सगरमाथासहित अन्य हिमशृङ्खला र हिमाल आरोहण गर्नका लागि ३६६ पर्यटकले सगरमाथाको आधार शिविर प्रवेश गरेका छन् ।
उनन्तीस समूहका २७३ ले सगरमाथा आरोहणका लागि प्रवेश पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जानकारी दिएको छ ।
अधिकांश पर्यटक सगरमाथाको आधार शिविर पुगेका छन् भने केही पुग्ने क्रममा छन् । सगरमाथासँगै रहेको अर्को ल्होत्से हिमालको आरोहण गर्न भने ९० समूहका ९३ आरोही रहेका छन् ।
एक हप्ताअघि नै आरोहण सुरु गरी क्याम्प एकतर्फ लाग्नुपर्ने भए पनि मौसम प्रतिकूल बन्दा आरोहीहरु सगरमाथा आधार शिविरमै थन्किएका छन् । वर्षा र निरन्तर हिउँ परिरहेकाले उनीहरु आधार शिविरमै रोकिनुपर्ने बाध्यता भएको हो ।
दुई दिनयता मौसममा सुधार आएपछि क्याम्प एकतर्फ दुई समूह्र लागेको बताइएको छ ।
हालसम्म कुनै पनि आरोही आधार शिविरमाथि जान सकेका छैनन् भने आधार शिविर खचाखच भएको छ ।
अहिले आरोही तथा आरोहण दलका सहयोगी गरी झन्डै एक हजार बढी पर्यटक आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत कपिन्द्र राईले बताउनुभयो ।
Comments
Post a Comment