Skip to main content

एन्ड्रोइडका १० बिशेषता जो महंगा आइफोनमा पाउन सकिन्न

सामान्यतयाः एप्पलका उत्पादनलाई उच्च आय भएका प्रयोगकर्ताका लागि लक्षित गरिएको छ । उत्कृष्ट एन्ड्रोइड फोनभन्दा निकै महंगा छन् पछिल्ला आइफोनका संस्करणहरु ।बिश्वभर ८५ प्रतिशत फोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध भए पनि झण्डै १८ प्रतिशत हिस्सा ओगटने आइफोनका उत्पादकले धेरै आम्दानी गरिरहेका छन् ।
तर, महंगो चीज सधै राम्रो हुन्छ भन्ने छैन् । आइफोनले आईओएस ८ र पछिल्लोपटक सार्वजनिक भएका आइफोन ६ र सिक्स प्लसमा धेरै नयाँ फिचरहरु ल्याएको छ । तर, पनि एन्ड्रोइडमा यस्ता दश खास बिशेषता छन जो महंगा आइफोनमा पाउन सकिन्न ।
१. ब्याट्री निकाल्ने सुबिधा

आजै सार्वजनिक हुन लागेका सामसुङ ‘ग्यालेक्सी एस ६’ र ‘सिक्स इज’लाई बिर्सने हो भने लगभग सवैजसो एन्ड्रोइड फोनको ब्याक कभर खोल्न सकिन्छ । यसको अर्थ ब्याट्रीमा कुनै समस्या आयो भने तपाईं कम मूल्यमै नजिकको पसलमा गएर अर्को ब्याट्री फेर्न सक्नुहुन्छ ।

तर, आइफोनमा ब्याक कभर निकाल्न मिल्दैन् । यदि ब्याट्री छिटो सकिने समस्या आयो भने पनि तपाई एप्पल सर्भिस सेन्टरमा रहेका प्राबिधिककै भर पर्नुपर्छ ।
२. एउटै स्क्रिनमा धेरैवटा एप्स खोल्न सकिन्छ
एन्ड्रोइड ओपन सोर्स अपरेटिङ सिस्टम भएकाले फोन उत्पादकले आफ्नै नयाँ नयाँ फिचर पनि थप्न सक्छन् । सोही कारण पछिल्लो समय सामसुङ र एलजीले एकैपटक दुई वा दुईभन्दा बढि एप्स एउटै स्त्रिmनमा चलाउन सकिने सुबिधा दिएका छन् । जुन सुबिधा अन्य एन्ड्रोइइ फोन ब्राण्डमा पनि विस्तार हुने क्रम बढिरहेको छ । तर, एप्पलका आईफोनमा तपाईले यी सुबिधा पाउनुहुन्न ।
३. जुनसुकै माइक्रो युएसवीबाट चार्ज गर्ने सुबिधा
तपाईंले जुनसुकै माइक्रो युएसवी केवलबाट पनि एन्ड्रोइड फोन चार्ज गर्न सक्नुहुन्छ । फोनको ब्राण्डपिच्छे बेग्लै चार्जर आबश्यक पर्दैन् । तर, आइफोनमा भने तपाईले एप्पलले उत्पादन गरेकै चार्जर आबश्यक पर्छ, अन्य कुनै चार्जरले चार्ज गर्न मिल्दैन् ।
४. फोनलाई टीभीमा जोड्न सकिन्छ
पछिल्ला एन्ड्रोइड फोनहरुमा माइक्रो एचडीएमआई पोर्टको सुबिधा उपलब्ध छ । यसको मतलव तपाईले आफ्नो स्मार्टफोन सिधै कम्प्युटरमा जोडन सक्नुहुन्छ । मोटोरोलाले पछिल्ला दिनमा उत्पादन गरेका केही मोडलमा यो सुबिधा उपलब्ध छ । तर, आइफोनमा भने एचडीएमआई केवल पोर्ट उपलब्ध छैन् । चार्जर र हेडफोन बाहेक अन्य पोर्ट आइफोनमा छैन् । जसले गर्दा फोनलाई टीभीमा जोडन सक्नुहुन्न ।
५ फोनलाई नछोई काम गर्न सकिन्छ
गुगलको स्वामित्वमा रहेको मोटोरोलाले पछिल्लो समय सार्वजनिक गरेको मोटो एक्स सेरिजमा यस्तो फिचर छ जसको माध्यमबाट फोन चलाउन तपाइले टच गरिरहनु पर्दैन् । यो प्रबिधिलाई ‘टचलेस भ्वाईस कन्ट्रोल’ फिचर भनिन्छ ।
तपाईले सेटिङमा गएर मिलाउनसाथ बोलेको आधारमा फोनले काम गर्ने छ भने नक्सा देखाउने, रिमान्डर दिने र सर्च गर्ने काम तपाईको बोलीको आदेशको भरमा हुने छ । अन्य एन्ड्रोइड फोनमा भ्वाइस कन्ट्रोलका लागि स्पीकर बटन थिच्नैपर्छ । आइफोनमा तपाईले टचलेस भ्वाईस कन्ट्रोल सुबिधा पाउन सक्नुहुन्न ।
६. स्टोरेज क्षमता थप्न सकिन्छ
धेरैजसो एन्ड्रोइड स्मार्टफोनमा तपाईलाई स्टोरेज क्षमता थप्ने सुबिधा हुन्छ । यसको मतलव तपाईले कम स्टोरेज क्षमताको सस्तो फोन किनेर अतिरिक्त स्टोरेजका लागि सस्तो माइक्रो एसडी कार्ड थप्न सक्नुहुन्छ ।

