९ वैशाख, काठमाडौ । लोकसेवा आयोगको फरम भर्ने तयारीम हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको गोरखापत्रमा खबर छ ।
यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट आलाइनमार्फत आयोगको फरम भर्न सक्नेछन् तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ ।
आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हरेर आगामी दिनमा बाँकी पदका कालागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए ।
Comments
Post a Comment