यसको मतलव तपाईले फोनलाई टीभी, एयर कन्डिसनर, स्पिकर लगायत घरमा प्रयोग हुने सवजसो रिमोट कन्ट्रोलयुक्त बिद्युतीय सामाग्रीकोे रिमोट कन्ट्रोलका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । -बिजनेस इनसाइडरबाट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an