तर, आइफोनमा तपाईलाई स्टोरेज क्षमता थप्ने सुबिधा हुँदैन् । यदि तपाईलाई धेरै स्टोरेज क्षमताको आइफोन चाहिएको छ भने सुरुमै धेरै पैसा थपेर ठूलो क्षमताकेा किन्नुपर्छ । तर, एन्ड्रोइडमा आइफोनमा जस्तो बढि स्टोरेज क्षमताका लागि मात्रै धेरै पैसा तिरिरहनु पर्दैन् ।

७. सर्टकर्ट सेटिङ अप्सनको सुविधा
अधिकांश एन्ड्रोइड फोनमा सर्टकर्ट सेटिङ अप्सनको सुविधा हुन्छ । यसको मतलव तपाईले स्क्रिनको माथिबाट तलतिर स्वाइप गर्दा सेटिङका धेरै अप्सनहरुमा सर्टकर्ट एक्सेस दिनेगरी ब्यबस्था गरिएको हुन्छ । यसबाट पावर सेभिङ मोड, ब्लुटुथ, वाईफाई, मल्टि विन्डो, एरोप्लेन मोड लगायतका सुविधा तुरुन्तै सक्रिय वा निस्त्रिmय गर्न सकिन्छ । आइफोनमा टप स्वाईप सुबिधा भए पनि सेटिङमा एक्सेस गर्न सकिदैन् ।
८. सुबिधाअनुसार लेआउट बदल्न सकिन्छ
एन्ड्रोइड फोनको डिस्प्लेमा यति धेरै लचकता छ कि तपाईले चाहेअनुसार आफ्नो फोनको डिस्प्ले परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि केही यस्ता एपहरु उपलब्ध छन जसले तपाईको फोनको इन्टरफेस आफ्नो सुबिधाअनुसार बदल्न सक्नुहुन्छ । तर, आइफोनमा भने वालपेपर परिवर्तन गर्ने सुबिधा मात्र छ ।
९. होम स्क्रिन मै विजेटको सुविधा
तपाईले कुनै पनि एप्सको विजेट होम स्क्रिनमै सेट गर्न सक्नुहुन्छ । यसको अर्थ क्यालेन्डर, जीमेल वा अन्य कुनै पनि धेरै चलाइरहने एप्सको कन्टेन्ट होम स्त्रिmनमै डिस्प्ले हुने गरी सेट गर्न सकिन्छ । आइफोनमा नोटिफिकेसन र क्यालेन्डरका कन्टेन्ट सो हुने गरी टप स्वाइप गर्ने अप्सन छ, तर एन्ड्रोइडमा जस्तै होम स्त्रिmनमा सेट गर्न भने मिल्दैन् ।
१०. एन्ड्रोइड फोन रिमोट कन्ट्रोलका रुपमा
सामसुङ ग्यालेक्सी एस ५, एलजी जी ३ र एचटीसी वनजस्ता ब्राण्डेड एन्ड्रोइड फोनमा इन्फ्रारेड ब्लास्टर सुबिधा छ । यसको मतलव तपाईले फोनलाई टीभी, एयर कन्डिसनर, स्पिकर लगायत घरमा प्रयोग हुने सवजसो रिमोट कन्ट्रोलयुक्त बिद्युतीय सामाग्रीकोे रिमोट कन्ट्रोलका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । -बिजनेस इनसाइडरबाट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।